Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

गर्भवती महिलाको अनुरोध, '२२ जनवरीमा सन्तान जन्माउन पाऊँ’

खबरडबली संवाददाता

काठमाडाैं ।  आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको मूर्तिलाई अभिषेक गरिदैँछ, मुख्यतः संसार भरीका हिन्दु धर्मालम्बीहरु लामो समयदेखि यो दिनको प्रतिक्षामा रहेका छन ।  

यस्तो अवस्थामा यससँग सम्बन्धित एउटा समाचार आइरहेको छ कि भारतमा गर्भवती महिलाहरु यो दिन आफ्नो बच्चालाई जन्म दिन चाहन्छन् र यसका लागि उनीहरुले डाक्टरलाई विशेष अनुरोध पनि गरिरहेका छन् ।

देशका विभिन्न राज्यका डाक्टरहरूले भनेका छन् कि हामीलाई यस्ता धेरै अनुरोधहरू प्राप्त भएका छन्, जसमा महिलाहरूले जनवरी २२ मा सी सेक्शन मार्फत बच्चा जन्माउन चाहन्छन्। तर हामी यस प्रकारको डेलिभरीलाई उपयुक्त ठानिदैन । ‘कतिपय व्यक्तिहरू छन्, जो एक विशेष समयमा मात्र बच्चा जन्माउन चाहन्छन्। तर हामी डाक्टर हौं र चिकित्सा विज्ञान अनुसार काम गर्छौं। बच्चा र आमाको अवस्था हेरेर मात्र डेलिभर गर्नेछौं,’ मुम्बईका स्त्री रोग विशेषज्ञ निरञ्जन चव्हाण, डा चेरी शाहले भनिन । 

उनका अनुसार देशका विभिन्न कुनाबाट डाक्टरहरुलाई यस्तो अनुरोध आएको छ । जसमा गर्भवती महिलाको परिवार २२ जनवरीमा मात्र बच्चा जन्मेको हेर्न चाहन्छ । दिल्लीका वरिष्ठ डाक्टर रुची टण्डनका अनुसार डाक्टरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वस्थ प्रसूति हो, जसमा आमा र बच्चा दुवै सुरक्षित रहन्छन्। 

जीएसवीएम मेडिकल कलेज, कानपुर अन्तर्गत मातृ शिशु अस्पतालकी डाक्टर सीमा द्विवेदीले भनिन, ‘गर्भवती महिला जसको निर्धारित मिति जनवरी महिना हो र त्यसमा पनि २२ जनवरी हो, उनीहरुले मात्रै २२ जनवरीमा डेलिभरी गर्नुपर्छ ।’ उनका अनुसार हालसम्म १३ देखि १४ महिलाले यस्तो आग्रह गरेका छन् ।

डा. सीमा द्विवेदीले यसअघि पनि महिलाले विशेष समयका लागि सन्तान जन्माउन अनुरोध गर्ने गरेको बताउँदै सुत्केरी हुने समय स्थायी नभए पनि २२ जनवरीमा गर्भवती महिलामा निकै उत्साह रहेको बताइन् । उनका अनुसार यस अनुरोधलाई मध्यनजर गर्दै सम्भवः भएसम्म २२ जनवरीमा नै बच्चा जन्माइने छ । तर, गर्भवती महिलाको स्वास्थ्य र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखी निर्णय गरिनेछ। यो विशेष दिनमा डेलिभरीको मागलाई ध्यानमा राखेर तयारी पनि गरिएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending