Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

विपन्नलाई चिसो छल्न् च्यातिएको कम्बल, राहतको नाममा कमिसनको खेल

खबरडबली संवाददाता

सिरहा  । सिरहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको पाइएको छ। नगरपालिकाका प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिव, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो। 

एक वर्षअघि खरिद गरि राखिएको कम्बल जाडो सकिन लागेपछि पालिकाले वितरण गरेको छ। पुस मसान्तमा ह्वातै  चिसो बढेर जनजीवन प्रभावित बने पनि कम्बल जाडो कम हुँदै गएपछि वितरण गरिएको छ। 

कुनै न कुनै वहानामा मिडियामा छाइरहने बानी परेका लहान नगरपालिका नगर प्रमुख महेश चौधरी यो पटक पातलो र च्यातिएको कम्बल लिएर दलित, गरिवको वस्तीमा पुगेका छन्। दलित गरिवहरूले राम्रो सामान प्रयोग गर्न हुँदैन भन्ने जनप्रतिनिधिहरूको मानसिकता कम्बल वितरणले देखाएको दलित अधिकारकर्मीहरू बताउँछन्। 

लहान नगरपालिका-१७ बलानसेरकी ४५ वर्षीय फुलवा सदका अनुसार नगरपालिकाले वितरण गरिएको कम्बल साह्रै पातलो त्यसमा पनि अधिकाम्स कम्बल भ्वाङ परेका छन्। उनी भन्छीन्, ‘हामी दलितहरू कहिलेसम्म यसरी जनप्रतिनिधिबाट अपहेलित भएर बस्नुरु यो कम्बल चिसो छल्न दिएकको हो कि खुट्टा पुछ्न रु च्यातिएको कम्बलले पनि चिसो छल्न सकिन्छ रु मेयर साव।’

जाडोबाटा गरिवलाई बचाउने भन्दा पनि ‘राहत’को नाममा कमिशन खाने जनप्रतिनिधी र कर्मचारीको मेलो भएको सोही वडाका ३५ वर्षीय लिलम सदा बताउँछिन्। उनी भन्छन्, ‘हामीलाई जाडो बाट बचाउने भन्दा पनि कमिशन कुम्ल्याउने मेलो देखियो। पतलो र च्यातिएको कम्बलले जाडो जान्छरु’

स्थानीय जनप्रतिनिधी र कर्मचारीले असहाय, गरिव, दलितको नाममा लुट नै मचाएको सदायले आरोप लगाएकी छिन्। जनप्रतिनिधीले एक सयमा खरिद गरिएको समानको पाँच सयदेखि हजार रुपैयाँ सम्मको विल बनाएर  खाने गरेको उनको आरोप छ। उनी भन्छिन्, ‘एक त पातलो कम्बल त्यसमापनि च्यातिएको कम्बलले कतिदिन चिसो छल्ने रु यो भन्दा राम्रो त नदिए कै जाती हुन्थ्यो।’

वडा नम्बर १७ मा नगरप्रमुख महेश चौधरीकै हातबाट दलितग, गरिव, ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलासहित ८० जनालाई कम्बल वितरण गरेका थिए। वितरण गरिएका अधिकाम्स च्यातिएको कम्बल रहेको नाम नबताउने शर्तमा एकजना कर्मचारीले नै जानकारी दिए। उनले भने, ‘अहिले वितरण गरेको कम्बल गत आर्थिक वर्षको असार मसान्तमा मेयर चैधरीको ठाडो आदेशमा विपद व्यव्स्थापन अन्र्तगतको वजेटबाट हतार–हतारमा गोप्य सुचना जारीगरी खरिद गरिएको थियो। त्यसवेला करिव एक हजारका दरले खरिद गरिएको एकहजार थान कम्बल अहिले वितरण भईरहेको ती कर्मचारीले जानकारी दिए।  

यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहसँग पटक पटक फोन गरेपनि उनको फोन स्विच अफ रहेको थियो । १७ नम्बर वडाका वडा अध्यक्ष प्रथमलाल चौधरीसंग प्रतिकृयाका लागी सम्पर्क गर्दा उनीसँगपनि सम्पर्क हुन सकेन्।

लहान नगरपालिका जिन्सि शाखा प्रमुख भवानी चौधरीले गत आर्थिक वर्षमा १ देखि २४ वटै वडाको लागी करिव १ हजार थान कम्बल खरिद गरिएको जानकारी दिए। कम्बल कुन प्रकृयाबाट कुन र्फमले, कति दररेटमा खरिद गरिएको प्रश्नमा भनृ उनले आफू बाहिर रहेकाले तत्काल जानकारी गरान असमर्थ रहेको बताए।  उनले भने, ‘म अहिले बाहिर छु, तपाई अफिस आउनुस्, सुचना मागँ गर्नुहोला हामी सूचना दिउला। अहिले फोनमा दिन नमिल्दैन।’ 

त्यही कुराहुँदै गर्दा उनले फोनमै पालिका तिरै आउनुस्न यतै बसेर मिलाउला भन्दै प्रलोभन समेत दिन खोजेका थिए।  स्थानीय जनप्रतिनिधी र कर्मचारीहरु लक्षित वर्गलाई राहत दिनुभन्दा पनि कमिसनबापत ठूलो रकम कसरी कमाउने भन्ने उद्देश्यले मात्र दैविक प्रकोपको नाममा रकम विनियोजन गर्ने र सामाग्री खरिद गरेर व्यापक अनियमितता गर्ने गरेको जानकारहरु बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending