Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

हिउँदमा धुलाम्मे हुने सडक वर्खामा सँधै यात्रा कष्टकर

७ वर्षमा पनि सडक नीतिले समेट्न सकेन स्थानीय तह

खबरडबली संवाददाता

धनकुटा । स्थानीय तह सञ्चालनमा आएको पहिलो पाँच वर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने संघीय सरकारको नीति थियो । तर सरकारको यो नीतिले महालक्ष्मी नगरपालिकालाई अहिलेसम्म छुन सकेको छैन । 

हिउँदमा धुलाम्मे हुने सबै बाटो सञ्चालनमा आएपनि वर्खामा भने सबै बाटोको यात्रा कष्टकर हुने गरेको छ ।  धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने कोशी राजमार्गबाट चार वटा बाटो अहिले सञ्चालनमा रहे पनि हिउँदमा धुलाम्मे र वर्खामा यात्रा कष्टकरहुने गरेको  छ । त्यस्तै, मध्येपहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ । तर यीमध्ये कुनैपनि सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । 

कोशी राजमार्गको सिदुवा बजार हुँदै लेगुवाघाट जोड्ने २३ किलोमिटर सडक कालोपत्रे गर्न पाँच वर्ष अघि नै संघीय सरकारलाई सिरफारिस गरिएको थियो । त्यस्तै कोशी राजमार्गको त्रीसुलीबाट जितपुर जोड्ने सडक पनि कालोपत्र गर्ने चर्चा पटकपटक चल्ने गर्छ । तर महालक्ष्मी नगरपालिका स्थापना भएको करिब ७ वर्ष पुरा हुँदा पनि कुनैपनि सडक कालोपत्र बन्न सकेको छैन ।

सडक कालोपत्रे गर्न माग गर्दै पटकपटक मन्त्रालय धाउँदा पनि काम अघि बढ्न नसकेको महालक्ष्मी नगरपालिका मेयर ध्रुबराज रायले बताए  । “हामीले वर्षमा दुई पटकसम्म काठमाडौं र विराटनगर पुगेर ताकेता गर्दै आएको छौं तर हाम्रो सडकको बारेमा कुनै सुनुवाई नै हुँदैन”नगर प्रमुख रायले भने । पहुँच पुग्नेहरुको मात्र काम हुन्छ, पहुँच नपुग्नेहरुको काम हुन धेरै गाह्रो रहेको उनको भनाइ छ ।   

स्थानीय तह सञ्चालनमा आएको पहिलो पाँच वर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने संघीय सरकारको नीति थियो । तर, नयाँ संरचना अन्तर्गत स्थानीय सरकार सञ्चालनमा आएको सात वर्ष बित्न लाग्दा पनि धनकुटामा स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणको काम अपेक्षा गरिए अनुसार अघि बढ्न सकेको छैन । 

धनकुटाका जम्मा सात पालिकामध्ये साँगुरीगढी गाँउपालिका, धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र छथर जोरपाटी गाँउपालिका सहित चार पालिकाको केन्द्र राष्ट्रिय राजमार्गबाट करीब पाँच सय मिटरको दूरीभित्र छन् । ती बाहेकका अन्य पालिकामा सडक मुख्य समस्याको रुपमा छ । महालक्ष्मी नगरपालिका बाहेक शहिदभूमि गाउँपालिकाको केन्द्र पिप्ले जोड्ने पनि मुख्य तीन सडक छन् । गुठिटार र हिलेबाट पिप्ले जोड्ने सडकमा कालोपत्रे गर्ने काम सुरु भएको छ । बाँकी सडक कहिले कालोपत्रे हुन्छ भन्नसक्ने अवस्था छैन । सडकको ट्रयाक खुलेको करीब २० वर्षपछि यो सडकमा कालोपत्रे सुरु गरिएको हो । कालेपत्रेको काम सुरु भएकोले अब भने केहि आशा पलाएको शहिदभूमि गाँउपालिकाका अध्यक्ष मनोज राईले बताए ।

यता भेडेटारबाट चौविसे गाउँपालिको केन्द्र जोड्ने सडकको ट्र्याक खुलेको तीन दशक भइसकेपनि कालोपत्रेको काम सुरु भएको छैन । कोशी राजमार्गको भेडेटारबाट चौबिसे गाँउपालिकाको केन्द्र राजारानी बजार २२ किलोमिटरको दूरीमा छ । भेडेटार राजारानी रबिराके सडकले यो पालिकाको केन्द्र राजारानी बजारलाई छुन्छ । सडक कालोपत्रे गर्न पाँच वर्षअघि ठेक्का लागेपनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । पालिका जोड्ने सडक कम्तीमा पनि एउटा मात्रै पनि कालो पत्रे भएको खण्डमा पालिकामा आवतजावत गर्न मात्र नभई समग्र क्षेत्रको लागि कोशेढुङ्गो बन्ने पालिका प्रमुखहरुको भनाइ छ । 

एउटै मात्र सडक कालोपत्रे भएपनि बाह्रै महिना सडक प्रयोग गर्न सहज हुने चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्गले बताए । “पालिकाको कामको लागि भन्दा पनि यी सडकहरु पालिकाबासीलाई बढी आवश्यक हुन्छ, कृषिजन्य बस्तु बजारसम्म पुर्याउन, दैनिक उपभोग्य बस्तु गाँउसम्म पुर्याउन सडक महत्वपुर्ण हुन्छ त्यसैले पनि सडक चाँडोभन्दा चाँडो कालोपत्रे गर्न आवश्यक छ,” चेम्जोङ्गले भने । न्यून आन्तरिक आय रहेका स्थानीय तह पूर्वाधारका ठूला परियोजना संचालनका लागि प्रदेश र संघीय सरकारकै भर पर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ  ।

हिउँदमा जसोतसो यातायात र ढुवानीका साधन सञ्चालन भएपनि बर्खामा यी कुनैपनि सडक छिचोल्न सकिने अवस्था हुँदैन । संघीय सरकारले आफ्नो नीति अनुसार बजेट उपलब्ध नगराउँदा मुख्य राजमार्गबाट स्थानीय तहका केन्द्र जोड्ने सडक स्तरोन्नती र कालोपत्रे हुन सकेका छैनन् । स्थानीय तह सञ्चालनमा आएपछि प्राय सबैजसो स्थानीय तहमा कच्ची सडक विस्तार भएको छ । सङ्ख्या बढेपनि गुणस्तर नहुँदा त्यस्ता सडक स्थानीय नागरिकको जीवन निर्वाहसँग जोडिन सकेको स्थानीयको गुनासो छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending