Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

शैक्षिक सुधार गर्दै गलकोट नगर

खबरडबली संवाददाता

ढोरपाटन । आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए । तर स्थानीय सरकार गठनपश्चात् अहिले भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ । हटिया बजारदेखि गाउँगाउँका विद्यालय पक्की बनेका छन् । विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको छ । नगरपालिका ‘बालमैत्री नगर’ घोषणासमेत भइसकेको छ ।

शैक्षिक गुणस्तर बढाउनका लागि नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजनसमेत गरिरहेको छ । ६२  सामुदायिक विद्यालय सञ्चालनमा रहेको गलकोटमा १३ माध्यमिक र ५१  आधारभूत तहका विद्यालय छन् । सबै विद्यालयलाई प्रविधिमैत्री बनाउँदै गएको छ । पहिले जीर्ण भवनमा पठनपाठन गर्दै आएकामा अहिले सबैभन्दा दुर्गमका वडामा पनि पक्की भवन बनेर शैक्षिक क्रियाकलाप भइरहेका छन् । शिक्षाको गुणस्तर बढाउनका लागि कक्षा ५, ८ र १० को अर्धवार्षिक तथा वार्षिक परीक्षा नगरपालिकास्तरीय सञ्चालन गर्दै आएको छ ।

विद्यालय भवनको अभावमा लामो समयदेखि समस्या भोग्दै आएकामा पछिल्लो दुई वर्षयता भौतिक संरचनाले पूर्णता पाएपछि पठनपाठन प्रभावकारी बन्दै गएको नवयुवक आधारभूत विद्यालय गलकोट नगरपालिका–२ ठानाका प्रधानाध्यापक विष्णुप्रसाद गैरेले बताए ।

भौतिक विद्यालयमा कुर्ची अभाव हुँदा बालबालिका भुइँमै बसेर पढ्दा बिरामी हुने गरेको भन्दै अहिले कुनै पनि विद्यार्थी खुला चौर र धुलो भुइँमा बस्नु नपर्ने उनको भनाइ छ । विद्यालय भवन व्यवस्थित भएपछि विद्यार्थीको आकर्षिण बढेको र नतिजा पनि बर्सेनि सुधार हुँदै गएको उनले जानकारी दिए ।

“गलकोट नगरपालिकाले गाउँका विद्यालयलाई प्राथमिकतामा राखेर काम गरेको छ, पहिले यहाँको विद्यालयको अवस्था दयनीय थियो, कच्ची भवनमा विद्यार्थी फोहरमैलो र धुलोमा बसेर पढ्थे, स्वच्छ खानेपानी, शौचालय र शैक्षिक सामग्रीको अभाव हुन्थ्यो”, प्रअगैरेले भने, “अहिले भौतिक संरचनाले पूर्णता भएको छ, शैक्षिक गुणस्तर बढाउनका लागि लागि रहेका छौँ, समग्रमा विगतको तुलनामा अहिले गुणस्तर बढेको पाएका छौँ, समयसमयमा शिक्षकलाई प्रविधिसँग जोड्नका लागि अपडेट हुने खालका तालिमहरु  पाइराखेको छ ।”

गलकोट –४ चमुवास्थित चमुवा आधारभूत नगरपालिकामा उत्कृष्ट विद्यालय मानिन्छन् । विंसं २०७६ यता विद्यालय भवन पूर्णरुपमा निर्माण भएपछि शैक्षिक गुणस्तर बढेको प्रधानाध्यापक नवीन सुवेदीले बताए । चार वर्ष अगाडि अव्यवस्थित विद्यालय भवनका कारण गुणस्तर बढाउन नसकिएको भन्दै अहिले पालिकामै राम्रो नजिता ल्याउन सकिएको उनको भनाइ छ । नगरपालिकासँगै समुदायले पनि विद्यालय सुधारका लागि ठूलो भूमिका खेलेको प्रधानाध्यापक सुवेदी बताउछन् ।

उनी भन्छन्, “अहिले विद्यालयमा डिजिटल बोर्डमार्फत पठनपाठन हुन्छ, पहिले एउटा ब्लाकबोर्ड पनि गतिलो थिएन, तर अहिले विद्यालयका भवनमात्रै होइन, यहाँको समग्र पक्षमा उल्लेख्य सुधार भएको छ, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापन भएको छ, विद्यार्थी खुसी भएर पढ्न रुचाउँछन् भने घरमाभन्दा विद्यालयमै बढी बस्ने चाहना देखाउँछन् ।”

नगरपालिकाले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन तथा तह मिलान गरी पठनपाठनलाई थप प्रभावकारी बनाउँदै गएको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि विसं २०७९ बनाएर हालसम्म यहाँ १२ विद्यालय समायोजन गरिसकेको छ । पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएपछि नगरपालिकाले विसं २०७५ देखि विद्यालय तह मिलान तथा समायोजन गर्न थालेको हो । विद्यालय समायोजनपछि दूरी टाढा पर्ने विद्यार्थीलाई पालिकाले यातायातको व्यवस्था गर्दै आएको छ ।

नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा १५ जना, १–५ मा २५, ६–८ मा २१, ९–१० मा २५ र ११–१२ मा २५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएको छ । विद्यालयको भौतिक संरचनामा धेरै सुधार आएको हुँदा अब नगरपालिका गुणस्तरीय शिक्षालाई जोड दिन थालेको नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले बताए । हरेक वर्ष उच्च जिपिए ल्याउने विद्यार्थी करिब २० प्रतिशतले बढेको उनको भनाइ छ ।

विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलाप गराउने र प्रतिभासमेत पहिचान गरी प्रोत्साहन गरिरहेको उनको भनाइ छ । अङ्ग्रेजी, गणित र विज्ञान विषयको नगरस्तरीय विषय विज्ञ गठन गरेका गरेको र यसले शिक्षण सिकाइ क्रियाकलापमा आएका अप्ठ्यारालाई समाधान गर्ने सम्बन्धित विषयका शिक्षकसँग छलफल गर्ने उनी बताउछन् ।

गलकोटले हरेक वर्ष शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र सोहीअनुसारका कार्यक्रम गर्दै आएको प्रवक्ता हिमबहादुर भण्डारीले बताए । पहिलो कार्यकालमा भौतिक संरचना सुधारमा लागेको जनाउँदै अहिलेको मुख्य उद्देश्य गुणस्तर बढाउनु रहेको उनको भनाइ छ । सामुदायिक विद्यालयमा नगरपालिकाले ठूलो लगानी गरेर सुधार गरेपछि निजी विद्यालयमा विद्यार्थी कम जाने गरेको भण्डारी बताउछन् । शिक्षकलाई आफ्नो पेसाप्रति जिम्मेवार बनाउनका लागि समयसमयमा तालिम दिने र प्रोत्होसानसमेत गर्दै आएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending