Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ढुवानीमा राँगाभैँसीलाई असह्य पीडा, कानुन कार्यान्वयनमा सरकार नै उदासिन

खबरडबली संवाददाता

चितवन। राँगाभैँसीलाई ट्रकमा हालेर ढुवानी गरिने दृश्य तपाईँ हामीले प्रायजसो सडकमा वारपार गर्दा देखिरहने एउटा दृश्य हो । न्युनतम मापदण्ड पालना नगरी पशुहरुलाई पीडा दिएर पुच्छर र नाकमा बाँधेर ढुवानी गरिन्छ जुन गैरकानुनी पनि हो ।

पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशु ढुवानी गर्दा नाकमा र पुच्छरमा बाँध्न हुँदैन । एनिमल नेपालकी कार्यक्रम प्रमुख शुलक्षणा राणाले पशु ढुवानीमा कानुन कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरिन् ।

राणाले भनिन्, ‘कानुनको सहज तरिकाले कार्यान्वयन गर्नेबारे सम्बन्धित निकायलाई सचेत गराउन सबै मिलेर लाग्नुपर्छ ।’ विभिन्न होटल तथा रेष्टुरेन्टमा पाक्ने मासुको परिकार स्वस्थ छ भनेर विश्वास गर्ने आधार छैन । पोल्ट्री फार्म वा पशुपालनको क्षेत्रमा अत्यधिक मात्रामा एन्टिबायोटिक्सको प्रयोग हुने गरेको पशु कल्याण सरोकारवालाहरू बताउँछन् । मानिसले सेवन गर्ने मासुबाट विभिन्न रोग तथा भाइरसहरु सर्ने गरेको उनको भनाई छ ।

‘मानिस, पशु र वातावरण एकअर्कासँग सम्बन्धित भएकाले सबैको कल्याणको लागि वन हेल्थ पोलिसि कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भनिन्, ‘जनावरलाई पीडाहुँदा निस्कने टक्सिन मानिसले खान्छन्, त्यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्छ ।’

संस्थाका सुपरभाइजर रामचन्द्र आचार्यले जरिवाना थोरै भएकाले कानुनको पालना नभएकोमा दुख व्यक्त गरे । ऐन अनुसार शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्न नहुने र राँगाभैैँसीसँग पाडापाडी मिसाउन नहुने उल्लेख छ । ‘जरिवाना थोरै भएकाले कानुन पालना भएकै छैन, व्यापारीले कल्याणको हिसाबले हेरैकै छैनन्,’ आचार्यले भने ।

कानुन अनुसार पशु ढुवानी गर्ने गाडिको प्राथमिक उपचार बाकसमा कपास, टिक्चर बेन्जवाइन, ब्यान्डेज, हिमेक्स चार्मिल मलम, बेडामिन, सिजर, टिक्चर आयोडिन, ड्रेसिङ फोरसेफ र पोटासियम परम्याग्नेट अनिवार्य गरिएको छ । कानुन फितलो र सरकारनै कार्यान्वयनमा उदासिन भएपछि निर्दोष पशुले असह्य पीडा खेप्न बाध्य छन् ।

दैनिक ८ घण्टा भन्दा बढि गाडीमा ढुवानी गराउन नहुने, गाडीमा घाँस पराल र दाना राख्नुपर्ने, ८ घण्टापछि पशुलाई ओरालेर दानापानी खुवाउनुपर्ने पशु सेवा ऐनमा उल्लेख गरिएको छ । ‘आजभोली देखाउनलाई एकमुठा पराल ल्याउन थालेका छन् । भर्खर खुवाएर ल्याएको यत्ति बाँकी हो भन्छन्,’ उनले भने, स्थानीय तहले आधिकारिकरुपमा नै रेकर्ड राख्ने व्यवस्था भएमा पशु कल्याण सुनिश्चितता हुन्थ्यो ।’

गाडी ४० किमी प्रतिघण्टाको रफ्तारमा वा सो भन्दा विस्तारै हाँक्ने र झ्याप्प ब्रेक नलगाउने र नउफ्रिने गरि आरामसँग ढुनावी गर्नुपर्ने कानुनी व्यवस्था छ । बढिमा २३ वटा पशु अट्ने ट्रकमा कोचेर ३१ वटासम्म पशु ढुवानी भइरहेको आचार्यले जानकारी दिए ।

निरोगी र स्वस्थ पशुको यकिन गरी ढुवानी अनुमति दिन भरतपुर महानगरपालिका–१ रामनगरमा पशु क्वारेन्टाइन स्थापना गरिएको छ । पशु क्वारेन्टाइनमा पशुलाई गाडीबाट ओरालेर आराम गराउनुको साथै घाँस, पराल, दाना तथा पानी खुवाउनुपर्छ । तर यहाँको क्वारेन्टाइनमा पर्याप्त ठाउँ नहुँदा त्यसो हुन सकेको छैन ।

एनिमल नेपालको स्थापना पशु कल्याण र हक हितका निम्ति भएको हो । भोक, प्यास र कुपोषण हुन नदिने, आरामदायी ढङ्गले जिउन पाउने, पशुलाई रोग लाग्नबाट बचाउने, आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउनुको साथै डर, त्रास र तनावबाट मुक्त रहन पाउने पशु स्वतन्त्रताका पक्षमा यो संस्थाले निरन्तर काम गर्दै आइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदे...

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending