काठमाडौं । ब्रुनाई पठाइदिने भन्दै पश्चिम बंगालको बागडोग्रा पुर्याएर भारतीय महिलालाई बेचबिखन गरेको आरोपमा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङकाे साबिक सेमजोङ गाविसका-८ हाल मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।
३३ वर्षदेखि फरार रहेका उनलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए । ती महिलालाई तामाङले २०४७ साल चैत ३ गते काठमाडौंबाट काँकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा पुर्याएर बेचबिखन गरेको आरोप थियो। त्यसयता तामाङ फरार भएका थिए।
पंगेनीका अनुसार ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि ब्रुनाइमा थिए। तामाङले ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनू भनी मलाई चिठी लेखेका छन्’ भन्दै झुक्याएर काठमाडौंबाट बागडोग्रा पुर्याएका थिए।
तामाङले त्यहीँको एक घरमा पुर्याएर दुई जनाको जिम्मामा छोड्दै आफू भोलि आउने भन्दै फर्किएका थिए। तर, उनी आएनन्। तामाङले ती दुई जना भारतीयबाट १० हजार भारु लिएर महिलालाई बेचेको खुलेको छ।
ती भारतीयले महिलालाई रिक्सामा राखेर लैजाने क्रममा हाम्फालेर नजिकको प्रहरी सम्पर्कमा पुगेकी थिइन्। भारतीय प्रहरीले काँकडभिट्टामा ल्याएर छोडिदिएको थियो।
उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान भइरहेको छ। तामाङलाई अदालतबाट मानव बेचबिखन मुद्दामा थुनामा राख्न अनुमति लिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: