महोत्तरी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ३ वटा तहहरुले शुन्य अंक प्राप्त गरेका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ अनुसार गरेको मुल्यांकनमा सवैभन्दा बढी अंक भने महोत्तरी गाँउपालिकाले पाएको छ ।
शुन्य अंक पाउनेहरुमा सम्सी, बल्वा, सोनामा र रामगोपालपुर रहेका छन् भने नम्बर पाएको आधारमा पनि सवैभन्दा कम नम्बर पाउनेमा बर्दिवास र लोहारपाटी नगरपालिका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रतिवेदनअनुसार लोहारपाटीले ५२.५ प्रतिशत अंक प्राप्त गरेको छ भने बर्दिवास नगरपालिकाले ५४.५ प्रतिशत अंक प्राप्त गरेको छ ।
स्वमुल्यांकनमा महोत्तरीपछी गौशाला नगरपालिका जिल्ला कै दोश्रो दोश्रो नगरपालिका वनेको छ । महोत्तरी गाँउपालिकाले ९ वटा शिर्षकमा गरेको मुल्यांकनमा शतप्रतिशत अंक प्राप्त गर्दा गौशालाले ८५ प्रतिशत अंक प्राप्त गरेको हो ।
त्यसपछि औरही, पिपरा र जलेश्वर नगरपालिका छन् उनीहरुले क्रमशः ७७.२५ प्रतिशत, ७५.५ प्रतिशत र ७०.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।
मुल्यांकनलाई ९ भागमा विभाजन गरिएको छ जसमध्ये शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एंव आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय छन् ।
वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा पनि बर्दिवास नगरपालिका निक्कै कमजोर देखिएको छ । यस्मा २७.८८ प्रतिशत अंक मात्र प्राप्त गरेको प्रतिबेदनमा उल्लेख छ ।
त्यसैगरी मटिहानी नगरपालिकाले औसत ६१.२५ प्रतिशत, मनरासिस्वाले ६० प्रतिशत, एकादाराले ५९.५ प्रतिशत र भंगाहा नगरपालिकाले ५८.७५ प्रतिशत अंक प्राप्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: