Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

भाषणमा मात्रै सीमित रह्यो राउटे संरक्षण नीति

घट्दै राउटे समुदाय, १३७ जनामा सिमीत

खबरडबली संवाददाता

सुर्खेत  । लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउने घोषणा गरेको दुई वर्ष बित्दा पनि त्यसको कुनै प्रक्रिया अघि बढेको छैन । 

तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ साल असार ७ गते सरोकारवाला र विज्ञसँग छलफल गरी राउटे संरक्षणका लागि तत्कालै नीति बनाइने बताएका थिए । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लिइएको थियो । तथापि उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।

गैरराउटे समुदायबाट राउटेमाथि सुरक्षा खतरा बढेका समाचार सार्वजनिक भएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति बनाइने सरकारले जनाएको थियो । नीतिको मस्यादौसमेत बनिसकेको अवस्थामा अन्य प्रक्रिया अघि बढेका छैनन् । मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले डेढ वर्षपहिले निर्माण भएको राउटे संरक्षण नीतिको मस्यौदा मन्त्रालयमै थन्किएको बताए ।

मस्यौदामाथि विभिन्न समयमा छलफल भइरहे पनि अहिलेसम्म नीति बन्न सकेको छैन । राउटेलाई स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दै संस्कृति संरक्षण गर्नेलगायतका विषय नीतिको मस्यौदामा समेटिएका छन् । फिरन्ते जीवन बिताइरहेका राउटेलाई स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्ने योजनासहितको नीतिको मस्यौदा अन्तिम रूप नदिएर दुई वर्षदेखि थन्क्याइएको छ ।

घट्दै राउटे 

लोपोन्मुख राउटे समुदायकी १२ वर्षीय बालिका दुर्गा शाहीको गत बिहीबार निधन भयो । लामो समयदेखि उनी बिरामी परेकी थिईन् । पछिल्लो पटक राउटे बस्ती बसेको दैलेखको भैरवी गाउँपालिका–४, गडाज्यूलामा उनको निधन भएको हो । राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार दुर्गाको निधनपछि राउटे समुदायको बस्ती भैरवी गाउँपालिकाकै वडा नं. ३ मा सरेको छ । परिवारका सदस्यको निधन भए राउटे समुदायले बस्ती नै सार्ने चलन रहेको छ । दुर्गाको निधनपछि राउटे समुदायको जनसङ्ख्या १३७ मा झरेको छ ।

जेठसम्म राउटेको जनसङ्ख्या १४२ थियो । गत जेठ २३ गते समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको ९१ वर्षको उमेरमा निधन भएको थियो । त्यसपछि शान्ति शाही, तुलसी शाही, महिनबहादुर शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँचमहिने शिशु बालकुमारी शाही, एकमहिने शिशु भैरव शाहीको निधन भएको शिक्षक खत्रीले जानकारी दिए । 

यो अवधिमा समुदायमा नौ जनाको निधन भएकामा तीन बालिका र एक बालकको गरी चार जनाको जन्म भएको छ । नयाँ जन्मिएका शिशुको सङ्ख्या थपिएसँगै अहिले समुदायको सङ्ख्या १३७ मा कायम भएको हो । अत्यधिक मदिरा सेवन, कुपोषण र चिसोलगायतका कारण यो समुदाय उच्च जोखिममा रहेको छ । 

समुदायमा अत्यधिक मदिरा सेवनका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि उच्च छ । हाल चिसो बढेसँगै राउटे समुदायमा स्वास्थ्य समस्या पनि बढ्दै गएको राउटे परियोजनाकी स्वास्थ्यकर्मी अनुजा पन्तले बताईन् । काठ र कपडाको पालमुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धामा समस्या देखिएको उनको भनाइ छ । 

सशक्तीकरणमा जोड

प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा राउटे समुदायको सशक्तीकरणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले आठ लाख बजेट विनियोजन गरेको छ । 

शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा सचेतना फैलाउनका लागि कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ । यस्तै सङ्घीय सरकारले राउटे समुदायलाई मासिक प्रतिव्यक्ति चार हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending