Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान २०८०’

खबरडबली संवाददाता

काठमाडौँ । तारा देवी स्मृति फाउन्डेसनले १८ औँ पुण्यस्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’ कार्यक्रको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा,टोखा नगरपालिका,बुढानिलकण्ठ नगरपालिका लगायतको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।   

कार्यक्रममा तारा देवीको सम्झनामा डेढ दर्जनभन्दा बढी वाद्यवादक समूहको सहायतामा, एक दर्जनभन्दा बढी गायकगायिकाले तारा देवीद्वारा स्वरबद्ध गरिएको गीत गाएका  थिए ।
कार्यक्रमको सुरुवात  ‘मुस्कानका लहरहरु’ रत्न समशेर थापाको रचना तथा संगीत नातिकाजी र शिव शंकर रहेको गायक सन्जिव आले मगर तथा गीता पाण्डेको प्रस्तुति सुरुवाती बाट नै कार्यक्रमस्थल तारादेवीमय बनेको थियो। प्रस्तुतिकै क्रममा निशा देसारले  विश्व बल्लभको शब्द तथा नातिकाजीको संगीत रहेको ‘शुभकामना ’ प्रस्तुत गर्दा माहोल मन्त्रमुग्ध बनाईन।

कार्यक्रमा गायिकाहरु निशा देसार,गीता पाण्डे,जीना रसाईली,त्रितिया गुरुङ,बबिना भट्टराई देखि शुधा शेर्पा,प्रस्तुति खनाल,अन्जुली हमाल,अग्रिमा रिजाल सम्मका कलाकारहरुले सुमधुर गीत पस्केका थिए । गायिका शर्मीला लामाले धर्मराज थापाको शब्द तथा नातिकाजीको संगीतमा रहेको तारादेवीको ‘ कालीपारे दाइ कति राम्रो ‘ गीत गाइन् ।

कार्यक्रममा ६ वटा युगल प्रस्तुति गरिएको थियो । जसमा सम्मानित संगीतकार दिपक जंगम तथा तारा देवीको स्वराङ्क्न, रचना किरण खरेल,संगीत दिपक जंगम  उनले अङगालो हालेर  गायक अजर जंगम  तथा गायिका जीना रसाईलीले् प्रस्तुत  गरे ।

यस्तै  किरण खरेलको शब्द तथा अम्बर गुरुङको संगीत रहेको अनिल सुनाम तथा बबिना भट्टराईले तिम्रो नाम अझै छ ओठमा बोलको गीत सुमधुर गाए ।  नगेन्द्र थापाको शब्द तथा गोपाल योन्जनको संगीत तथा गायिका तारा थापा रहेको हो माझी दाइ तारी नदेऊ झुमा निरौलाले न्याय गरेर सम्मानित गायिकाको अगाडी प्रस्तुती गरिन ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको फुलको थुंगा गीतको गीति नृत्य अनुजा अधिकारी,अस्मिता ढकाल र सलिना मिश्रले प्रस्तुत गर्दा कार्यक्रमका अधिकांशको आँखा आशुले रसाए।

चांदनी शाहको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको ुउकाली ओरालीहरुमाु अन्जना श्रेष्ठले प्रस्तुत गरिन ।रत्न समशेर थापाको शब्द तथा शुभ बहादुर सुनामको संगीत रहेको ुफुलै फुलको मौसम तिमीलाई ुजीना रसाईलीले  मिठास सहित गाईन । कुमार बस्नेतको सङकलन रहेको ुकर्कलो गाभाु गीत गीता पाण्डेले प्रस्तुत गर्दा माहोल निकै तताइन्।

सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान शीर्षकको कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउने तीन अग्रज सष्टाहरु बिशिष्ठ गीतकार श्री बिश्व बल्लभ,बिशिष्ठ संगीतकार दिपक जंगम र बिशिष्ठ गायिका तारा थापालाई जनही २५ हजार, ताम्रपत्र साथै दोषल्ला सहित फाऊण्डेशनका संरक्षक रवि श्रेष्ठ सहित फाऊण्डेशनका पदाधिकारीहरुले हस्तारण गरे।  तारा देवीका छोरा रवि श्रेष्ठको व्यक्तिगत पहलमा उक्त रकम प्रदान गरिएको हो।तारा देवीको गीत र सिर्जनाको संरक्षण गर्न र नेपाली सांगीतिक क्षेत्रमा बचाइराख्न २०७२ सालमा तारादेवी स्मृति फाऊण्डेशनको स्थापना भएको थियो। 

कार्यक्रममा फाऊण्डेशनबाट सम्मानीत  हुन पाऊंदा गौरवान्वित महशुस भएको जानकारी गराउनु भयो। तारा देवीको सांगीतिक व्यक्तित्वको चर्चा गर्ने सम्मानीतहरुले उनले स्वर दिएका सबै गीतको उचित संरक्षण हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए। यसका साथै नेपाली सांगीतिक स्वर्णयुगलाई उचाइमा पुर्याउन तारा देवीको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए र फाऊण्डेशनबाट धेरै आश रहेको पनि जानकारी गराए।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending