Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

पाकिस्तानी पूर्व प्रधानमन्त्रीद्वारा जमानतका लागि इस्लामावाद उच्च अदालतमा पुनरावेदन

खबरडबली संवाददाता

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना र अल कादिर ट्रस्ट प्रकरणमा जमानतका लागि इस्लामावाद उच्च अदालतमा निवेदन दिएको छन् ।

पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० का संस्थापक नेता समेत रहेका खानले आफ्ना वकिलमार्फत जवाफदेहीताबारे अदालतको फैसलाविरुद्ध दुई छुट्टाछुट्टै याचिका दायर गरेको छन् ।

याचिकामा खानले इस्लामावाद उच्च न्यायालयमा जवाफदेहीतासम्बन्धी तल्लो अदालतको निर्णयलाई खारेज गर्न र आफूलाई जमानत दिन अनुरोध गरेको छन् ।

एआरवाई न्यूजका अनुसार दुवै मुद्दामा पीटीआईका संस्थापक खानले आफूमाथि लागेका अभियोग राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै आफूलाई गिरफ्तारी नगरी जमानतमा छोड्न गरेको याचिकापछि अदालतले जमानत अस्वीकार गरेको थियो ।

नेता खानले आफूमाथि लगाइएका मुद्दा ‘राजनीतिक उत्पीडन’ र ‘दुर्भावनापूर्ण मनसाय’मा आधारित रहेको बताएको छन् ।

यसअघि जनवरी ९ मा इस्लामावादस्थित एक अदालतले खानको तोशाखाना र १९ करोड पाउन्डको अल–कादिर ट्रस्ट मुद्दामा उनको जमानत आवेदन खारेज गरेको थियो ।

तोशाखाना र १९ करोड पाउन्ड घोटाला प्रकरणको सुनुवाइ गर्दै न्यायाधीश मोहम्मद बशीरले अपदस्थ प्रधानमन्त्रीले दायर गरेको याचिकामा फैसला सुनाएको एआरवाई न्युजले जनाएको छ ।

पाकिस्तानको लाहोर उच्च अदालतले मे ९ मा भएको प्रदर्शनसँग सम्बन्धित सात वटा मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई जमानत दिइएको पाकिस्तानस्थित जियो न्युजले जनाएको छ ।

सन् २०२३ को मे ९ मा इमरान खानलाई पक्राउ गरेपछि पाकिस्तानभर विरोध प्रदर्शन भएको थियो । खानको गिरफ्तारीपछि पीटीआईका कार्यकर्ताहरू आक्रोशित भई देशका प्रमुख सहर तथा दुर्गम ग्रामीण भेकमाहरूमा विरोध प्रदर्शन गरिएको थियो ।

लाहोरस्थित सैन्य कमान्डरको घरलगायत सेनाका प्रतिष्ठानमा पनि पीटीआईका कार्यकर्ताले गरेको प्रदर्शनका क्रममा आक्रमण भएको थियो ।

इमरान खान र पीटीआईका शीर्ष नेताहरूले फेब्रुअरी ८ मा हुने चुनाव नजिकिँदै गर्दा पनि विभिन्न मुद्दाहरूको सामना गरिरहेका छन् । पीटीआईले आफ्नो चुनाव चिन्ह ‘ब्याट’ र अन्तरपार्टी निर्वाचनको वैधानिकता फिर्ता पाउन दिएको निवेदनको विपक्षमा अदालतले फैसला गरेको थियो ।

जिओ न्यूजका अनुसार पीटीआईले कठिन चुनौतीको सामना गरिरहेका बेला यसका प्रमुख प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० र पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल–एन० ले देशभर अभियान सुरु गरिसकेका छन् र राष्ट्रिय र प्रान्तीय निर्वाचन क्षेत्रका लागि टिकट वितरण गरिसकेका छन् । राससरएएफपी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending