Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

आर्थिक मन्दीको मारमा रौतहटका राजमिस्त्री

खबरडबली संवाददाता

राैतहट । पछिल्लो समय देशमा परेको आर्थिक मन्दीको मारमा राजमिस्त्रीहरू परेका छन् । घर जग्गा व्यवसायमा मन्दी आएसँगै नयाँ नयाँ घर निर्माणका काम एकाएक ठप्प भएपछि रौतहटका राजमिस्त्रीहरू यतिबेला बेरोजगार भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकामा नयाँ घर तथा भवनहरू निर्माण हुन छाडेपछि चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा रहेको नयाँ बस्तीका राजमिस्त्रीहरू यतिबेला रोजगारीका लागि भारततिर जान थालेका छन् ।

चन्द्रपुर नगर क्षेत्र तथा रौतहट जिल्लामै भवन निर्माण तथा घर निर्माणका काम हुन छाडेपछि मिस्त्रीहरू बाध्य भएर भारत जानुपरेको उनीहरूको भनाइ रहेको छ। पछिल्लो एक वर्ष यता रौतहट जिल्लाका सहरी क्षेत्रमा घर तथा भवन निर्माणको काम ठप्प भएको घर निर्माणको ठेक्का लिँदै आएका ठेकेदार प्रयाग शाहको भनाइ रहेको छ ।

घर निर्माणको काम एकाएक रोकिएपछि चन्द्रपुर नगरपालिका वडा नम्बर ७ नयाँ बस्तीमा रहेका दर्जनौं राज मिस्त्रीहरू यतिबेला रोजगारीका लागि भारत जान बाध्य भएको उनले बताए । भवन निर्माणको काम एकाएक ठप्प भएपछि आफू समेत बेरोजगार भएको शाहको भनाइ रहेको छ ।

एक वर्ष पहिला समेत पहिलासम्म आफूले ४ देखि पाँचवटा नयाँ घर बनाउने ठेक्का लिने गरेकोमा पछिल्लो समय आएर घर निर्माणको काम बन्द भएपछि आफू सहित लेबर तथा मिस्त्रीहरु बेरोजगार भएको उनको भनाइ छ । 

नयाँ घर तथा भवन निर्माणको काम एक वर्षदेखि एकाएक नभएपछि आफूसँग काम गर्दै आएका लेबर तथा राज मिस्त्रीहरू रोजगारीका लागि भारतको पन्जाब तथा अन्य प्रान्तमा काम गर्न भएको अर्का ठेकेदार राम सोनर शाहको भनाइ छ । पछिल्लो समय देशमा बढ्दो आर्थिक मन्दीका कारण रौतहट जिल्लामा नयाँ घर तथा भवन निर्माणका कार्य लगभग बन्द हुँदा यहाँका हार्डवेयर व्यवसायी समेत मारमा परेका छन् । 

भवन तथा घर निर्माणको काम एकाएक बन्द भएपछि दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक छाक टार्ने मजदुरहरू समेत मारमा परेको अर्का ठेकेदार विक्रम बहादुर विकले बताए । भवन निर्माणको काममा सक्रिय रहने लेबर तथा मिस्त्रीहरू पछिल्लो समय घर तथा भवन निर्माणका काम हुन छाडेपछि बाध्य भएर भारत लगायत देशकै अन्य स्थानमा मजदुरी गर्न जान बाध्य भएको ठेकेदार बिकको भनाइ रहेको छ । 

एक वर्ष पहिलासम्म आधा दर्जन घर बनाउने ठेकेदारका रुपमा चिनिएका बिक यतिबेला काम नभएका कारण आफै बेरोजगार भएको गुनासो गर्दछन्। रौतहटको चन्द्रपुर नगरपालिका लगायतका बजार एरियामा पछिल्लो समय घर तथा भवन निर्माणको काम एकाएक बन्द भएपछि त्यसको मारमा मजदुर तथा मिस्त्री परेका हुन् ।

रौतहट जिल्लामा पछिल्लो समय आएर घरजग्गाको कारोबार समेत ठप्प भएसँगै नयाँ भवन तथा घर निर्माणको काम समेत बन्द भएको छ। आर्थिक मन्दीका कारण रौतहटमा घरजग्गा कारोबार तथा भवन निर्माणको काम हुन नसकेपछि त्यसमा काम गर्ने मजदुरका साथै स्थानीय हार्डवेयर पसलमा काम गर्ने मजदुरहरू समेत बेरोजगार बनेका छन । 

पहिलाको तुलनामा अहिले आएर रड सिमेन्टको व्यापारमा समेत कमी आएको चन्द्रनिगापुरका हार्डवेयर व्यवसायी शिवप्रसाद पराजुलीको भनाइ रहेको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका गौर नगरपालिका गरुडा नगरपालिका कटहरिया नगरपालिका गढीमाई नगरपालिका लगायतका पालिकाहरूमा घर तथा नयाँ भवन निर्माणको काम ९० प्रतिशतले कमी आएको घर तथा भवन निर्माण कार्यमा संलग्न ठेकेदारहरूको भनाइ रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending