काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रधारी भएको आरोपमा पक्राउ परेका सम्बुद्ध भट्टचार्यले प्रति बिरामी ५ सय र ७ सय ५० रुपैयाँ शुल्क सलएर चेकजाँच गने गरेको खुलेको छ । आज पक्राउ परेका मोरङको विराटनगर महानगरपालिका–२ घर भएका नक्कली डाक्टर भट्टचार्यले धौलागिरि हिमाल पोलिक्लिनिक र उइकेयर पोलिक्लिनिकमा प्रति बिरामी ५ सय र ७ सय ५० रुपैयाँ शुल्क लिने गरेको खुलेको हो ।
‘त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सेवारत छु’ भन्ने भट्टचार्य बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिक र नक्सालस्थित उइकेयर पोलिक्लिनिकमा कार्यरत थिए ।
भट्टचार्यले थाइराइडको डाक्टर भन्दै धौलागिरिमा ४२ जना बिरामीलाई चेकजाँच गरेको र उइकेयरमा उनले ६३० जना बिरामीलाई चेकजाँच गरेको भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएका छन् । उनले धौलागिरिमा एक जना बिरामी चेक गरेबापत भट्टचार्यले ५ सय रुपैयाँ र उइकेयरमा ७५० रुपैयाँ प्रति बिरामी उनको परीक्षण शुल्क रहेको जनाइएको छ ।
पक्राउ परेका उनको साथबाट प्रहरीले ७ थान स्ट्याम्प नक्कली प्रशंसा पत्र बरामद् गरेको छ । पूर्वमन्त्री उपेन्द्र यादवले हस्ताक्षर गरेको प्रशंसा पत्र, डब्लुएचओले जारी गरेको प्रशंसा पत्र र चिकित्सक संघको लाइफ मेम्बर कार्ड उनको घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद प्रशंसा पत्र परीक्षण गर्दा नक्कली प्रमाणित भएको प्रहरीले जनाएको छ । प्रहरीले ललितपुरस्थित मेडिसिटी अस्पतालले जारी गरेको प्रशंसा पत्र पनि बरामद गरेको छ । मेडिसिटीको प्रशंसा पत्र पनि नक्कली रहेको थाहा भएको छ ।
पक्राउ पछि उनले प्रहरीसँग भनेका छन्, ‘चीनमा पढेर आएको हुँ ।’ तर, उनले चीनमा अध्ययन गरेको चिकित्सकको सर्टिफिकेट देखाउन सकेका छैनन् । नेपाल मेडिकल काउन्सिलबाट जारी उनको दर्ता प्रमाणपत्र पनि नक्कली पुष्टि भएको छ ।
आरोपी विरुद्ध इलाज सम्बन्धी कसुर र लिखितसम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: