Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

ग्राभेल हुँदा खचाखच यात्रु हुने विमानस्थल कालोपत्रेपछि बन्द

पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा उड्डयन क्षेत्रमा गरिएको अर्बाै लगानी बालुवामा पानी

दशक अगाडी यत्रुले खचाखच हुने ओखलढुंगाको रुम्जाटार विमानस्थल । तस्वीरः मनोज भट्टराई
खबरडबली संवाददाता

काठमाडौं  । धुले र ग्राभेलहुँदा त्यहाँबाट काठमाडौं तथा अन्यत्र जानका लागि टिकट पाउन मुस्कील हुने गरेका नेपालमा रहेका विमानस्थल कालोपत्रे भएपछि भने बन्द  अवस्थामा रहेका छन् ।   सबै मौसममा नियमित उडान होस् भनेर विमानस्थलको स्तरोन्नति भएपछि सडक सञ्जालको पहुँच सँगै विमानस्थल प्राय बन्द अवस्थामा नै रहेका हुन् । 

ग्राभेल हुँदा खचाखच हुने गरेका विमानस्थलको धावन मार्ग स्तरोन्नति गरी कालोपत्रे बनाएपछि सञ्चालनमा आएकै छैनन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कालोपत्रे भएर सञ्चालनमा आउन नसकेका विमानस्थलमा बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, ओखलढुंगाको रुम्जाटार र कालीकोटको सुनथराली हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कालोपत्रे भएका ती विमानस्थलका धावनमार्ग ग्राभेल हुँदा जहाज उडान–अवतरण हुन्थ्यो । तर सडक यातायातको पहुँच, छोटो धावन मार्ग र साना जहाजको कमी र महँगो हवाई भाडाका कारण  विमानस्थल उपयोगमा आउन सकेका छैनन् । प्राधिकरणको तथ्याङ्क अनुसार बागलुङको बलेवा विमानस्थलमा २०७३ चैत ९ गतेदेखि नगरपालिकाले १४ जना यात्रुको जिम्मा लिएपछि सुरु भएको उडान २०७४ कात्तिकपछि बन्द भएकउो छ ।

द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी भएपछि २०५२ सालदेखि पूर्णरूपमा बन्द बैतडी विमानस्थलमा २०७७ असोज १७ गते परीक्षण उडान भएको थियो । परीक्षण उडान भएर पनि त्यहाँ २०७८ चैत १० यता उडान बन्द छ । सोही दिन परीक्षण उडान भएको डोटी विमानस्थलमा पनि परीक्षण उडानपछि केही उडान भए पनि हाल विमानस्थल बन्द छ ।

त्यस्तै लामीडाँडा विमानस्थलमा कालोपत्रे हुनुअघि उडान हुथ्यो । तर २०७८ सालदेखि उडान हुन सकेको छैन । मनाङमा पनि उडान नभएको एक दशकभन्दा बढी भइसकेको छ । डोल्पाको मसिनेचौर विमानस्थलमा पनि २०७४ यता उडान भएको छैन । त्यस्तै कालीकोटमा पनि धावनमार्ग कालोपत्रे भइसके पनि उडान सञ्चालन हुन सकेको छैन । हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल रहेका छन् । जसमध्ये कालोपत्रे र ग्राभेल धावनमार्ग भएका २२ वटा विमानस्थल सञ्चालनमा छैनन् । 

मुलुकका अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भए पनि निर्माण गरिएका पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा उड्डयन क्षेत्रमा गरिएको पाँच, छ अर्ब लगानीको प्रतिफल प्राप्त गर्न नसकिएको सूचना अधिकारी भुलले बताए । निर्माण भएर उपकरणसमेत जडान भएका विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको अर्बौं लगानी त्यत्तिकै खेर गइरहेको उनको भनाइ छ ।

चारदेखि पाँच सय मिटरसम्म धावनमार्ग भएका नौ वटा विमानस्थलमध्ये एउटा धावन मार्ग कालोपत्रे गर्न प्राधिकरणले ५० करोड रुपियाँसम्म लगानी गरेको छ । कालोपत्रे भएर उडान सञ्चालन हुन नसक्दा विमानस्थलको धावन मार्गमा भएको झन्डै पाँच अर्ब रुपियाँ लगानीको प्रतिफल प्राप्त हुन नसकेको उनले बताए । त्यसमाथि १३ वटा कच्ची धावनमार्ग भएका विमानस्थलमा निर्माण भएका टावर, टर्मिनललगायतका संरचनाको रेखदेख गर्न कर्मचारी खर्चको समेत व्ययभार लगानीको प्रतिफल भने पाउन नसकेको उनले जानकारी दिए ।  

व्यापारिक सम्भावना नभई निर्माण भएर सञ्चालनमा आउन नसकेका विमानस्थलमा सानो जहाजले मात्रै उडान गर्न सक्ने र साना जहाजको भाडा दर सार्वजनिक यातायातको भन्दा निकै महँगो हुने भएकाले यात्रुको प्राथमिकतामा नपरेको उनले बताए  । 

कालोपत्रे भएका धावनमार्ग एक हजार पाँच सय मिटरसम्म भएका भए ठुलो एटिआर जहाजले उडान भर्न सक्थे । हवाई भाडा सस्तो हुन्थ्यो । यात्रुले समेत आरामदायी यात्रा गर्न सक्थे । तर राज्यसँग साना जहाजको सङ्ख्या कम छ । निजी कम्पनी नाफामूलक गन्तव्यमा आकर्षित भएपछि प्रतिस्पर्धा नै नभएको उनले बताए ।

बन्द अवस्थामा रहेकाे रूम्जाटार विमानस्थल

प्राधिकरणका अनुसार कालोपत्रे धावनमार्ग भएका विमानस्थल जुनुसुकैबेला प्रयोग गर्न सकिने अवस्थामा रहे पनि सञ्चालनको तयारी छैन । प्रयोगमा नरहेका विमानस्थलमध्ये दार्चुला, बागलुङको ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, सोलुखुम्बुको कांगेलडाँडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, लाङटाङ, महेन्द्रनगर, रोल्पा, सोलुखम्बुकै स्याङ्बोचे, ओखलढुङ्गाको रुम्जाटार र कैलालीको टीकापुरमा लाखौँ लगानी भएको छ । यी विमानस्थलको धावनमार्ग कालोपत्रे भएको छैन । 

धावनमार्ग कालोपत्रे नभए पनि यी विमानस्थलमध्ये पालुङटारमा दुई दशकदेखि उडान भएको छैन । कांगेलडाँडामा २०७७ मङ्सिर ३० गते परीक्षण उडान भएको थियो । बिचमा केही समय उडान भए पनि हाल बन्द छ । खिजी चण्डेश्वरीमा पनि २०७६ पुस १० गते परीक्षण उडान भएको थियो । त्यहाँ पनि उडान बन्द छ । कञ्चनपुरको महेन्द्रनगरमा झन्डै दुई दशकदेखि उडान बन्द छ । रोल्पा र सोलुखुम्बुको स्याङ्बोचेमा पनि २०७३ यता उडान बन्द छ । त्यस्तै मेघौली विमानस्थल, कैलालीको टीकापुर र अछामको कमल बजारमा दशक बिते पनि उडान हुन सकेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...

काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला

काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...

मानुपातिक मतपरिणाम सार्वजनिक : कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE