Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

बनेपामा फागुन पहिलो साता बृहत् कृषि महोत्सवको आयोजना

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको  संयुक्त आयोजना, काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आर्थिक व्यवस्थापन, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा जिल्लाका कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आगामी फागुन ४ देखि ७ गतेसम्म बनेपास्थित करुणा मार्गमा बृहत् कृषि महोत्सवको आयोजना गरिने भएको हो ।

महोत्सवले कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि नागरिकलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको ज्ञान केन्द्रले जनाएको छ  । केन्द्रका प्रमुख कुलप्रसाद दवाडीका अनुसार महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल, तरकारी, मसला बाली, च्याउ बाली, महलगायत स्थानीय कृषि उपज तथा उत्पादनहरू समावेश गरिने छ । उहाँले महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने बताए ।

यसैगरी, महोत्सवमा उत्पादन र प्रशोधनसँग सम्बन्धित उपकरणहरू, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारका प्रदर्शनी कक्ष राखिने जनाएको छ । महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालका विषयमा प्राविधिक गोष्ठी, वित्तीय साक्षरतासम्बन्धी गोष्ठी, कृषकका रैथाने प्रविधिहरूको प्रदर्शन, उन्नत बीउबिजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीको बिक्री–वितरण, स्थलगत बाली तथा माटो शिविरको आयोजना गरिनेछ । 

कार्यक्रममा समितिका प्रमुख दीपक गौतमले महोत्सवबाट कम्तीमा एक सय व्यावसायिक फर्म स्थापना हुने, बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो । केन्द्रका अनुसार महोत्सवका लागि रु एक करोड १५ लाखको खर्च हुने प्रारम्भिक अनुमान छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

शान्ति, सामाजिक सद्भाव र न्यायको माग गर्दै राजधानीमा नागरिक सभा

काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...

कालापानीमा प्रशासन–आन्दोलनकारीबीच मौखिक सहमति, बीपी राजमार्ग पुन: सञ्चालन

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...

जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले सुरु गरे छलफल

काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...

कालापानी प्रकरण फेरि तातियो, मुद्दा फिर्ताको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...

सप्तरीमा ग्यासको चरम अभाव, सर्वसाधारणलाई सास्ती

सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि  एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...

गोलबजारमा दुई घण्टाका लागि कर्फ्यु खुला

सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending