चितवन। राँगाभैँसीलाई ट्रकमा हालेर ढुवानी गरिने दृश्य तपाईँ हामीले प्रायजसो सडकमा वारपार गर्दा देखिरहने एउटा दृश्य हो । न्युनतम मापदण्ड पालना नगरी पशुहरुलाई पीडा दिएर पुच्छर र नाकमा बाँधेर ढुवानी गरिन्छ जुन गैरकानुनी पनि हो ।
पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशु ढुवानी गर्दा नाकमा र पुच्छरमा बाँध्न हुँदैन । एनिमल नेपालकी कार्यक्रम प्रमुख शुलक्षणा राणाले पशु ढुवानीमा कानुन कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरिन् ।
राणाले भनिन्, ‘कानुनको सहज तरिकाले कार्यान्वयन गर्नेबारे सम्बन्धित निकायलाई सचेत गराउन सबै मिलेर लाग्नुपर्छ ।’ विभिन्न होटल तथा रेष्टुरेन्टमा पाक्ने मासुको परिकार स्वस्थ छ भनेर विश्वास गर्ने आधार छैन । पोल्ट्री फार्म वा पशुपालनको क्षेत्रमा अत्यधिक मात्रामा एन्टिबायोटिक्सको प्रयोग हुने गरेको पशु कल्याण सरोकारवालाहरू बताउँछन् । मानिसले सेवन गर्ने मासुबाट विभिन्न रोग तथा भाइरसहरु सर्ने गरेको उनको भनाई छ ।
‘मानिस, पशु र वातावरण एकअर्कासँग सम्बन्धित भएकाले सबैको कल्याणको लागि वन हेल्थ पोलिसि कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भनिन्, ‘जनावरलाई पीडाहुँदा निस्कने टक्सिन मानिसले खान्छन्, त्यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्छ ।’
संस्थाका सुपरभाइजर रामचन्द्र आचार्यले जरिवाना थोरै भएकाले कानुनको पालना नभएकोमा दुख व्यक्त गरे । ऐन अनुसार शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्न नहुने र राँगाभैैँसीसँग पाडापाडी मिसाउन नहुने उल्लेख छ । ‘जरिवाना थोरै भएकाले कानुन पालना भएकै छैन, व्यापारीले कल्याणको हिसाबले हेरैकै छैनन्,’ आचार्यले भने ।
कानुन अनुसार पशु ढुवानी गर्ने गाडिको प्राथमिक उपचार बाकसमा कपास, टिक्चर बेन्जवाइन, ब्यान्डेज, हिमेक्स चार्मिल मलम, बेडामिन, सिजर, टिक्चर आयोडिन, ड्रेसिङ फोरसेफ र पोटासियम परम्याग्नेट अनिवार्य गरिएको छ । कानुन फितलो र सरकारनै कार्यान्वयनमा उदासिन भएपछि निर्दोष पशुले असह्य पीडा खेप्न बाध्य छन् ।
दैनिक ८ घण्टा भन्दा बढि गाडीमा ढुवानी गराउन नहुने, गाडीमा घाँस पराल र दाना राख्नुपर्ने, ८ घण्टापछि पशुलाई ओरालेर दानापानी खुवाउनुपर्ने पशु सेवा ऐनमा उल्लेख गरिएको छ । ‘आजभोली देखाउनलाई एकमुठा पराल ल्याउन थालेका छन् । भर्खर खुवाएर ल्याएको यत्ति बाँकी हो भन्छन्,’ उनले भने, स्थानीय तहले आधिकारिकरुपमा नै रेकर्ड राख्ने व्यवस्था भएमा पशु कल्याण सुनिश्चितता हुन्थ्यो ।’
गाडी ४० किमी प्रतिघण्टाको रफ्तारमा वा सो भन्दा विस्तारै हाँक्ने र झ्याप्प ब्रेक नलगाउने र नउफ्रिने गरि आरामसँग ढुनावी गर्नुपर्ने कानुनी व्यवस्था छ । बढिमा २३ वटा पशु अट्ने ट्रकमा कोचेर ३१ वटासम्म पशु ढुवानी भइरहेको आचार्यले जानकारी दिए ।
निरोगी र स्वस्थ पशुको यकिन गरी ढुवानी अनुमति दिन भरतपुर महानगरपालिका–१ रामनगरमा पशु क्वारेन्टाइन स्थापना गरिएको छ । पशु क्वारेन्टाइनमा पशुलाई गाडीबाट ओरालेर आराम गराउनुको साथै घाँस, पराल, दाना तथा पानी खुवाउनुपर्छ । तर यहाँको क्वारेन्टाइनमा पर्याप्त ठाउँ नहुँदा त्यसो हुन सकेको छैन ।
एनिमल नेपालको स्थापना पशु कल्याण र हक हितका निम्ति भएको हो । भोक, प्यास र कुपोषण हुन नदिने, आरामदायी ढङ्गले जिउन पाउने, पशुलाई रोग लाग्नबाट बचाउने, आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउनुको साथै डर, त्रास र तनावबाट मुक्त रहन पाउने पशु स्वतन्त्रताका पक्षमा यो संस्थाले निरन्तर काम गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १५:२४
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...
चैत्र ८ गते, २०८२ - १५:०५
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत र...
चैत्र ८ गते, २०८२ - १४:५३
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...
चैत्र ८ गते, २०८२ - १४:२३
कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...
चैत्र ८ गते, २०८२ - १४:१२
कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य भएको छैन। महराजगञ्जका केही स्थानमा स्थानीय युवा प्रदर्शन...
चैत्र ८ गते, २०८२ - १४:०३
काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा। शेखर कोइराला सहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन ...
चैत्र ८ गते, २०८२ - १३:४७
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...
चैत्र ८ गते, २०८२ - १३:३९
मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।...
चैत्र ८ गते, २०८२ - १३:१०
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका...
चैत्र ८ गते, २०८२ - १२:५९
काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित होसना इट...


प्रतिकृया लेख्नुहोस्: