Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

भूकम्पले क्षतविक्षत बनाएको जाजरकोटमा पुनर्निर्माण अघि बढाउन माग

बैङ्कहरूको ढिलासुस्ती, स्थानीय तहको अलमल र अस्पष्ट कार्यविधिलगायतका प्रक्रियागत झन्झटले पुनर्निर्माणमा ढिलाइ

खबरडबली संवाददाता

जाजरकोट । जाजरकोटमा भूकम्पपीडित तथा सरोकारवालाले पुनर्निर्माणको प्रक्रिया छिटो अघि बढाउनुपर्ने माग गरेका छन् । उनीहरूले आवास पुनर्निर्माणका लागि सरकारले आठदेखि १० लाखसम्म रकम दिनुपर्ने माग गरेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी जाजरकोट खलङ्गामा आयोजित सरोकारवालाको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।  

नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले भूकम्पपीडितको पनि वर्गीकरण गरी सोही अनुसार आवश्यक सहायता प्रदान गर्न, निजी आवास, सरकारी भवन, विद्यालय भवन र ऐतिहासिक दरबारलगायत पुरातात्त्विक संरचनाको पुनर्निर्माणमा जोड दिन माग गरे । भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा भइरहेको ढिलाइबारे गुनासो गर्दै उनले तत्काल पुनर्निर्माणमा लाग्नुपर्ने सुझाव दिए। नेपाल पत्रकार महासङ्घका बालकुमार शर्माले बैङ्कहरूको ढिलासुस्ती, स्थानीय तहको अलमल, अस्पष्ट कार्यविधिलगायतका प्रक्रियागत झन्झटलगायतका कारण पुनर्निर्माणमा ढिलाइ भएको बताउँदै तत्काल स्थायी पुनर्निर्माणका काम थाल्न आग्रह गरे ।

स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिले अस्थायी आवास कार्यविधि अझै सरल बनाउन आग्रह गर्दै स्थायी पुनर्निर्माणको प्रक्रिया तत्काल थाल्न सुझाव दिएका थिए । साथै उनीहरूले निर्माणमा विभिन्न प्रक्रियागत समस्याका कारण ढिलाइ भएको, स्थायी पुनर्निर्माणको प्रक्रिया छिटो सञ्चालन गर्नुपर्ने, अस्थायी आवास निर्माणको कार्यविधि संशोधन गर्नुपर्नेलगायतका सुझाव राखेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री जनार्दन शर्माले जाजरकोट भूकम्पको प्रक्रिया ढिलाइ भएको लागे पनि सरकारका तर्फबाट भएको अहिलेसम्मकै विपत्पछिको छिटोछरितो भएको बताए । बरु उनले जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययनका लागि भूगर्भविद् पठाइदिन आग्रह गर्दा पनि सरकारले ढिलाइ गरेको गुनासो गरे ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तत्काल विस्तृत क्षतिको विवरण सङ्कलनको काम सुरु हुने र स्थायी पुनर्निर्माणको प्रक्रियामा अगाडि बढ्ने जानकारी दिए । कार्यक्रममा प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले पुनर्निर्माणको कार्यविधि पीडितलाई नै सहज हुने गरी बनाइएको बताए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको हालसम्मको भूकम्पपछिको अवस्थाबारे जानकारी गराएका थिए ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending