Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

फाइल तस्विर
खबरडबली संवाददाता

बागलुङ । गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको हो । 

सुरुमा बागलुङ नगरपालिका–११ रायडाँडा हलहले क्षेत्रमा रहेको पानीको मुहान संरक्षण गरिने भएको छ । यस क्षेत्रमा खानेपानीको अभाव हुँदा घण्टौँ टाढाबाट पानी लिएर उपभोग गर्नुपरेको स्थानीय रणबहादुर थापाले बताए । 

हलहले क्षेत्र नजिकै बौद्ध गुम्बा रहेको र त्यहाँ पर्यटक आउँदा पिउनका लागि पानी अभाव रहेको भन्दै स्थानीयले करिब दुई घण्टा टाढाबाट गाग्रीमा पानी बोकेर उपभोग गर्दै आएको थापाको भनाइ छ  । नजिकै रहेको पानीको मुहान सुक्दै गएपछि टाढा रहेको कुवाबाट पानी बोकेर ल्याउनुपरेको उनले बताए । गुम्बा आउने पर्यटक र स्थानीयलाई पिउने पानीको व्यवस्थापन गर्नका लागि एक जना कामदार राखेको उनले बताए । 

“यो क्षेत्रमा पहिलेदेखि नै खानेपानीको अभाव थियो, अहिले पनि हलहल क्षेत्रमा बढी समस्या छ, यहाँ बौद्ध गुम्बा छ, पर्यटक आउँदा पानी पिउन दिन नसकिने अवस्था छ, अहिले गुम्बा क्षेत्रका स्थानीय आकाशे पानीको भरमा छन्, पिउनका लाग एक घण्टा टाढा कुवाबाट गाग्रीमा ल्याउनुपर्छ”, थापाले भने “दिनभरि पानी बोक्नका लागि एक जना मान्छे राखेका छौँ, सरकारले मुहान संरक्षण गरेर नजिकै पानी ल्याउने योजना बनाएको छ, मुहान संरक्षित भयो भने धेरै सहज हुनेछ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाखले यहाँ पानीको मुहान संरक्षणसँगै विभिन्न ठाउँमा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने स्थानीयसमेत रहनुभएका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बताए । यस वर्ष जैमिनी नगरपालिका–३ को दमेक, काठेखोला गाउँपालिका–७ रेश, बागलुङ नगरपालिका–११ रायडाँडा र वडा नम्बर ९ को तित्याङ, वडा नम्बर ८ को सिगाना र वडा नम्बर १० को भकुण्डेका सामुदायिक वनलाई रिचार्ज हुने गरी चारवटा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने मन्त्री थापाले जानकारी दिए ।

समुद्री सतहदेखि करिब दुई हजार दुई सय मिटर उचाइमा रहेको हलहल क्षेत्रमा पानीको मुहान संरक्षण गर्नका लागि अध्ययन गरेको मन्त्री थापाको भनाइ छ । पछिल्लो समय वन जङ्गलमा पानीको मुहान सुक्दै गएपछि धेरै ठाउँमा खानेपानीको हाहाकार हुने र जङ्गलका बोटबिरुवा मर्ने समस्या देखिएको उहाँले बताए । वन संरक्षण गर्ने नीतिअनुसार यस वर्ष प्रदेश सरकारले ११ वटै जिल्लामा ‘रिचार्ज पोखरी’ निर्माण गर्नका लागि बजेट व्यवस्थापन गरेको उनको भनाइ छ ।

मन्त्री थापाले भने, “वन, जङ्गल संरक्षण गर्ने दायित्व हाम्रो हो, पानीको मुहान सक्दै जाँदा अहिले धेरै ठाउँमा खानेपानीको समस्या बढ्दै गएको छ, वन जङ्गलमा वन्यजन्तुले पानी पिउन नपाउँदा गाउँ झर्न थालेका छन्, त्यसले गर्दा जङ्गलको बीच–बीचमा ‘रिचार्ज पोखरी’ निर्माण गर्दा वन्यजन्तुले प्रसस्त पानी पिउन पाउँछन्, पानीका मुहान संरक्षण हुन्छन् र जङ्गलको संरक्षण पनि हुन्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending