रौतहट । पछिल्लो समय रौतहट स्थित ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियम बिपरित चल्ने सवारीसाधनलाई तिब्ररुपमा कारबाही सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सकृयतामा सवारीसाधन लाई कार्वाही बढे संगै राजश्व संकलनमा समेत वृद्धि भएको छ।
यस आर्थिक बर्षको मात्र ६ महिनाको अवधिमा ट्राफिक नियम बिपरित चलेका १० हजार भन्दा बढी सवारीसाधनलाई कार्वाही गरेर ८८ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरिएको छ। ट्राफिक प्रहरीको बिभिन्न युनिटले गत साउन महिनामा नियम बिपरित चलेका ३ हजार ८२, भदौमा १५ सय ८८ असोजमा ९सय ३९, कार्तिकमा १५ सय ७, मंसिरमा १६ सय २९ र पुस महिनामा १७ सय २३ सवारीसाधनलाई कार्वाही गरेको छ।
गत साउन देखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा नियम बिपरित चलेका १० हजार ४५९ सवारीसाधन लाई कारबाहीको दायरामा ल्याईएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन। उक्त कारबाहीबाट कुल ८८ लाख३३ हजार पाँचसय रुपैया राजश्व संकलन गरिएको ईन्सपेक्टर आचार्यले जानकारी दिएका छन।
सोही अवधिमा जिल्ला भरीमा भएको ३०२ सवारी दुर्घटनामा परेर २ बालबालिका ७ महिलासहित २६ जना मानिसको ज्यान गएको छ। त्यस्तै उक्त दुर्घटनामा परेर ४७२ जना मानिस घाईते भएको तथ्याङकमा उल्लेख गरिएको छ।
दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जिल्ला स्थित बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ। साउन देखि पुस मसान्तसम्म जिल्लाको बिभिन्न स्थानमा आयोजना गरिएको ८७९ वटा कार्यक्रममा सवारीचालक,यात्रु,सर्वसाधारण गरी कुल ३७ हजार ३९६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
त्यस्तै दुर्घटना न्यूनीकरणको लागि सवारीसाधनहरुमा स्टिकर टाँस देखि पूर्व पश्चिम राजमार्ग छेउछाउमा ठूलो ठूलो हुडिङ बोर्ड राखेको छ। त्यतिमात्र नभई जिल्लाको १८ वटै स्थानिय तहमा बढदो सवारीसाधनको चापलाई मध्यनजर गर्दै सुरक्षाको दृष्टीकोणले हाल रौतहटको गौर, बमनहर,चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेव चौक, बन्कुल, मौलापुर, बिजयपुरलगायतको स्थानमा स्थायी ट्राफिक बिट राखेको जनाएको छ।
बिगतमा सहरी क्षेत्रमा मात्र सीमित रहेको ट्राफिक प्रहरी हाल रौतहटको ग्रामीण क्षेत्रमा समेत सेवा दिइरहेको देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...




प्रतिकृया लेख्नुहोस्: