Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान २०८०’

खबरडबली संवाददाता

काठमाडौँ । तारा देवी स्मृति फाउन्डेसनले १८ औँ पुण्यस्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’ कार्यक्रको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा,टोखा नगरपालिका,बुढानिलकण्ठ नगरपालिका लगायतको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।   

कार्यक्रममा तारा देवीको सम्झनामा डेढ दर्जनभन्दा बढी वाद्यवादक समूहको सहायतामा, एक दर्जनभन्दा बढी गायकगायिकाले तारा देवीद्वारा स्वरबद्ध गरिएको गीत गाएका  थिए ।
कार्यक्रमको सुरुवात  ‘मुस्कानका लहरहरु’ रत्न समशेर थापाको रचना तथा संगीत नातिकाजी र शिव शंकर रहेको गायक सन्जिव आले मगर तथा गीता पाण्डेको प्रस्तुति सुरुवाती बाट नै कार्यक्रमस्थल तारादेवीमय बनेको थियो। प्रस्तुतिकै क्रममा निशा देसारले  विश्व बल्लभको शब्द तथा नातिकाजीको संगीत रहेको ‘शुभकामना ’ प्रस्तुत गर्दा माहोल मन्त्रमुग्ध बनाईन।

कार्यक्रमा गायिकाहरु निशा देसार,गीता पाण्डे,जीना रसाईली,त्रितिया गुरुङ,बबिना भट्टराई देखि शुधा शेर्पा,प्रस्तुति खनाल,अन्जुली हमाल,अग्रिमा रिजाल सम्मका कलाकारहरुले सुमधुर गीत पस्केका थिए । गायिका शर्मीला लामाले धर्मराज थापाको शब्द तथा नातिकाजीको संगीतमा रहेको तारादेवीको ‘ कालीपारे दाइ कति राम्रो ‘ गीत गाइन् ।

कार्यक्रममा ६ वटा युगल प्रस्तुति गरिएको थियो । जसमा सम्मानित संगीतकार दिपक जंगम तथा तारा देवीको स्वराङ्क्न, रचना किरण खरेल,संगीत दिपक जंगम  उनले अङगालो हालेर  गायक अजर जंगम  तथा गायिका जीना रसाईलीले् प्रस्तुत  गरे ।

यस्तै  किरण खरेलको शब्द तथा अम्बर गुरुङको संगीत रहेको अनिल सुनाम तथा बबिना भट्टराईले तिम्रो नाम अझै छ ओठमा बोलको गीत सुमधुर गाए ।  नगेन्द्र थापाको शब्द तथा गोपाल योन्जनको संगीत तथा गायिका तारा थापा रहेको हो माझी दाइ तारी नदेऊ झुमा निरौलाले न्याय गरेर सम्मानित गायिकाको अगाडी प्रस्तुती गरिन ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको फुलको थुंगा गीतको गीति नृत्य अनुजा अधिकारी,अस्मिता ढकाल र सलिना मिश्रले प्रस्तुत गर्दा कार्यक्रमका अधिकांशको आँखा आशुले रसाए।

चांदनी शाहको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको ुउकाली ओरालीहरुमाु अन्जना श्रेष्ठले प्रस्तुत गरिन ।रत्न समशेर थापाको शब्द तथा शुभ बहादुर सुनामको संगीत रहेको ुफुलै फुलको मौसम तिमीलाई ुजीना रसाईलीले  मिठास सहित गाईन । कुमार बस्नेतको सङकलन रहेको ुकर्कलो गाभाु गीत गीता पाण्डेले प्रस्तुत गर्दा माहोल निकै तताइन्।

सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान शीर्षकको कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउने तीन अग्रज सष्टाहरु बिशिष्ठ गीतकार श्री बिश्व बल्लभ,बिशिष्ठ संगीतकार दिपक जंगम र बिशिष्ठ गायिका तारा थापालाई जनही २५ हजार, ताम्रपत्र साथै दोषल्ला सहित फाऊण्डेशनका संरक्षक रवि श्रेष्ठ सहित फाऊण्डेशनका पदाधिकारीहरुले हस्तारण गरे।  तारा देवीका छोरा रवि श्रेष्ठको व्यक्तिगत पहलमा उक्त रकम प्रदान गरिएको हो।तारा देवीको गीत र सिर्जनाको संरक्षण गर्न र नेपाली सांगीतिक क्षेत्रमा बचाइराख्न २०७२ सालमा तारादेवी स्मृति फाऊण्डेशनको स्थापना भएको थियो। 

कार्यक्रममा फाऊण्डेशनबाट सम्मानीत  हुन पाऊंदा गौरवान्वित महशुस भएको जानकारी गराउनु भयो। तारा देवीको सांगीतिक व्यक्तित्वको चर्चा गर्ने सम्मानीतहरुले उनले स्वर दिएका सबै गीतको उचित संरक्षण हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए। यसका साथै नेपाली सांगीतिक स्वर्णयुगलाई उचाइमा पुर्याउन तारा देवीको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए र फाऊण्डेशनबाट धेरै आश रहेको पनि जानकारी गराए।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending