Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै

खबरडबली संवाददाता

कञ्चनपुर । उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ । 

व्यक्ति बिरामी मात्रै नभएर ज्यानसमेत जाने गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका कीटजन्य अधिकृत (कार्यक्रमका फोकल पर्सन)हेमराज जोशीले रोगलाई उपेक्षित गरेकै कारण बल्झिँदै व्यक्तिको ज्यान जाने गरेको बताए  । 

उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको उपेक्षित उष्णप्रदेशीय रोगहरूको सूचीमा २१ रोगको समूह सूचीकृत गरिए पनि नेपालमा हालसम्म ११  रोगमात्रै पाइएको छ । यसमा डेङ्गु र चिकनगुनिया, रेबिज, ट्रकोमा (खस्रे रोग) कुष्ठरोग, कालाजार, टेनियासिस र न्यूरोसिस्टाइसर्कोसिस (फिते जुका), हात्तीपाइले, माटोबाट सर्ने जुका, इसेटोमाक्रोमोब्लास्टोमाइकोसिस, अन्य डिप माइकोसेस, सर्पदंश, लुतो र अन्य इक्टोपारासाइटलगायत छन् ।

‘यस्ता रोगबाट विश्वमा एक अर्ब बढी मानिसलाई प्रत्येक वर्ष असर पर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ’, उनले भने, ‘नेपालमा पनि यी रोगको सङ्क्रमणबाट बर्सेनि लाखौँ व्यक्ति प्रभावित हुने गरेका छन्, सुदूरपश्चिममा यी रोगको सङ्क्रमण बर्सेनि झनै बढ्ने गरेको छ, रोग निदानका प्रयास पनि हुँदै आएका छन् ।’

यी रोग मुख्यतया पर्याप्त सरसफाइको कमी, रोग बाहक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरसँग नजिकको सम्पर्कमा रहने व्यक्तिसँगै गरिबीको रेखामुनि रहेका व्यक्ति बढी जोखिम रहने गरेको अधिकृत जोशीले बताए । ‘स्वास्थ्यसम्बन्धी विश्वव्यापी एजेण्डामा यी रोगबारे विरलै मात्र चर्चा हुने गरेको छ’, उनले भने, ‘यस क्षेत्रमा काम गर्नका लागि सीमित स्रोतसाधनमात्रै उपलब्ध हुन्छ, अध्ययन-अनुसन्धान कम हुने गरेकाले पनि यी रोगलाई उपेक्षित रोग भन्ने गरिन्छ ।’

उपेक्षित उष्णप्रदेशीय रोग समुदायमा सामाजिक बहिष्करणसँग जोडेर हेर्ने गरिने भएकाले सबैभन्दा बढी गरिबीको रेखामुनि रहेका व्यक्ति बढी प्रभावित हुने गरेको उनको भनाइ छ । उनका अनुसार केही उपेक्षित उष्णप्रदेशीय रोग जनस्वास्थ्य समस्याको रूपबाट निवारण हुँदै आएको छ भने केही निवारण र रोकथामको रणनीतिमा कार्य भइरहेको छ ।

नेपालले सन् २०१८ मा ट्रकोमा निवारण गरेको छ । यसको प्रमाणीकरण विश्व स्वास्थ्य सङ्गठनबाट भइसकेको छ । देशमा कालाजार सन् २०२६, हात्तीपाइले, कुष्ठरोग र रेबिजलाई सन् २०३० मा निवारण गर्ने लक्ष्य लिएको छ । कालाजार जनस्वास्थ्य समस्याको रूपमा निवारण गर्ने लक्ष्यअनुरूप जिल्ला तहमा प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कममा सङ्क्रमण पुर्‍याउने, कालाजारबाट हुने मृत्युलाई एक प्रतिशतमा झार्ने रणनीति तय गरिएको छ ।  पछिल्लो दुई दशकमा कालाजारका बिरामीको सङ्ख्या ९० प्रतिशतले कमी आएको अधिकृत जोशीको भनाइ छ ।

‘अन्य जिल्लामा कालाजारको लक्ष्य प्राप्ति भए पनि कालीकोट जिल्लामा मात्रै निवारणको लक्ष्य प्राप्त गर्न सकिएको छैन’, उनले भने । कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा निवारण गर्ने, स्थानीय तहस्तरमा लगातार पाँच वर्षसम्म १५ वर्षमुनिका बालबालिकामा नयाँ सङ्क्रमणलाई शून्यमा पुर्‍याउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए । 

कुष्ठरोगलाई सन् २०१० मा राष्ट्रियस्तरबाट जनस्वास्थ्य समस्याको रूपमा घोषणा भएअनुसार आर्थिक वर्ष २०७९/८० मा राष्ट्रियस्तरमा शून्य दशमलव ८५ प्रिभ्यालेस दरसँगै दुई हजार पाँच सय २२ नयाँ रोगी पहिचान गरिएको उनले उल्लेख गरे। हात्तीपाइले रोग एन्टिजेनेमिया दुई प्रतिशतभन्दा कम र माइक्रोफिलरिया एक प्रतिशतभन्दा कम पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ । 

चौसठ्ठीवटा हात्तीपाइले एन्डेमिक जिल्लामध्ये आम औषधि सेवन सम्पन्न गरी ५३ वटा जिल्लामा सङ्क्रमणको प्रसारसम्बन्धी आम औषधि सेवन बन्द गरिएको छ । सात जिल्लामा आम औषधि सेवनको कार्य जारी रहेको छ । 

हात्तीपाइलेको रुग्णतासम्बन्धी ४९ जिल्लाबाट तथ्याङ्क सङ्कलन गरिएको छ । हालसम्म हात्तीपाइलेका कारणबाट ४१ हजार पाँच सय ३५ जनामा हाइड्रोसिल तथा गोडामा सुजनलगायतको शारीरिक समस्या देखा परेको फोकल पर्सन भट्टले बताए ।  डेङ्गु रोगको रोकथाम र नियन्त्रणको प्रयास हुँदै आएको छ । सन् २००४ मा डेङ्गुको पहिलो केस रिपोर्ट भएदेखि प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएका छन् ।

सन् २०२३ मा ७७ वटै जिल्लामा ५२ हजार बढी व्यक्तिमा डेङ्गुको सङ्क्रमण भई २० जनाको मृत्यु भएको निर्देशनालयले राखेको तथ्याङ्कमा उल्लेख गरिएको छ । “गत आवमा कुकुरको टोकाइबाट अस्पताल आउने बिरामीको सङ्ख्या एक लाखभन्दा बढी थियो’, तथ्याङ्कअनुसार कुकुरको टोकाइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पुर्‍याउने लक्ष्य लिइएको छ ।’ आव २०७९/८० मा १० जनाको रेबिजबाट मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको भए पनि बर्सेनि रेबिजबाट सय बढीको मृत्यु हुने गरेको अनुमान छ । 

सर्प दंशबाट आव २०७९/८० मा नौ हजार बढी व्यक्ति प्रभावित भएकामा जसमध्ये एक हजार दुई सय २३ जनालाई विषालु सर्पले डसेको थियो । देशभर एक सय १० वटा सर्पदंश उपचार केन्द्रमार्फत उपचार हुने गरेको छ । सन् २०१५ मा भएको सर्वेक्षणअनुसार भौगोलिक क्षेत्रका आधारमा १२ देखि ३४ प्रतिशत स्कुलमा अध्ययनरत विद्यार्थीमा माटोबाट सर्ने जुकाको सङ्क्रमण देखा परेको थियो । आव २०७९/०८० मा पाँच लाख ५० हजार जनामा जुकाको सङ्क्रमण देखिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अवकाशपछिको जाँगर: मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

बाँके । धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम ...

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending