Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

सर्लाहीमा कारागार निर्माण सँगै कैदीबन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यताको अन्त्य

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीमा कारागार अभावमा कैदी बन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । जिल्ला सदरमुकाम मलङ्गवामा कारागार निर्माण भए पश्चात जिल्लाबाट अन्य जिल्लामा कैदीबन्दी पठाउनु पर्ने बाध्यता हटेको हो । 

आठ कठ्ठा १९.५ धुरमा निर्माण भएको कारागार चार करोड ४५ लाख २७ हजार ६८७ रुपैयाँ ६५ पैसा लागतमा निर्माण भएको कारागार भवनको आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले औपचारिक रूपमा उद्घाटन गरे सँगै कारागार भवन सञ्चालनमा आएको हो । 

यसअघि सर्लाहीमा कारागार नहुँदा अदालतबाट पूर्पक्ष आदेश भएका तथा सजाय सुनाइएका अभियुक्तलाई महोत्तरीको जलेश्वर, रौतहटको गौर, सिन्धुली वा सुनसरीको झुम्का कारागार चलान गर्नुपर्ने बाध्यता रहेको थियो । अन्यत्र कैदी बन्दी लैजानुपर्दा प्रहरीलाई हैरानीसँगै यातायात खर्च बढ्ने, कैदी बन्दी बाटोबाटै नै भाग्ने जोखिम हुने र परिवारलाई भेट्न जान समेत समस्या रहेको थियो । 
जिल्लमा  १६० जना पुरुष र ५० जना महिलासहित २१० जना कैदीबन्दी राख्ने क्षमताको कारागार निर्माण भएको हो । सदरमुकाम मलङ्गवामा निर्माण गरिएको कारागार भवन सञ्चालनमा आएसँगै यहाँका कैदी बन्दीलाई बाहिरी जिल्लामा पठाउनुपर्ने बाध्यता हटेको मलङ्गवा कारागारका निमित्त जेलर मनोज मिश्रले जानकारी दिए । उनका अनुसार कारागार सञ्चालनमा आएसँगै शनिवार मात्रै गौर कारागारबाट ३० जना कैदी बन्दी स्थानान्तरण गरेर मलंगवा पुर्याईएको छ  । अब क्रमैसँग प्रक्रिया पूरा गरेर अन्य जिल्लामा पठाइएका सर्लाहीका कैदी बन्दीलाई ल्याइने कारागारका निमित्त जेलर मिश्रले बताए । 

नवनिर्मित कारागारमा महिला र पुरुषको बेग्लाबेग्लै ब्लक, छुट्टाछुट्टै भेटघाट कक्ष, सुरक्षाकर्मीका लागि ब्यारेक ब्लक, गार्ड हाउस, कैदीका लागि क्यान्टिन ब्लक, पसल, शौचालय, सेक्युरिटी वाल, कम्पाउन्ड वालसहितका संरचना बनाइएको सङ्घीय आयोजना कार्यान्वयन इकाई जनकुपुरले जनाएको छ । कार्यालयका प्रमुख प्रदीप खनालले चरणबद्ध रूपमा काम गर्नुपरेकाले कारागार भवन निर्माण हुन समय लागेको बताए । 

पहिलेको कारागार अत्यन्त जीर्ण बनेपछि ११ वर्षअघि देखि सर्लाहीका कैदी बन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउन थालिएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जिल्लामै कारागार बनेसँगै प्रहरी र कैदीका परिवारको खर्च कम हुनुका साथै सहजता पनि भएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending