Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

‘प्रणाली परिवर्तन भयो तर प्रवृत्ति बदल्न सकेनौं’

कुसुमदेवी थापा

काठमाडौं । सङ्घीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो । संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो । कानुन निर्माणको दृष्टिकोणबाट पहिलो एक वर्ष सोचेजस्तो भएन । एक वर्षमा एउटा मात्रै कानुन पारित भयो । कानुन निर्माणका हिसाबले संसद् प्रभावकारी हुन सकेन । 

जति विधेयक सदनमा आउन पर्ने थियो, सरकारले त्यो सङ्ख्यामा विधेयक ल्याउन सकेन । त्यसमा कमजोरी भयो । कानुन निर्माणमा सत्ता र प्रतिपक्ष दुवै अग्रसर हुनुपर्थो । प्रतिपक्ष  यसबीचमा कसरी सत्ताप्राप्ति गर्न सकिन्छ भन्ने मै केन्द्रित हुनपुग्यो । त्यसले पनि  ऐन बनाउने विषयले कम महत्व पाएको जस्तो अनुभूति भएको छ ।

चुनावमा दलहरुले आ–आफ्ना ‘एजेन्डा’ लिएर मत माग्न जानु स्वाभाविक हो । कानुन निर्माणमा भने दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने थियो । यस बीचमा त्यो भएको महसुस भएन । उता सांसदमा नवप्रवेशी र महिला सांसदलाई तुलनात्मकरुपमा कमजोर हुन्छ भन्ने सम्झने र बुझ्ने चलन छ । 

नेपालको परिवेशमा सांसदको भूमिका कानुन निर्माणमा मात्र सीमित छैन । मतदाताले सांसदलाई विकासका कामसँग जोडेर हेर्ने चलन छ । तथापि, कानुन निर्माण नै प्राथमिकता हो भन्ने विषयमा स्वयं सजग र सचेत हुनुपर्छ । 

कतिपय  विधायकले आफ्नो मुख्य जिम्मेवारी छुट्याउन नसक्दा संसद् र संसदीय समितिमा मात्रै होइन, संसदीय दलमा समेत गणपूरक सङ्ख्याको  प्रश्न उठ्दै आएको छ । मैले यो विषयमा दलमा पटकपटक आवाज उठाउँदै आएको छु । विधेयकमा हुने छलफलमा  विभिन्न कोणबाट प्रश्न उठ्दा सांसदले मलाई थाहा भएन भन्न मिल्दैन । त्यसका लागि बैठकमा उपस्थित अनिवार्य बनाउनुपर्छ । 

छलफलमा उपस्थित नभएपछि विषयवस्तु र कानुनी प्रभावबारे कसरी थाहा पाइन्छ ? कानुन निर्माण गरिँदा वा नगरिँदा के कस्तो दीर्घकालीन असर पर्छ अर्थात् के गर्दा के हुन्छ भन्ने कुरा जान्नुपर्छ, थाहा पाउनुपर्छ । संसद् र समितिमा उपस्थित न्यूनतम सङ्ख्या नपुग्दा जिम्मेवारी बोध भएन कि कसो भन्ने लाग्छ । निर्वाचन क्षेत्र र जिल्लाका समस्या एवं भूगोल बुझेको हुनाले एउटा सांसद मन्त्री हुनुहुन्न, अरू कोही भन्ने तर्क त्यति व्यावहारिक हुँदैन । पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो भएकै कारण प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी कमजोर बन्न पुगेको छ । 

आर्थिक पाटोमा महिलाको अधिकार नभएका कारण प्रत्यक्ष निर्वाचनमा महिलालाई टिकट नै नदिने प्रवृत्ति छ । त्यसकारण सामानुपातिकमा पुरुषको सङ्ख्या तुलनात्मकरुपमा कम हुन पुगेको छ । यस विषयमा दलका शीर्ष तहका नेताले सोच्नुपर्ने बेला आइसकेको छ । रुकुम पूर्व देशकै कान्छो र नयाँ जिल्ला हो । जिल्लाको भूगोल अप्ठ्यारो छ । 

यो पहिले पाल्पा गौडा मातहतमा थियो । पछि कहिले डोल्पा, कहिले रुकुममा गाभियो । सदरमुकामबाट जहिले पनि टाढा रहेपछि विकासका हिसाबले पछि प¥यो । नयाँ जिल्ला भएकाले अभाव धेरै छ । शिक्षा, स्वास्थ्य, सडक  र पूर्वाधार विकासका हिसाबले धेरै पछि परेको छ । 

जिल्लाभरमा एउटा पालिकाको एउटा वडामा मात्र पूर्ण विद्युतीकरण भएको छ । पालिका केन्द्र पुग्न अझै दुई दिन हिँड्नुपर्ने बाध्यता छ । जिल्लाको भूगोल र बजेट विनियोजनको पाटोबाट आफ्नो पार्टी सरकारमा छ भन्ने अनुभूति गर्न पाएको छैन । सबै हिसाबबाट उपेक्षित छ ।
 
अर्कोतर्फ संसद्मा पनि कतिपय अवस्थामा महिला भएकै कारण विभेद भएको महसुस गरेको छु । शून्य समयमा हामी महिलाले समसामयिक र जिल्लाका कुरा उठाउँदै आएका छौँ । विशेष समय र अरू बेला पुरुषले पहिला र बढी समय पाउनुहुन्छ । हामीलाई थोरै समय दिइन्छ ।  त्यो पनि सबै बोलेर हिँडिसकेपछि अन्तिम समयमा बोल्ने अवसर मिल्छ । त्यहाँ  त्यसबेला खाली कुर्सीमात्रै हुन्छन् ।

महिलालाई समानुपातिक भनेर दोस्रो दर्जाका रुपमा हेरिने चलन छ । व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै छ । प्रणाली परिवर्तन भयो तर प्रवृत्ति बदल्न सकेनौं । प्रजातन्त्रको पुनः स्थापनापछि शासकीय र सत्तामा पुगेका नेतृत्व तहले देश र जनताप्रति जिम्मेवारी महसुस गरेनन् । फलस्वरुप जनतामा असन्तुष्टि देखिन पुग्यो । 

राज्यप्रति जनताको विश्वास कमजोर भयो । विद्यार्थी र युवा विदेश पलायन हुन बाध्य भए । सत्ता र सरकारी संयन्त्रको निर्णायक तहमा बस्नेले ठीक समयमा सही निर्णय गर्न सकेनन् । त्यसको एउटा उदाहरणका रुपमा कतिपय विश्वविद्यालय, कलेजमा विद्यार्थी सङ्ख्या अहिले ह्वात्तै घटेको छ । 

प्रतिस्पर्धाका आधारमा अब्बल व्यक्ति छान्नुपर्नेमा राजनीतिक भागबन्डामा कुलपति, शिक्षाध्यक्ष, क्याम्पस प्रमुख नियुक्ति गर्ने होडबाजीले नेपाली युवालाई विदेश जान मलजल गरेको छ ।  यही अवस्था रहेमा अबको १० वर्षपछि नेपालमा ज्येष्ठ नागरिक मात्रै रहने हुन् कि भन्ने स्थिति बनेको छ । यो अवस्था अन्त्य गर्न राजनीति नेतृत्वले समयमै सोच्नुपर्छ भन्ने लाग्छ । 

देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन हामी अहिलेजस्तो भूमिकामा छौँ, नेतृत्वलाई सजग र सचेत गराउने काम दृढताका साथ गर्छौं । विश्वका कतिपय देश हिउँ नै हिउँले ढाकिएका छन् । कोही देश मरुभूमि र बगर मात्रै छन् ।  नेपाल भने प्राकृतिक विविधताले भरिपूर्ण  र सुन्दर छ । नेपाली युवा विद्यार्थीको भविष्य यहीँ छ । विदेशमा सिकेका ज्ञान स्वदेशमै प्रयोग गर्नुपर्छ । भ्रष्टाचारको अन्त्य र सुशासन प्रवद्र्धन गर्नेतर्फ सबैको जोडबल हुनुपर्छ । अनि छोटो समयमै मुलुकलाई समृद्ध तुल्याउन सकिन्छ । अब धेरै कुर्न पर्दैन । स्वर्ग यहीँ छ, देशलाई माया गरौँ ।

नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापासँग राससले गरेको कुराकानीम आधारित। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending