काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिको प्रतिवेदनप्रति असहमति राखेकी छन् ।
सिटीइभिटी र चिकित्सा शिक्षा आयोग बीच पीसीएल नर्सिङ सम्बन्धन, नियमन, मापदण्ड लगायतका विवाद अध्ययन गरी सुझाव दिनका लागि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा उपसमिति गठन गरिएको थियो ।
उपसमितिले चिकित्सा शिक्षा ऐन मर्म विपरीत र नर्सिङका गुणस्तरको मापदण्डमा खलल पुग्ने गरी सुझावहरु दिएकाले आफूले असहमति राखेको कार्कीले उल्लेख गरेकी छन् ।
समिति सभापतिलाई बुझाएको पत्रमा कार्कीले असहमतिका पाँच बुँदा उल्लेख गरेकी छन् । सुझाव प्रतिवेदनमा हस्ताक्षर गर्न आफूले अस्विकार गरेपनि थप छलफल नै नगरी निर्णय कार्यान्वयनका लागि मन्त्रालय पठाइएको भन्दै उनले असहमति राखेकी हुन् ।
गुणस्तर र प्रयोगात्मक शिक्षाका लागि १०० शय्या र ६० प्रतिशत शय्या अकुपाई भएको आफ्नो अस्पताल हुनुपर्ने राय राखिए पनि उपसमितिले त्यस विपरीत निर्णय लेखेको भन्दै उनले असहमति जनाएकी छन् । विज्ञ र सरोकारवालाको राय विपरीत एवम् चिकित्सा शिक्षा ऐनको मर्म विपरीत निर्णय लेखिएकाले आफ्नो असहमति रहेको उनले उल्लेख गरेकी छन् ।
संस्थालाई मापदण्ड पुगेता पनि नर्सिङ भर्ना गर्ने अनुमति नदिइएको भन्ने तथ्यांक खोजी गर्ने र त्यसो भएको हो भने सच्याउन निर्देशन दिनुपर्ने राय राखेकोमा तथ्यांक खोजी तर्फ उपसमितिले चासो नदिएको कार्कीले असहमतिमा लेखेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: