चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाईको काम भइसकेको छ।
भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जीप सफारीको पुराना रुटमा पनि सरसफाई गरिसकेको छ । पर्यटकीय स्थलमा नक्सा राख्ने काम पनि गरिएको निकुन्जले जनाएकाे छ । निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको छ ।
मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेश द्धारलाई श्रंगार गर्ने काम गरिएको छ भने निकुञ्जको हेटक्वाटर कसरामा सरसफाई र रङ रोगनका कार्य भएको छ । भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने गरी व्यवस्था मिलाइएको छ।
भ्रमण वर्षमा भरतपुर आउने प्रकृति पर्यटकलाई निकुञ्जभित्र हुने पर्यटन गतिविधिलाई सहज बनाउन मिल्ने कामलाई तीब्रता दिएको छ । निकुञ्ज जीप तथा हात्ती सफारीको लागि प्रख्यात मानिन्छ। यस्तै भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्ने गरी बनाइएको केजको निर्माण कार्य पनि पुरा भएको निकुञ्जले जनाएको छ ।
उद्धार केन्द्रकै कम्पाण्डमा गैँडालाई राख्न मिल्ने गरी तारबारको काम पनि अहिले भइरहेको छ । निकुञ्ज घुम्न आउने पर्यटकले पाटे बाघ र गैँडा देख्न नपाएको खण्डमा सहज तरिकाबाट देखाउने उदेश्यले चिडिया घर शैलीमा उद्धार केन्द्रलाई निर्माण गरिएको हो । निकुञ्जमा समय र परिस्थिति नमिलेको अवस्था वन्यजन्तु नदेखि सम्भावना रहन्छ । पर्यटकलाई बाघ र गैँडा देख्न पाईयो भन्ने आभाष दिलाउन केभभित्र बाघ राख्ने तयारी गरिएको हो । फागुनको पहिलो साता बाघलाई केभमा राख्ने निकुञ्जको तयारी छ ।
निकुञ्जले टिकटलाई अनलाईन र डिजिटल बनाउने सम्बन्धमा निकुञ्ज विभागलाई पत्रचार गरेको छ । भ्रमण वर्षमा पर्यटकको चाप वृद्धि हुने र टिकट काट्न असहज हुने अनुमानका साथ टिकट प्रणालीलाई अनलाईन बनाउने पहल भइरहेको निकुञ्जले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: