Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पाटेबाघ र चितुवा संरक्षणमा चुनौती

खबरडबली संवाददाता

कैलाली । गत हप्ता कैलालीको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृतावस्थामा भेटियो । बाघको घाँटीमा फसेको पासो निकाल्नसमेत कठिनाइ भएको थियो । सुर्किने गाँठोले घाँटी कस्सिएर बाघको निस्सासिएर मृत्यु भएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए ।

गत वर्षको असार ५ गते टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो । घाँटीमा तारको पासो लागेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको थियो । एक वर्षको अन्तरालमा कैलालीमा  विश्वकै लोपोन्मुख प्रजातिका रुपमा रहेका दुई पाटेबाघको मृत्युले संरक्षणमा चुनौती देखिएको छ । पाटेबाघ मात्रै होइन यसको बढीको सङ्ख्यामा चितुवा पासोमा परेर मरिरहेका छन् ।

गत पुस ११ गते कैलालीको गोदावरी नगरपालिका–१० स्थित रातोपानी सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवा मर्न पाएन । २०७८ साल चैत १७ गते घोडाघोडी नगरपालिका १० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटेबाघ र चितुवाको मृत्यु सङ्ख्या बढिरहेको  डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

पछिल्लो ५ वर्षको  अवधिमा कैलालीमा दुईवटा पाटेबाघ र चारवटा चितुवाको  मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा एउटा चितुवा, आव २०७८÷०७९ मा दुई चितुवा र एउटा पाटेबाघ तथा चालु अर्थिक वर्षमा एक पाटेबाघको मृत्यु भएको भने एक चितुवाको मृत्यु भएको छ । 

यसरी पासोमा पर्छन् वन्यजन्तु 

आइतबार पासोमा परेर मृत्यु भएको बाघ तस्करले मार्ने उद्देश्यले पासोमा पारिएको हुन सक्ने संरक्षणकर्मीहरूको अनुमान छ  । अन्य साना जनावरलाई थापिएको पासोमा बाघ परेको हुन सक्ने संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । “मोटर साइकलको ब्रेकको तार पासो बनाइएको छ । त्यो पासो मासुजन्य वन्यजन्तुका लागि हो,” उनले भने । 

बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तु बीचको द्वन्द्वका कारण पनि भएको देखिन्छ । संरक्षणकर्मी डा हेमसागर बराल पनि प्रतिशोध र सिकारका लागि राखेको पासोमा ठूला जनावर परिरहेको बताउँछन् ।

“जङ्गल नजिक अहिले बस्ती बसिरहेका छन् । घरपालुवा जनावर र आफ्नो सुरक्षासँगै मासुका लागि मानिस पासो थाप्छन्,” उनले भने, “बाघ र चितुवा मार्ने उद्देश्य नभएर पनि ती ठूला जनावर मरिरहेका छन् ।”

पहिलेको तुलनामा अहिले पासोमा परेर चितुवा र बाघको मृत्यु सङ्ख्या बढिरहेको संरक्षणकर्मी तिलक ढकालले बताए । कैलालीसँग जोडिएको बसन्ता जैविक मार्गको वन क्षेत्र ६९ हजार १।२२ हेक्टर  छ । अहिले जङ्गलको नजिक मानव बस्ती पुगेको छ । यसका कारण संरक्षित क्षेत्रमै पनि वन्यजन्तु असुरक्षित छन् ।

डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले पछिल्लो समय वन्यजन्तुका लागि पासो जोखिम बन्दै गइरहेको बताए । “करेन्ट, तारलगायत पासो थाप्ने क्रम बढ्दै गएको छ,  बँदेल, चित्तललगायत मासुजन्य वन्यजन्तुका लागि पासो थाप्ने गरेका छन् जसमा बाघ, चितुवा परिरहेका छन्”, उनले भने, “यसरी पासो थाप्नु गैरकानुनी हो । यस्ता गतिविधि गरेको पाइएमा हामी कारबाही गर्छौं ।”

समस्या समाधानका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम पनि भइरहेको उनको भनाइ छ । कानुनमा पनि यसरी जङ्गली जनावरको हत्या गर्ने कार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुने व्यवस्था रहेको छ । 

जैविक प्रजातिको विश्वव्यापी संरक्षण स्थिति र विलुप्त हुने जोखिमको अवस्थाको नियमित अनुगमन गर्ने संस्था आइयुसिएनले पाटेबाघ लोपोन्मुख  अवस्थामा रहेको जनाउँदै आफ्नो रातो सूचीमा राखेको छ । त्यसैगरी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, २०२९ ले पाटेबाघलाई संरक्षित स्तनधारी प्रजातिको सूचीमा राखेको छ ।

लोपोन्मुख प्रजातिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार पाटेबाघलगायत लोपोन्मुख प्रजातिको कारोबार वा व्यापार गर्न पाइँदैन ।  

पाटेबाघको सिकार गरेमा रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छभने चितुवाको सिकारजन्य अपराध गरेमा रु २० हजार देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कानुनी प्रावधान रहेको छ ।

सरकारी निकायहरूले पनि अहिले बाघलगायत लोपोन्मुख अवस्थामा पुगेका वन्यजन्तुको संरक्षणमा ठूलो पहल गर्दै आइरहेका छन् तर समुदायमा जनचेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवाजस्ता ठूला जनावर पनि पासोका कारण मर्नेको सङ्ख्या बढिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending