काठमाडौं । पटक–पटक मिति सारेर बैठक पछाडि धकेलिएको कांग्रेसको नीति अधिवेशन बैठकका प्रतिनिधि छनोटमा ढिलाइ भएको छ । नेपाली कांग्रेसको नीति अधिवेशन गर्ने गरी हुन लागेको महासमिति बैठकका प्रतिनिधि छनोटमा ढिलाइ भएको हो ।
पटक–पटक मिति सारेर बैठक पछाडि धकेलिए पनि प्रतिनिधि छनोट अझै सम्पन्न हुन सकेको छैन । कांग्रेस महासमिति बैठकको मिति तीनपटक सरिसकेको छ । पछिल्लो पटक राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएर ७ देखि १० फागुनसम्म पुर्याएको छ ।
कांग्रेसले सुरुमा मंसिर १३ देखि १५ का लागि महासमिति बैठक तय गरेको थियो । त्यसपछि मंसिर २९ देखि २ पुस हुँदै पुस १६ देखि १९ को मिति तय भएको थियो । माथि उललेखित मितिहरुमा बैठक बस्न नसकेपछि अब फागुन ७ देखि १० गतेको लागि मिति तय भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अझै ३५ स्थानबाट प्रतिनिधि छनोट हुन बाँकी रहेका छन् । निर्वाचन समितिका अनुसार भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, ललितपुर, पर्वत र अर्घाखाँचीबाट महासमिति सदस्यको विवरण आउन बाँकी रहेको छ ।
समयमा प्रतिनिधि छनोट हुन नसकेपछि २० माघसम्मलाई म्याद थप गरिएको कोंग्रेस स्रोतले जनाएको छ । स्रोतका अनुसार दार्चुलालगायत केही स्थानमा भएको निर्वाचनमा विवाद देखिएको छ ।
नेताहरूका अनुसार महासमिति बैठकमा गठबन्धनबारे प्रश्न तथा आन्तरिक मतभेदका विषय उठ्ने र त्यसले राष्ट्रिय सभा निर्वाचनमा असर पर्न सक्ने आकलनसहित पछिल्लो पटक बैठक सारिएको बताइएको छ । त्यसअघि रुकुम पश्चिम र जाजरकोटमा गएको भूकम्पलाई देखाएर बैठक धकेलीएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: