विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सम्पती सम्पत्ति २५ तोला सुन र ८ लाख नगद रहेको सम्पत्ति विवरण सार्वजनिक भएकोे छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मूख्यमन्त्रीको सम्पती विवरणमा २५ तोला सुन र ८ लाख नगद देखाइएको हो ।
तर, मूख्यमन्त्री कार्कीको जग्गा जमिन भने अस्वाभाविक देखाइएको भएपनि भएको जग्गा जमीन सबै मुख्यमन्त्री कार्कीले श्रीमतीको नाममा रहेको उल्लेख गरेका छन् । मूख्यमन्त्री कार्कीको सम्पत्ति विवरणमा मोरङ बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उल्लेख रहेको छ ।
सात ठाउँमा रहेको जग्गा मूख्यमन्त्री भएपछि हरायाे चार ठाउँकाे
बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेस गरेका भएपनि मुख्यमन्त्री भएपछि भने विराटनगरको तीन स्थानमा मात्रै जग्गा भएको विवरण पेस गरेका हुन् ।
उनले एक खेतीयाेग्य जमिन रहेको पनि विवरणमा उल्लेख छ । वडा नम्बर ७ मै एक बिघा दुई कट्ठा जग्गा देखाइएको छ । मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको छ । कार्कीले पत्नी शान्तादेवीको नाममा बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको उल्लेख गरेका छन् । उनले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन् । उनकी पत्नी शान्तादेवी कृषि विकास बैंकमा कार्यरत रहेकी छन् ।
कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको विवरणमा उल्लेख गरिएको छ । १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् ।
उनकाे सम्पती विबरणमा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ८७ हजारको रहेको उल्लेख गरीएकाे छ भने कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ ।
यस्तै उनले सवारी साधनमा श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्रै रहेको उल्लेख गरेका छन् ।
कति छ त मुख्यमन्त्री केदार कार्कीको सम्पत्तिः



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: