Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

मुलुककै पहिलो 'ग्वार्को फ्लाइओभर' निर्माणको काम कछुवाकाे गतिमा

निर्माण समय सकिन २५ दिन बाँकी हुँदा ३५ प्रतिशत प्रगति

मनाेज भट्टराई

ललितपुर । पछिल्लो समय ललितपुरको चापागाउँ दोबाटोदेखि बालकुमारी सम्म अत्यास लाग्दो ट्राफिक जाम हुने गरेको छ । विगतमा पनि लामो समय ट्राफिक जाम हुने यो सडकमा  नर्माण थालिएको फ्लाइओभरका कारण सर्वसाधरणले सास्ती वेहोर्नु परेको छ । 

जोकोहीले पनि यो सडक भएर यात्रा गर्नु पर्यो भने कम्तीमा पनि एक घण्टा समय निकालेर हिड्नु भर्ने हुन्छ । चापागाउँ दोबाटो देखि बालकुमारी सम्मको यात्रालाई कम्तीमा पनि ४५ मिनेट समय निकालेर यात्रा तय गरेन भने जोकेही पनि समयमा गन्तब्यमा पुग्न कठिन हुने गरेको छ । 

विगतदेखिनै ग्वार्को क्षेत्रमा अत्यासलाग्दो ट्राफिक जाम हुने गरेको र त्यही ट्राफिक जाम घटाउने उद्देश्य राखेर निर्माण थालिएको फ्लाइओभरका कारण सर्बसाधणले सास्ती खेपी रहनु परेको छ । 

त्यसमा पनि निर्माण कम्पनीले समयमा निर्माण नसक्ने भए पछि यो बाटो भएर यात्रा गर्ने जोकैहील अझै लामो समय सास्ती खेप्नु पर्ने देखिएको छ । मुलुककै पहिलो फ्लाइओभर भएर पनि सर्वसाधारणको यसप्रति बढी चासो रहेकोले पनि यात्रा गर्दा जाममा परेपनि खासै कसैले केही भनेको सुनिन्न । तर दुर्भाग्य मुलुककै पहिलो फ्लाइओभर निर्माणाधीन अन्य पूर्वाधारका आयोजनाजस्तै यसको निर्माण पनि समयमा नसकिने भएकोे छ । यो फ्लाइओभरको ठेक्का सम्झौता हुँदा दिइएको समय सकिन अब एक केही हप्तामात्र बाँकी छ । तर, निर्माण प्रगति भने बल्ल ३५ प्रतिशतमात्रै पुगेको छ ।

अर्कोतिर यो फ्लाइओभर समयमा नबन्दा त्यो क्षेत्र भएर अहिले आवतआवत गर्न झनै समस्या बढेको छ । फ्लाइओभर बनाउनका लागि अहिले आठ लेन सडकको मध्य भागका चार लेन बन्द गरिएको छ । अहिले सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ ।

सरकारले महत्व दिएका केही आयोजनामध्ये यो पनि एक हो । संसारका धेरै मुलुकमा सडक पूर्वाधारमा फ्लाइओभर र टनेल निर्माणको विषय सामान्य भइसकेको भएपनि हाम्रोमा भने पहिलो पटक फ्लाइओभर र टनेल (नागढुंगा) बन्दैछन् । तर, यिनै आयोजना निर्माणको गति कछुवा शैलीमा छ । देशको राजधानीमै भौतिक पूर्वाधार निर्माणमा यस्तो खेलाँची गरिन्छ भने दूरदराजमा बन्ने आयोजनाहरुमा कस्तो लापरवाही होला ? यो सबैले देखेकै र भोगेकै कुरा हो । 

ग्वार्कोमा फ्लाइओभर निर्माण गर्न २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद यही महिना थियो । त्यसअनुसार समय सकिन केही हप्ता (फागुन ११) मात्र छ । तर, ग्वार्को फ्लाइओभरको भौतिक काम ३५ प्रतिशतमात्र भएको छ ।

ग्वार्को फ्लाइओभर इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । सरकार र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएपछि यसको डिजाइनमा त्रुुटि देखिएको थियो । फेरि डिजाइन गर्दा नै एक वर्ष समय लागेको थियो । त्यसपछि मात्र फ्लाइओभर निर्माणको काम सुरु भएकाले तोकिएको समयअनुसार काम हुन नसकेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

योमात्र होइन, मुलुकका अधिकांश आयोजनामा सुरुको डिजाइन असफल भएर अर्को बनाउनु सामान्य जस्तो भइसकेको छ । कतिपय स्थानमा पक्की पुल निर्माण गर्दा नदीको एकातिरको भागमा पिल्लर बनाएपछि अर्को भागमा पिल्लर बनाउँदा नमिल्ने गरी समस्या आएका घटना पनि छन् ।

सम्झौता हुँदा तोकिएको म्याद फागुनमा सकिने भए पनि निर्माणको काम पूरा हुने अवस्था नरहेको विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले बताए । आगामी जेठ–असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य राखेर अहिले काम भइरहेको उनको भनाइ छ । अहिले पाइल निर्माण गर्नेर्, याड बनाउने र ग्राउन्ड इम्प्रुभमेन्टको काम जारी रहेको उनले बताए । विगतमा भन्दा पछिल्लो समय कामले गति लिएकाले आगामी असारभित्र निर्माण पूरा हुने महर्जनले बताए ।

निर्माण कम्पनीले साउनसम्म म्याद थपको प्रस्ताव गरेको विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए ।  निर्माण कम्पनीले साउनसम्मको म्याद थप प्रस्ताव गरेको र असारसम्म म्याद थप गर्ने योजना बनाइएको उनले बताए । अहिले फागुन १२ सम्मको समय रहेकाले आवश्यक छलफल गरेर म्याद थपको निर्णय गर्ने शाक्यको भनाइ छ ।

ग्वार्को चोकमा फ्लाइओभर बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । यो योजना १७ करोड ६ लाख रुपैयाँ लागतमा बनिरहेको छ ।

ग्वार्को फ्लाइओभर निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending