Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक

तस्बिर: सुरेन्द्र थापा
खबरडबली संवाददाता

काठमाडौं । लामो समयदेखि प्रवासमा रहेर गायनमार्फत अनबरतरूपमा नेपाली गीतसंगीतमा लागिरहनुभएकी निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिनुभएको गीतको भिडियो काठमाडौंमा एक विशेष समारोहबीच बरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । 

डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा ‘स्माईल’को संगीत र बिषम आचार्यको संगीत संयोजन छ । कुमार केसीले स्टुडियो फिलमा रेकर्डिङ गरेको गीतमा अशोक महर्जनको ध्वनि सम्पादन र मिश्रण छ ।

केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ । गीतको भिडियो निता आचार्यअफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

गायिका आचार्यको सभापितत्वमा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटिका अध्यक्ष, अभिनेता एवं निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, सदाबाहार नायिका शर्मिला मल्ल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्रप्रसाद आचार्य लगायतकाको आतिथ्यता रहेको थियो । 

अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताउँदै सार्वजनिक गीत ‘झिम झिम परेली’ सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताए । गीतकार संघका अध्यक्ष थापाले राम्रो गीत र भिडियो पनि त्यतिकै उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । यस्तै अन्य अतिथिले शुभकामना मन्तव्य राखेका थिए । गायिका बुबा सुरेन्द्र आचार्यले आफ्ना भनाई राख्दै छोरीलाई बधाई तथा शुभकामना दिएका थिए । 
संगीतकार शंकर थापा स्माइलले स्वागत मन्तव्य राख्दै गीतको रेकर्डिङदेखि भिडियो बन्दा सम्मका विभिन्न अनुभव सुनाएका थिए । कार्यक्रममा अतिथि र गीत एवम् भिडियोसँग सम्बन्धित स्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो ।

गायिका आचार्यले आफू जहाँ भएपनि गीत संगीतसँग जोडिने बताउँदै छिट्टै अर्को गीत पनि स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी गराएन् । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गरेका थिए  । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending