Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भूकम्पले क्षतविक्षत बनाएको जाजरकोटमा पुनर्निर्माण अघि बढाउन माग

बैङ्कहरूको ढिलासुस्ती, स्थानीय तहको अलमल र अस्पष्ट कार्यविधिलगायतका प्रक्रियागत झन्झटले पुनर्निर्माणमा ढिलाइ

खबरडबली संवाददाता

जाजरकोट । जाजरकोटमा भूकम्पपीडित तथा सरोकारवालाले पुनर्निर्माणको प्रक्रिया छिटो अघि बढाउनुपर्ने माग गरेका छन् । उनीहरूले आवास पुनर्निर्माणका लागि सरकारले आठदेखि १० लाखसम्म रकम दिनुपर्ने माग गरेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी जाजरकोट खलङ्गामा आयोजित सरोकारवालाको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।  

नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले भूकम्पपीडितको पनि वर्गीकरण गरी सोही अनुसार आवश्यक सहायता प्रदान गर्न, निजी आवास, सरकारी भवन, विद्यालय भवन र ऐतिहासिक दरबारलगायत पुरातात्त्विक संरचनाको पुनर्निर्माणमा जोड दिन माग गरे । भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा भइरहेको ढिलाइबारे गुनासो गर्दै उनले तत्काल पुनर्निर्माणमा लाग्नुपर्ने सुझाव दिए। नेपाल पत्रकार महासङ्घका बालकुमार शर्माले बैङ्कहरूको ढिलासुस्ती, स्थानीय तहको अलमल, अस्पष्ट कार्यविधिलगायतका प्रक्रियागत झन्झटलगायतका कारण पुनर्निर्माणमा ढिलाइ भएको बताउँदै तत्काल स्थायी पुनर्निर्माणका काम थाल्न आग्रह गरे ।

स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिले अस्थायी आवास कार्यविधि अझै सरल बनाउन आग्रह गर्दै स्थायी पुनर्निर्माणको प्रक्रिया तत्काल थाल्न सुझाव दिएका थिए । साथै उनीहरूले निर्माणमा विभिन्न प्रक्रियागत समस्याका कारण ढिलाइ भएको, स्थायी पुनर्निर्माणको प्रक्रिया छिटो सञ्चालन गर्नुपर्ने, अस्थायी आवास निर्माणको कार्यविधि संशोधन गर्नुपर्नेलगायतका सुझाव राखेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री जनार्दन शर्माले जाजरकोट भूकम्पको प्रक्रिया ढिलाइ भएको लागे पनि सरकारका तर्फबाट भएको अहिलेसम्मकै विपत्पछिको छिटोछरितो भएको बताए । बरु उनले जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययनका लागि भूगर्भविद् पठाइदिन आग्रह गर्दा पनि सरकारले ढिलाइ गरेको गुनासो गरे ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तत्काल विस्तृत क्षतिको विवरण सङ्कलनको काम सुरु हुने र स्थायी पुनर्निर्माणको प्रक्रियामा अगाडि बढ्ने जानकारी दिए । कार्यक्रममा प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले पुनर्निर्माणको कार्यविधि पीडितलाई नै सहज हुने गरी बनाइएको बताए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको हालसम्मको भूकम्पपछिको अवस्थाबारे जानकारी गराएका थिए ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending