काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न, हिउँदे उत्सव “विन्टर फेष्ट” आयोजना गरेको छ ।
यो कार्यक्रम, विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकता सहित, उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजको दाबी छ । यो उत्सवमा विद्यार्थीले, योजना निर्माणदेखि कार्यान्वयनसम्मका हरेक पक्षको जिम्मेवारी लिएका थिए । यसपालाको विन्टर फेष्टले, विद्यार्थीलाई समग्र सिकाइ अनुभव प्रदान गरेको कलेजको दाबी छ ।
विन्टर फेष्टले, विद्यार्थीको क्षमता तिखार्दै, जीवनका चुनौती सामना गर्न आत्मविश्वास भरेको कलेजको विश्वास छ । कार्यक्रमको अवधारणादेखि कार्यान्वयनसम्मका योजना छनौट, बजेट निर्माण लगायतका पक्षको सबै जिम्मेवारी विद्यार्थीलाई दिइएको थियो । यो कार्यक्रमले, विद्यार्थीलाई परम्परागत कक्षाकोठाको चौघेराभन्दा बाहिर जाने व्यावहारिक सीप प्रदान गरेको लर्डबुद्ध एजुकेशन फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले जानकारी दिए ।
कार्यक्रमले, स्टेज सजावटदेखि विक्रेता चयन, बिलिङ र कारोबारका अरू तत्त्वहरूको लागत जुटाउनका लागि पनि सहयोग गरेको छ । यो कार्यक्रममा विद्यार्थी आफैँले, स्टेज सजावटको लागि पक्षसँग वार्ता, सम्झौता, गुणस्तरीय खाना विक्रेता सुनिश्चित गर्ने र पुरस्कार र उपहारका लागि आपूर्तिकर्ताहरूसँग समन्वय गरेका थिए । यस्तो अन्तरक्रियाले विद्यार्थीको सञ्चार र वार्तालाप कौशल बढाउने कलेजको भनाइ छ ।
विन्टर फेष्टमा विद्यार्थी आफैँले नृत्य प्रदर्शन, साङ्गीतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार, खेलकुद र रोमाञ्चक पुरस्कार सहित विभिन्न गतिविधि सम्पन्न गरेका छन् । यस्ता कार्यक्रमले, विद्यार्थीको रचनात्मकतासँगै सामूहिक भावना, व्यावहारिक ज्ञान र अनुभव सँगाल्दै उद्यमशीलताको संस्कृतिलाई बढवा दिएको कलेजको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: