Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

गर्भवती महिलाको अनुरोध, '२२ जनवरीमा सन्तान जन्माउन पाऊँ’

खबरडबली संवाददाता

काठमाडाैं ।  आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको मूर्तिलाई अभिषेक गरिदैँछ, मुख्यतः संसार भरीका हिन्दु धर्मालम्बीहरु लामो समयदेखि यो दिनको प्रतिक्षामा रहेका छन ।  

यस्तो अवस्थामा यससँग सम्बन्धित एउटा समाचार आइरहेको छ कि भारतमा गर्भवती महिलाहरु यो दिन आफ्नो बच्चालाई जन्म दिन चाहन्छन् र यसका लागि उनीहरुले डाक्टरलाई विशेष अनुरोध पनि गरिरहेका छन् ।

देशका विभिन्न राज्यका डाक्टरहरूले भनेका छन् कि हामीलाई यस्ता धेरै अनुरोधहरू प्राप्त भएका छन्, जसमा महिलाहरूले जनवरी २२ मा सी सेक्शन मार्फत बच्चा जन्माउन चाहन्छन्। तर हामी यस प्रकारको डेलिभरीलाई उपयुक्त ठानिदैन । ‘कतिपय व्यक्तिहरू छन्, जो एक विशेष समयमा मात्र बच्चा जन्माउन चाहन्छन्। तर हामी डाक्टर हौं र चिकित्सा विज्ञान अनुसार काम गर्छौं। बच्चा र आमाको अवस्था हेरेर मात्र डेलिभर गर्नेछौं,’ मुम्बईका स्त्री रोग विशेषज्ञ निरञ्जन चव्हाण, डा चेरी शाहले भनिन । 

उनका अनुसार देशका विभिन्न कुनाबाट डाक्टरहरुलाई यस्तो अनुरोध आएको छ । जसमा गर्भवती महिलाको परिवार २२ जनवरीमा मात्र बच्चा जन्मेको हेर्न चाहन्छ । दिल्लीका वरिष्ठ डाक्टर रुची टण्डनका अनुसार डाक्टरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वस्थ प्रसूति हो, जसमा आमा र बच्चा दुवै सुरक्षित रहन्छन्। 

जीएसवीएम मेडिकल कलेज, कानपुर अन्तर्गत मातृ शिशु अस्पतालकी डाक्टर सीमा द्विवेदीले भनिन, ‘गर्भवती महिला जसको निर्धारित मिति जनवरी महिना हो र त्यसमा पनि २२ जनवरी हो, उनीहरुले मात्रै २२ जनवरीमा डेलिभरी गर्नुपर्छ ।’ उनका अनुसार हालसम्म १३ देखि १४ महिलाले यस्तो आग्रह गरेका छन् ।

डा. सीमा द्विवेदीले यसअघि पनि महिलाले विशेष समयका लागि सन्तान जन्माउन अनुरोध गर्ने गरेको बताउँदै सुत्केरी हुने समय स्थायी नभए पनि २२ जनवरीमा गर्भवती महिलामा निकै उत्साह रहेको बताइन् । उनका अनुसार यस अनुरोधलाई मध्यनजर गर्दै सम्भवः भएसम्म २२ जनवरीमा नै बच्चा जन्माइने छ । तर, गर्भवती महिलाको स्वास्थ्य र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखी निर्णय गरिनेछ। यो विशेष दिनमा डेलिभरीको मागलाई ध्यानमा राखेर तयारी पनि गरिएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा

दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे प...

प्रेमप्रसादको मृत्युमा ‘राज्य असफल’ भन्ने बालेन, गणेशको आत्मदाह प्रयासमा किन मौन ?

काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो र...

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल–पोखरेललाई

काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...

राहदानी विभागअघि आत्मदाह प्रयासपछि संसदमा सरकारमाथि प्रश्न : ‘अब कति नागरिकले आगो लगाउनुपर्छ ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...

गण्डकीमा गाँजा खेतीले पायो कानुनी मान्यता, औषधि र उद्योगका लागि मात्रै प्रयोग गर्न पाइने

पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...

आज रातिदेखि तीन दिनसम्म वर्षाको प्रभाव, केही ठाउँमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...

गोर्खा जेलब्रेककी उमा भुजेलको नेतृत्वमा विप्लव नेकपा विभाजित, नयाँ पार्टी घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending