Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई किन तोकियो १४ वर्ष जेल सजाय ?

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई भ्रष्टाचारको मुद्दामा बुधवार एउटा अदालतले १४ वर्षको कारावास सजाय सुनाएको छ।

यसअघि खानलाई राज्यको गोपनीयता भङ्ग गरेको अर्को अभियोगमा मङ्गलवार १० वर्षको जेल सजाय सुनाइएको थियो। दुवै सजाय सँगसँगै जाने ठानिएको छ। तर त्यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ।

पाकिस्तानमा हुन लागेको निर्वाचनको एक साताअघि खानलाई दुइटा मुद्दामा सजाय तोकिएको हो। आगामी निर्वाचनमा इमरान खानलाई प्रतिस्पर्धा गर्न यसअघि नै रोक लगाइएको छ।

सन् २०२२ मा विपक्षीहरूले प्रधानमन्त्रीबाट हटाएका खानले यसअघि नै भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर भएपछि तीन वर्षको कैद भोगिरहेका छन्।

उनले आफूविरुद्ध लगाइएका मुद्दाहरू राजनीतिक उद्देश्यले प्रेरित भएको बताएका छन्। भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्ने इस्लामाबादस्थित एउटा अदालतले सजाय सुनाएपछि खानकी पत्नी बुशरा बिबी जेल पुगेकी थिइन्। उनलाई त्यहीँ पक्राउ गरिएको हो।

खानले बुधवार सुनाइएको फैसलाबारे टिप्पणी गरिसकेका छैनन्। यद्यपि उनले मङ्गलवारको फैसलाको चर्को आलोचना गरेका थिए।

सामाजिक सञ्जाल एक्समा मङ्गलवार सार्वजनिक एउटा विज्ञप्तिमा उनले आफ्ना समर्थकहरूलाई "शान्त रहँदै फेब्रुअरी ८ मा आफ्नो मतद्वारा प्रत्येक अन्यायको प्रतिशोध लिन" आह्वान गरेका थिए।

डेढ अर्ब रुपैयाँ जरिबाना, दुईवटा मुद्दा

अदालतले खान दम्पतीलाई डेढ अर्ब पाकिस्तानी रुपैयाँ जरिबाना समेत तिर्न आदेश दिएको छ।

यसअघि खानले नेतृत्व गरेको तहरिक-ए-इन्साफ पार्टी (पीटीआई)का अध्यक्षले अदालतले खानलाई प्रतिरक्षाको मौका नदिएको दाबी गरेका छन्। उच्च अदालतले उनलाई तोकिएको जेल सजायको फैसला उल्ट्याउने विश्वास उनको दलका नेताहरूले गरेका छन्।

उनका वकिलले पाकिस्तान उच्च अदालतमा खानविरुद्ध तोकिएका सजायको पुनरावेदन गरिने बताएका छन्।पीटीआईका अनुसार अदालतको सजायले खानलाई १० वर्षसम्म सार्वजनिक पदमा रहनबाट समेत वञ्चित गर्ने छ।

खान कुनै बेला अन्तर्राष्ट्रिय क्रिकेटमा ख्यातिप्राप्त पाकिस्तानी खेलाडी थिए। उनी पछि राजनीतिमा प्रवेश गरे अनि देशको प्रधानमन्त्री समेत बने। गत अगस्टमा पक्राउ परेका खान अहिले रावलपिन्डीस्थित जेलमा छन्।

इमरान खान र बुशरा बिबीको बिहे

यसअघि धरौटीमा रिहा भएकी उनकी पत्नी बुधवार कारागारमा उपस्थित भएकी हुन्। सन् २०१८ मा खान प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै उनको बुशरा बिबीसँग बिहे भएको थियो।

खान प्रधानमन्त्रीको पदमा हुँदासम्म उनी खासै चर्चामा आएकी थिइनन्। खान प्रधानमन्त्री हुँदा प्राप्त भएका राजकीय उपहारहरू निजी प्रयोजनका लागि राखेको वा बिक्री गरेको आरोप खान दम्पतीलाई लागेको थियो।

बुधवार अदालतले त्यही मुद्दामा फैसला सुनाएको हो। खान दम्पतीले त्यस्तो आरोप अस्वीकार गर्दै आएका छन्।

तोशाखाना के हो ?

सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले तोशाखाना मुद्दामा खानलाई अर्को पाँच वर्षको लागि चुनाव लड्न अयोग्य ठहर गरेको थियो।

निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा तोशाखाना (सरकारी स्वामित्वको एक विभाग) बाट पाएका उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको बताएको थियो।

खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन। त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो।

उक्त मुद्दामा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। पाकिस्तानमा सन् १९७४ मा तोशाखाना स्थापना भएको थियो। यो मन्त्रिपरिषद्‌मातहत रहेको एउटा विभाग हो।

तोशाखानामा प्रधानमन्त्री, राष्ट्रपति, राज्यप्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले विदेश भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहार राखिन्छ।

कुनै पनि विदेशयात्राको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।

तोशाखानामा राखिएका सामानलाई कोसेली मानिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ। त्यस्ता उपहारको मूल्य ३०,००० रुपैयाँभन्दा कम भएमा त्यसलाई पाउने व्यक्तिले आफूसँग सित्तैमा राख्न सक्छ।

उपहारको मूल्य बढी भएमा त्यसको लागतको ५० प्रतिशत रकम तिरेर खरिद गर्न सकिन्छ। सन् २०२० अघिसम्म सामानको वास्तविक मूल्यको २० प्रतिशत मात्रै जम्मा गर्नुपर्ने नियम थियो।

त्यस्ता उपहारमा सामान्यतया महँगा घडी, सुन र हीराका गहना, अरू महँगा गहना, कोसेली, हीराजडित कलम र गलैँचा पर्छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending