Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

घरभित्रै हत्या गरिएकी महिलाको शव तीन महिनापछि भेटीयो, भारत पुगेर फर्किएका आरोपी परे पक्राउ

खबरडबली संवाददाता

काठमाडौं ।  काठमाडौंको शोभाभगवतीस्थित एक घरमा डेरागरी बस्ने एक महलिाको हत्या भएको तीन महिनापछि शव फेला परेको छ । तनहुँ भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मियाको हत्या भएको तीन महिना पछि शव फेला परेको हो । 

गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा उनकोे शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । एक वर्षदेखि एक जोडी ‘लिभिङ टुगेदर’ उक्त घरमा बस्दै आएका भिएपनि  उनीहरूको नाम–ठेगाना लगायतका विवरण घरबेटीलाई थाहा थिएन । कारण उक्त घरकी घरबेटी सरिता गिरी भने अर्कै घरमा बस्थिन् ।

शुक्रबार दिउँसो उक्त घरमा घरबेटी गिरी पुग्दा बाहिरबाटै ताला लगाइएको ताला लगाइएको घरमा बाहिरसम्म गन्ध आएपछि उनले स्थानीयलाई बोलाएकी थिईन् ।  हल्लाखल्ला भएपछि प्रहरीलाई समेत बोलाइएको थियो । अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भूबाट डिएसपी पूर्णिमाकुमारी चन्द र जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष टोली खटिएको थियो । 

घरको ढोका फोडेर हेरेपछि एक जना महिलाको शव भुँइमा सडिगलिसकेको अवस्थामा फेला परेको परिसर प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बाहिरबाट ताला समेत लगाइएको र भित्र महिला मृत फेला परेपछि हत्याकै आशंकामा अनुसन्धान अघि बढाएको थियो ।

दुइ जना बस्ने घरमा महिला मृत फेला पर्नु र बाहिरबाट ताला लगाएको हुँदा हत्या हो भन्ने आशंकामा अनुसन्धान अघि बढेको उनले बताए । घरेबेटीले आफ्नो घरमा बस्नेको विवरण नराख्दा मृत फेला परेकाको पहिचान सुरूमा खुल्न नसकेको र अनुसन्धानका क्रममा मात्रै पहिचान खुलेको उनले बताए ।

एसएसपी खत्रीका अनुसार घरमा केही कागजात फेला परेपछि मृतक महिला तनहुँ भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मिया हुन् भनेर पहिचान खुलेको हो । उनीसँगै बस्ने पुरूष भने गायब थिए । 

शव सडिगलिसकेको अवस्थामा हुनु र सँगै बस्ने पुरूष फेला नपरेपछि उनी नै मुख्य आरोपी हुनसक्ने प्रहरीको अनुमान थियो । ती पुरूषको पहिचान खुलाउन पनि प्रहरीले केही कागजातहरू फेला पारे । घरमा फेला परेका गार्मेटका कागजातबाट उनको पहिचान खुलेको थियो । उनी भारतको मोतिहारीका ४३ वर्षीय इकरामउल हक अन्सारी थिए ।

मृतक मिया र फरार रहेका अन्सारी दुबै जना विवाहित हुन् । उनीहरू छुट्टिएर काठमाडौंमा बस्दै आएका थिए । काठमाडौंमा गार्मेट उद्योगमा कालिगढको काम गर्ने उनले जिबिएस गार्मेटबाट भदौ २४ गते दुई हजार रुपैयाँ भुक्तानी लिएको रेकर्ड कार्ड प्रहरीले घरबाट फेला पारेको थियो । जसबाट उनीसम्म पुग्ने आधार  पाएको एसएसपी खत्रीले बताए  । तर सोही बेला अन्सारी भारत भागिसकेको सूचना प्रहरीले पायो ।

उनी बल्खुबाट बिहान करिब ६–७ बजेतिर वीरगन्ज जाने सुमो चढेर भागेपछि परिसरले भारतीय प्रहरीसँग समन्वय गर्यो ।  प्रहरीले अनुसन्धान गर्दै जाँदा उनी रक्सौल, गुजरात, लखनउ हुँदै भारतका विभिन्न स्थानमा दुइ महिनासम्म भारतमा बसिरहेको खुलेको थियो ।

आफूले गरेका हत्याबारे प्रहरीले थाहा पाए पाएनन् भनेर साथीहरूसँग उनले निरन्तर सूचना लिइरहेका र प्रहरीले थाहा नपाएपछि अन्सारी पुनः काठमाडौं नै फर्किएर आएको अनुसन्धनबाट खुलेको एसपि खत्रीले बताए ।

काठमाडौं आएपछि कालिमाटीस्थित बिएन फेसन गार्मेन्टमा काम गरिरहेको थाहा पाएपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार घटना कात्तिक पहिलो साता भएको र  हत्या भएको यकिन मिति भने खुलि नसकेको पैहरीले जनाएको छ । 

इकरामउल र सफिनाबीच पछिल्लो समय विवाद भइरहन्थ्यो ।  इकरामउलले मदिरा सेवन गरी विवाद गर्ने गरेका थिए। एक राति करिब ९ बजेदेखि सुरू भएको विवाद भोलिपल्ट बिहान ३–४ बजेसम्म भएको थियो ।

त्यसैक्रममा इकरामउलले भित्री ढोकाको आग्लोले प्रहार गरी गम्भीर बनाएको अनुसन्धानबाट खुलेको छ । चिकित्सकको पोष्टमर्टम रिपोर्टअनुसार सफिनाको शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन् । कुटपिट गरेपछि घाँटीमा सलले बाँधेर हत्या गरेको देखिएको एसएसपी खत्रीले बताए । 

हत्यापछि डरले घरमा ताला लगाएर हिँडेका इकरामउले घरको चाबी पनि झाडीमा फालेर बल्खुतिर हिँडेर गएका थिए  । परिसरले उनलाई आइतबार सार्वजनिक गरेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending