Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी पुरस्कृत

खबरडबली संवाददाता

चितवन । राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो । 

भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो । १६ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन् ।  भरतपुर महानगरपालिकामा एक समारोहका बीच विजेता खेलाडी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना र शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले संयुक्त रुपमा पुरस्कृत र सम्मान गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरी सानदार जित हासिल गर्न सफल विजेता विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरिन् । भरतपुरले प्रथम स्थान हासिल गरेपछि महानगरपालिकाको तर्फबाट विजेता खेलाडीलाई थप प्रोत्सहानका लागि पहिलो पटक पुरस्कारको व्यवस्था गरिएको प्रमुख दाहालल बताइन् ।

यसअघि भरतपुर महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता भएर आउने खेलाडीलाई नगरसभा समारोहमा पुरस्कृत गर्दै आइरहेको थियो ।  प्रमुख दाहालले आगामी दिनमा हुने प्रदेश र संघीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ प्रर्दशन गरी उपाधि प्राप्त गर्न अग्रीम शुभकामना समेत व्यक्त गरिन्  । 

भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६–६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पारेको थियो । यस्तै भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भएको थियोे । एथलेटिक्स ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जितेको थियो भने १७ कास्य जितेको थियो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४०० बढी खेलाडी सहभागी थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending