रौतहट । पछिल्लो समय रौतहटस्थित बढ्दैगएको हुण्डी कारोबारको जालो तोड्न सशस्त्र प्रहरी लागिपरेका देखिएको छ। सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख बढी रुपैयाँ र ३ थान मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको ६ महिना भित्र नेपाली र भारु सहित २४ लाख भन्दा बढी बरामद गरेको हो । गत असार २२ गते देखि माघ ५ गतेसम्म नेपाली १५ लाख ७६ हजार ८७५ रुपैया र भारु ५ लाख २२ हजार स्रोत नखुलेको रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताए । सशस्त्रले बरमाद गरेकाे सबै रकम हुन्डीबाट काराेबार भएकाे उनकाे भनाइ छ ।
सशस्त्र प्रहरीले जिल्लाको बिभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा गत असार २२ गते स्रोत नखुलेको ४ लाख ७१ हजार रुपैयाँ, मोटरसाईकलसहित एकजनालाई पक्राउ गरेको थियो।
त्यस्तै गत पुस २० गते ५ लाख,११ हजार,८७५ सहित मानिस मोटरसाइकल, माघ ५ गते ५ लाख ९४ हजार सहित मानिस मोटरसाईकल, त्यस अघि ५ लाख २२ हजार भारतीय रुपैयाँ सहित दुईजना मानिसलाई पक्राउ गरिएको एसपी रेग्मीले बताएका छन।
बरामद रकम, मोटरसाईकल सहित मानिसलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: