काठमाडौं । आर्टमान्डूको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’को पहिलो पोस्टर मंगलबार सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर तन्नेरी अवतारमा देखिएका छन्। पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य देखिएका छन्।
अभिनेत्री मिरुना गुरुङ पोसाकमा सजिएकी छन्। फिल्ममा विपीन र मिरुना मुख्य भूमिकामा छन्। विपीन र मिरुनासँगै फिल्ममा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकार फाइनल भइसकेका छन्।
फिल्मलाई निर्देशक नवीन चौहानले निर्देशन गर्नेछन्। पटकथा पनि चौहानकै रहेको छ।
फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ। फिल्ममा अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।
फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्। गत वर्षको असारमा फिल्मको घोषणा ‘ऊनको स्वीटर’को टाइटल गीतबाट गरिएको थियो। टाइटल गीतको पूरा भर्सन भने आगामी भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक गरिने निर्देशक चौहानले बताए।
यो फिल्म मंसिरबाट फ्लोरमा जाने भनिए पनि प्राविधिक कारण मिति सरिरहेको थियो। अब फिल्म वैशाखबाट फ्लोरमा जाने निर्देशक चौहानले बताए। फिल्मको छायाँकन पाँचथरमा हुनेछ।
कथा भन्ने नयाँ शैली स्थापित गरेर म्युजिकल फिल्ममार्फत् लोकप्रियता हासिल गरेको आर्टमाण्डूले तीनपाते’, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...




प्रतिकृया लेख्नुहोस्: