काठमाडौं । दुई वटा फरकफरक मुद्दामा २ करोड रुपैयाँ भन्दा बढी भ्रषटाचारको आरोपमा लागेका जिल्ला प्रशासन कार्यालय बाराका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) शिवराज सेढाईले सफाइ पाएका छन् ।
विशेष अदालतले सेढाईसहित तीन जनालाई प्रतिवादी बनाएर दायर भएका दुई वटा छुट्टा–छुट्टै मुद्दामा सफाइ दिएको हो । विशेष अदालतको सोमबारको टेकनारायण कुँवर, नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठलको इजलासले सेढाई सहितका व्यक्तिलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेढाई सहितका व्यक्ति विरुद्ध दुई छुट्टाछुट्टै मुद्दामा २ करोड २० लाख २ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २०७९ असार १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सेढाईले बाराको जितपुर सिमरा उपमहानरपालिको प्रमुख प्रशासकीय अधिकृत भएको बेला भ्रष्टाचार गरेको आरोप लागेको थियो । सेढाईसहित ओम सप्लायर्स बाराका प्रोपाइटर ओमशंकर प्रसाद र उक्त सप्लार्यस विरुद्ध राजश्व चुहावट गरी ९९ लाख ९९ हजार ९९९ रुपैयाँ भ्रष्टाचार गरेको दाबी सहित सोही बराबरको बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
त्यसैगरी सेढाई सहित न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मीराकुमारी श्रेष्ठ र उक्त कम्पनी विरुद्ध पनि राजश्व छली १ करोड २० लाख २८ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।
यी दुवै मुद्दामा सेढाई र कम्पनीका प्रोपाइटर कम्पनीले सफाइ पाएका छन्। सेढाई विरुद्ध अख्तियारले मुद्दा दायर गरेको बेला उनी बाराको सहायक सीडीओ थिए। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: