काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो ।
लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहकार्यसमेत सँगसँगै भइरहेको छ । लोसपाबाट विद्रोह गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, प्रभु साह नेतृत्वको आमजनता पार्टी र डा सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरण गर्ने आन्तरिक तयारी भइरहेको छ ।
महतो नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा छन् भने साह आन्दोलनमै रहेका छन् । साहले ११ माघमा मधेस बन्दको आह्वान गरेका छन् । यस्तै, उनले विभिन्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन् । उता, संघीय र प्रदेश दुवै सरकारमा सहभागी डा राउत सरकारकै विरुद्ध आन्दोलनमा छन् ।
जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर २०७८ भदौमा गठन भएको लोसपाको केन्द्रीय समिति दुई वर्षपछि विस्तार भयो । लोसपामा अध्यक्ष महन्थ ठाकुरको परिवारवाद हावी भएको, पूर्वकांग्रेसीलाई महत्व दिएको र पूर्वसद्भावनालाई ठाउँ नदिएको आरोप लगाउँदै वरिष्ठ नेता महतो असन्तुष्ट छन् । केन्द्रीय समिति बैठकसमेत बहिष्कार गरेका महतो पछिल्लो समय पार्टी कार्यालयमा समेत जान छाडेका छन् । हालै उनी नयाँ दिल्ली पुगेर काठमाडौँ फर्किएपछि नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा जुटेका छन् ।
नयाँ दिल्ली पुगेका महतोले भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेताहरूसँग भेटघाट गरेको उनीनिकट एक नेताले जनाएका छन् । बीजेपी नेतासँग भेटघाट गरेर नेपाल फर्किपछि उत्साहित भएका महतोले मधेसमा आन्दोलन चर्काउने योजनाअनुसार पार्टीका केन्द्रीय नेतालाई काठमाडौँ बोलाएर छलफल थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: