Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

जाजरकोटमा दस हजारबढी अस्थायी आवास निर्माण

खबरडबली संवाददाता

जाजरकोट । जाजरकोटमा दस हजारभन्दा बढी अस्थायी आवास निर्माण भएका छन् । गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भएपछि घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार शुक्रबारसम्म निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् । 

स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेकोमध्ये स्थानीय तह तथा नेपाल सरकारबाट नौ हजार ६३७ वटा विभिन्न विकास साझेदार र अन्य सहयोगीबाट ५२२ गरी जम्मा १० हजार १५९ अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।   

भेरी नगरपालिकाको विपत् व्यवस्थापन कोषमा भूकम्पपीडितका लागि १३ करोड ६९ लाख २५ हजार रुपियाँ जम्मा भएको  छ । छ हजार ६३५ लाभग्राहीमध्ये चार हजार ६५२ जनाले पहिलो किस्ता रकम पाएका छन् । नलगाड नगरपालिकाले ११ करोड ६३ लाख रुपैयाँ वितरण गरेको छ । नेपाल सरकारबाट ४९२ अस्थायी आवास निर्माण भएका छन् ।

\नलगाड नगरपालिकाको विपत् व्यवस्थापन कोषमा २० करोड २४ लाख २५ हजार जम्मा भएकोमध्ये आठ हजार ९७ जना लाभग्राहीले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम सम्झौता गरे पनि सात हजार १५० जनाले पहिलो किस्ता रकम पाएका छन् । नलगाड नगरपालिकाले १७ करोड ८७ लाख ५० हजार रुपियाँ लाभग्राहीलाई वितरण गरेको छ । पालिका तथा नेपाल सरकारले छ हजार २९६,  सरकारी तथा सहयोगीले ५२२ गरी जम्मा छ हजार ८१८ अस्थायी आवास निर्माण भएका छन् । 

आठ हजार २०५ लाभग्राही कायम भएको छेडागाड नगरपालिकाले २० करोड ५१ लाख २५ हजार रुपियाँ विपत् व्यवस्थापन कोषमा जम्मा भएको छ । दुई हजार १८८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरेकोमा दुई हजार १८८ जनाले रकम  पाएका छन् । पाँच करोड ४७ लाख वितरण गरेको छ भने सरकारबाट ३७२ अस्थायी आवास निर्माण भएका छन् ।

बारेकोट गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा भएको १३ करोड ९६ लाख ५० हजार पाँच हजार ५८६ लाभग्राही कायम भएकामध्ये पहिलो किस्ता रकमका लागि सम्झौता गरेका चार हजार ६८७ लाभग्राहीले रकम पाएका छन् । ११ करोड ७१ लाख ७५ हजार रुपियाँ अस्थायी आवासका लागि वितरण गरेको बारेकोट गाउँपालिकामा सरकारबाट एक हजार ६३१ अस्थायी आवास निर्माण भएका छन् । 

कुशे गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा १३ करोड २१ लाख ७५ हजार रकम जम्मा भएको छ । पाँच हजार २८७ लाभग्राही कायम भएकोमध्ये पहिलो किस्ता रकमका लागि चार हजार १५४ जनाले सम्झौता गरेका छन् । तीमध्ये सबैले अस्थायी आवासका लागि रकम पाएका छन् । १० करोड ३८ लाख ५० हजार वितरण गरेको कुशे गाउँपालिकामा १०८ अस्थायी आवास निर्माण भएका छन् ।

जुनीचाँदे गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा १३ करोड ५१ लाख ५० हजार रुपियाँ जम्मा भएको छ । पाँच हजार ४०६ जना लाभग्राही कायम गरेको जुनीचाँदेले एक हजार ११३ जना लाभग्राहीसँग सम्झौता गरी एक हजार ११३ जनालाई पहिलो किस्ता रकम दुई करोड ७८ लाख २५ हजार वितरण गरेको छ भने हालसम्म अस्थायी आवास निर्माण हुन सकेका छैनन् । 

शिवालय गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा आठ करोड २७ लाख २५ हजार जम्मा भएको छ । तीन हजार ३०९ जना लाभग्राही कायम भएका छन् । पहिलो किस्ता रकमका लागि तीन हजार १४७ जनाले सम्झौता गरेकामध्ये सबैले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् । सात करोड ८६ लाख ७५ हजार रुपियाँ वितरण गरेको छ । शिवालय गाउँपालिकामा ७३८ अस्थायी आवास निर्माण भएका छन् । 

४२ हजार ५२४ भूकम्प प्रभावितमध्ये २७ हजार ९१ जना लाभग्राहीले अस्थायी आवासको रकम लिएको पालिकाले स्थानीय प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत शर्माले बताए । जिल्ला प्रशासनको सूचनाका आधारमा ३२ हजार ३६५ परिवार त्रिपालमुनि बसेको पाइन्छ । स्थानीय सरकारको ढिलासुस्तीका कारण भूकम्पपीडितले सरकारबाट प्राप्त भएको रकम पाउन सकेका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending