काठमाडाैं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ गते सम्पन्न बैंक सञ्चालक समितिको ५८५औं बैठकले लम्साललाई माघ २४ गतेबाट लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
उनाँले दुईपटक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी विकास बैंकको नेतृत्व गरिसकेका छन् । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साल पछिल्लो समय तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि गत माघ १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । यसअघि २०७७ सालमा पनि लम्सालले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक बैंकको नेतृत्व गरेका थिए ।
१५ वर्षदेखि यसै बैंकमा कार्यरत लम्सालसँग बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव छ । यसबीचमा उनले विभिन्न वाणिज्य र विकास बैंकको उच्च व्यवस्थापन तहमा रहेर काम गरेका छन् ।
बैंक परिवारले मंगलवार दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गरेको थियो । सो अवसरमा सीईओ लम्सालले बैंकप्रतिको जनविश्वासलाई अझ बलियो बनाउादै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नशील रहन कर्मचारीहरुलाई आग्रह पनि गरे ।
नवनियुक्त सिईओ लम्सालले केन्द्रीय बैंकको नीति, नियमको अनुपालना गर्दै सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा काम गर्ने बताए । ‘ग्राहकलाई गुणस्तरीय सेवा र सेयरधनीलाई उच्च प्रतिफल’ अवधारणालाई केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: