काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छन् । सोमबार विज्ञापन बोर्डद्धरा आयोजित ‘रेडियो टेलिभिजनको व्यवसायिक प्रवद्र्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने बताएकी हुन् ।
विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेटसम्बन्धित मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी दिदै उनले अब यसबाट धेरै सुधार आउने बताइन् ।
मन्त्री शर्माले सरकारी विज्ञापनमा अर्बौ बजेट विनियोजन हुने गरे पनि विच बाटोमै हराएर मिडियामा एकदमै कम बजेट जाने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नुपरेको बताउँदै भनिन्, “अहिले विज्ञापन नियमावली संशोधन भएको छ । यसको उद्देश्य सरकारले छुट्याएको सबै रकम मिडियामा जाओस् भन्ने हो । विज्ञापन एजेन्सी मार्फत आएको हो भने एजेन्सी शुल्क १५ प्रतिशत बाहेक वाकी बजेट सम्बन्धित मिडियामा जाने छ ।” यसमा कडाइ गर्न उनले बोर्डलाई निर्देशनसमेत दिएकी छन् ।
अहिले सबै क्षेत्रले आर्थिक मन्दी भोगेको बताउँदै मन्त्री शर्माले विज्ञापन बजार र मिडिया क्षेत्र त्यसबाट अछुतो नरहेको बताइन् । “अहिले सबै क्षेत्रमा आर्थिक मन्दी छ । विज्ञापन बजार क्षेत्रले समेत आर्थिक मन्दीको चरम अभाव भोगिरहेको छ । त्यसैमा जति विज्ञापन उपलब्ध हुन्छन् । त्यति विज्ञापनको बजेट सम्बन्धीत मिडियामा पुग्न नसक्दा मिडियालाई बाँच्न गाह्रो भई राखेको छ” मन्त्री शर्माले भनिन्, “जसले गर्दा सम्बन्धीत मिडियाले ऐन बमोजिम सेवा सुविधा परेको कुरा तोकिएको पारिश्रमिक दिन नसक्दा श्रमजीवी पत्रकार मिडिया सञ्चालकबीच द्धन्द्ध भएको देखिरहेका छौं ।”
उनले समग्र विज्ञापन बजारलाई स्वस्थ र पारदर्शी बनाउदै यसको दायरा फराकिलो बनाउन राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तयारी गरिरहेको पनि जानकारी दिईन् । विज्ञापन बजारलाई व्यवस्थित गरे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने मिडिया समेत बलियो हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, “हामीले कानुन र नीति नियमबाट मिडियालाई कसरी बचाउने भन्ने बारेमा बाटो खोज्दै छौं । मिडिया व्यवस्थापन र विज्ञापन बजार क्षेत्रका जनशक्तिलाई के कति व्यवहारिक समस्या छन् । अरु के कस्ता समस्या छन् भन्नेमा तपाइहरु भुक्तभोगी हुनुहुन्छ । विज्ञ साथीहरु आएर तालिम दिन लाग्नुभएको छ । यो तालिम धेरै लाभदायक हुने छ भन्ने विश्वास लिएको छु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: