काठमाडौं । मन्दीतर्फ उन्मुख रहेको अर्थतन्त्रमा सुधारको सङ्केत अझै देखिएको छैन । आयातमा आधारित नेपालको अर्थतन्त्रमा आन्तरिक माग नबढ्दा आयात–निर्यात दुबै खुम्चिएको छ ।
चालू आर्थिक वर्षको पुससम्मको अवधिमा आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएसँगै अर्थतन्त्रमा गतिशीलता नदेखिएको पाइएको हो ।
यतिबेला देशको अर्थतन्त्र लामो समयदेखि शिथिलतामा छ । यस आधारमा गत आर्थिक वर्षदेखि नै निरन्तर आयात–निर्यात खुम्चँदो अवस्थामा छ । गत आर्थिक वर्ष नै घटेको आयात र निर्यातको तुलनामा चालू आर्थिक वर्षको पुस महिनासम्मको अवधिमा झनै घटेको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको हो । पुस महिनासम्मको अवधिमा
जबकि, गत आर्थिक वर्ष २०७९/८० को अवधिमा ७ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यो ३.०९ प्रतिशतको गिरावट हो । यस्तै, पुस महिनासम्मको अवधिमा नेपालबाट ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२३ प्रतिशतले न्यून हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयात र निर्यात नै घटेपछि नेपालको व्यापार घाटामा भने सुधार आएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्मको अवधिमा २.६२ प्रतिशतले व्यापार घाटा सुधारिएको छ । यस अवधिमा नेपालको व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी छ । गत आर्थिक वर्षको यही अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी थियो । आयात र निर्यात घटेपछि यो सूचकाङ्कमा भने सुधार आएको हो ।
नेपालबाट हुने निर्यातको तुलनामा विदेशबाट हुने आयातको मात्रा ठुलो रूपमा घटेको छ । प्रतिशतका आधारमा ७ प्रतिशत निर्यात घट्दा ३ प्रतिशत मात्रै आयात घटेको देखिएको छ । तर, नेपालबाट हुने निर्यात अर्बमा र विदेशबाट हुने आयात खर्बमा छ । यस आधारमा निर्यातको तुलनामा आयात थोरै मात्रामा घट्छ । जसले व्यापार घाटा सुधारमा सहयोगी भूमिका खेल्छ ।
यस्तै, ६ महिना अवधिमा भएको आयातबाट राज्यकोषमा २ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँ मात्रै राजश्व उठेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: