Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

नेपाल चरा उत्सव आउँदो सातादेखि

खबरडबली संवाददाता

नवलपरासी । दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा हुने भएको छ । 

चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो । 

तीन दिनसम्म कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य चराको माध्यमबाट पर्यटन प्रवद्र्धधन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिए। 

नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको थियो । पछि सन् २०१९ मा कास्कीको पोखरामा चरा उत्सव आयोजना गरिएको थियो । उक्त उत्सवमा पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो । कोभिड–१९ का कारण रोकिएको उत्सव पुनः आयोजना गर्न लागिएको उनले बताए। 

उत्सवमा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ सङ्घसंस्थाका प्रतिनिधि, भारत, भूटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, जापान, स्विजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायतलगायत देशबाट प्रतिनिधिको सहभागिता रहने ‘वल्र्ड एजुकेसन सोसाइटी’का अध्यक्ष टीकाराम गिरीले बताए। 

उत्सवमा पक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पक्षीकला प्रतियोगिता, पक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पक्षी सँगोष्ठी, कक्ष प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविरलगायत गतिविधि गरिने छन् । 

नेपालमा आठ सय ९४ प्रजातिका पक्षी पाइन्छन् । नवलपुरको नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास पाँच सय ६५ प्रजातिका चरा पाइन्छन । नेपालमा विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चरा पाइने गरेकामा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास ३९ प्रजातिका चरा पाइन्छन् । 

पोखरा पक्षी समाजको आयोजना, जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र वर्ड एजुकेसन सोसाइटीको सहआयोजनामा चरा उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सवको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण सङ्घले समन्वय गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending