दाङ । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवका परिवारले पुस्तौंदेखि भैँसीपालन गर्दै आइरहेको छ।टिकाराम भैँसीपालनलाई आफ्नो पुर्ख्यौली पेसा नै मान्छन्।
अहिले यसलाई व्यावसायिक बनाएका छन्। अहिले उनको फार्ममा साना ठूला ७२ वटा भैँसी छन्। तीमध्ये १७ वटा भैँसीले दूध दिन्छन्। दैनिक ६० देखि ७० लिटर दूध बिक्री गर्ने टिकाराम बताउँछन्।
दुध,दही र घ्यू बेचेर मासिक डेढ लाख आम्दानी हुने उनले बताए।
टीकारामको परिवार सामूहिक हो। परिवारमा २३ जना छन्। ७२ वटा भैँसीको स्याहारसुसार र दानापानीका लागि परिवारकै सदस्य खटिन्छन्।
टीकाराम दूध दुहुन्छन्। उनका भाई टेकबहादुर लमही बजारसम्म दूध लगेर बेच्छन्।
दूध, दही, घिउ बेचेर आम्दानी हुने रकममध्ये आधा भैँसीकै दानापानीमा सक्किने टीकाराम बताउँछन्।
बँचेको रकमबाट घरखर्च चलाउने र केही रकम बचत हुने टीकारामले बताए। बचत गरेको रकमले जग्गाजमिन पनि जोडेको उनी बताउँछन्।
टीकाराम केही समय वैदेशिक रोजगारका लागि विदेश समेत पुगेका थिए।
‘विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा ६०र७० हजारसम्म कमाई हुन्थ्यो, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ,’ उनले भने।
विदेशबाट फर्किएपछि भैँसी थप गरेर त्यसकै हेरचाहमा खटिन थाले। उनी गाउँभरिमै सबैभन्दा बढी भैँसी पाल्ने किसान हुन्।
अहिले उनी वैदेशिक रोजगारमा काम गरेकोभन्दा सन्तुष्ट छन्।
‘विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ,’ उनले भने। त्यसका लागि आत्मविश्वास र दृढ संकल्प भने आवश्यक रहेको उनले बताए।
पशुपालनार्फत स्वदेशमै भविष्य खोज्ने युवाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनले बताए। आफूले पनि सरकारबाट केही सहयोग नपाएको गुनासो गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: