Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

हिउँदमा धुलाम्मे हुने सडक वर्खामा सँधै यात्रा कष्टकर

७ वर्षमा पनि सडक नीतिले समेट्न सकेन स्थानीय तह

खबरडबली संवाददाता

धनकुटा । स्थानीय तह सञ्चालनमा आएको पहिलो पाँच वर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने संघीय सरकारको नीति थियो । तर सरकारको यो नीतिले महालक्ष्मी नगरपालिकालाई अहिलेसम्म छुन सकेको छैन । 

हिउँदमा धुलाम्मे हुने सबै बाटो सञ्चालनमा आएपनि वर्खामा भने सबै बाटोको यात्रा कष्टकर हुने गरेको छ ।  धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने कोशी राजमार्गबाट चार वटा बाटो अहिले सञ्चालनमा रहे पनि हिउँदमा धुलाम्मे र वर्खामा यात्रा कष्टकरहुने गरेको  छ । त्यस्तै, मध्येपहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ । तर यीमध्ये कुनैपनि सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । 

कोशी राजमार्गको सिदुवा बजार हुँदै लेगुवाघाट जोड्ने २३ किलोमिटर सडक कालोपत्रे गर्न पाँच वर्ष अघि नै संघीय सरकारलाई सिरफारिस गरिएको थियो । त्यस्तै कोशी राजमार्गको त्रीसुलीबाट जितपुर जोड्ने सडक पनि कालोपत्र गर्ने चर्चा पटकपटक चल्ने गर्छ । तर महालक्ष्मी नगरपालिका स्थापना भएको करिब ७ वर्ष पुरा हुँदा पनि कुनैपनि सडक कालोपत्र बन्न सकेको छैन ।

सडक कालोपत्रे गर्न माग गर्दै पटकपटक मन्त्रालय धाउँदा पनि काम अघि बढ्न नसकेको महालक्ष्मी नगरपालिका मेयर ध्रुबराज रायले बताए  । “हामीले वर्षमा दुई पटकसम्म काठमाडौं र विराटनगर पुगेर ताकेता गर्दै आएको छौं तर हाम्रो सडकको बारेमा कुनै सुनुवाई नै हुँदैन”नगर प्रमुख रायले भने । पहुँच पुग्नेहरुको मात्र काम हुन्छ, पहुँच नपुग्नेहरुको काम हुन धेरै गाह्रो रहेको उनको भनाइ छ ।   

स्थानीय तह सञ्चालनमा आएको पहिलो पाँच वर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने संघीय सरकारको नीति थियो । तर, नयाँ संरचना अन्तर्गत स्थानीय सरकार सञ्चालनमा आएको सात वर्ष बित्न लाग्दा पनि धनकुटामा स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणको काम अपेक्षा गरिए अनुसार अघि बढ्न सकेको छैन । 

धनकुटाका जम्मा सात पालिकामध्ये साँगुरीगढी गाँउपालिका, धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र छथर जोरपाटी गाँउपालिका सहित चार पालिकाको केन्द्र राष्ट्रिय राजमार्गबाट करीब पाँच सय मिटरको दूरीभित्र छन् । ती बाहेकका अन्य पालिकामा सडक मुख्य समस्याको रुपमा छ । महालक्ष्मी नगरपालिका बाहेक शहिदभूमि गाउँपालिकाको केन्द्र पिप्ले जोड्ने पनि मुख्य तीन सडक छन् । गुठिटार र हिलेबाट पिप्ले जोड्ने सडकमा कालोपत्रे गर्ने काम सुरु भएको छ । बाँकी सडक कहिले कालोपत्रे हुन्छ भन्नसक्ने अवस्था छैन । सडकको ट्रयाक खुलेको करीब २० वर्षपछि यो सडकमा कालोपत्रे सुरु गरिएको हो । कालेपत्रेको काम सुरु भएकोले अब भने केहि आशा पलाएको शहिदभूमि गाँउपालिकाका अध्यक्ष मनोज राईले बताए ।

यता भेडेटारबाट चौविसे गाउँपालिको केन्द्र जोड्ने सडकको ट्र्याक खुलेको तीन दशक भइसकेपनि कालोपत्रेको काम सुरु भएको छैन । कोशी राजमार्गको भेडेटारबाट चौबिसे गाँउपालिकाको केन्द्र राजारानी बजार २२ किलोमिटरको दूरीमा छ । भेडेटार राजारानी रबिराके सडकले यो पालिकाको केन्द्र राजारानी बजारलाई छुन्छ । सडक कालोपत्रे गर्न पाँच वर्षअघि ठेक्का लागेपनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । पालिका जोड्ने सडक कम्तीमा पनि एउटा मात्रै पनि कालो पत्रे भएको खण्डमा पालिकामा आवतजावत गर्न मात्र नभई समग्र क्षेत्रको लागि कोशेढुङ्गो बन्ने पालिका प्रमुखहरुको भनाइ छ । 

एउटै मात्र सडक कालोपत्रे भएपनि बाह्रै महिना सडक प्रयोग गर्न सहज हुने चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्गले बताए । “पालिकाको कामको लागि भन्दा पनि यी सडकहरु पालिकाबासीलाई बढी आवश्यक हुन्छ, कृषिजन्य बस्तु बजारसम्म पुर्याउन, दैनिक उपभोग्य बस्तु गाँउसम्म पुर्याउन सडक महत्वपुर्ण हुन्छ त्यसैले पनि सडक चाँडोभन्दा चाँडो कालोपत्रे गर्न आवश्यक छ,” चेम्जोङ्गले भने । न्यून आन्तरिक आय रहेका स्थानीय तह पूर्वाधारका ठूला परियोजना संचालनका लागि प्रदेश र संघीय सरकारकै भर पर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ  ।

हिउँदमा जसोतसो यातायात र ढुवानीका साधन सञ्चालन भएपनि बर्खामा यी कुनैपनि सडक छिचोल्न सकिने अवस्था हुँदैन । संघीय सरकारले आफ्नो नीति अनुसार बजेट उपलब्ध नगराउँदा मुख्य राजमार्गबाट स्थानीय तहका केन्द्र जोड्ने सडक स्तरोन्नती र कालोपत्रे हुन सकेका छैनन् । स्थानीय तह सञ्चालनमा आएपछि प्राय सबैजसो स्थानीय तहमा कच्ची सडक विस्तार भएको छ । सङ्ख्या बढेपनि गुणस्तर नहुँदा त्यस्ता सडक स्थानीय नागरिकको जीवन निर्वाहसँग जोडिन सकेको स्थानीयको गुनासो छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending