दाङ । घोराही उपमहानगरपालिका–१ रामपुरका जीतबहादुर टमटा दम्पतीले तीन दशकदेखि आरन चलाएर जीविकोपार्जन गर्दै आएका छन् । सन्ताउन्न वर्षीय जीतबहादुरले ३० वर्षदेखि आरन चलाउन थालेका हुन् ।
उनले घोराही–१४ मा आरन पेसा गर्दै आएका छन् । बाबुबाजेको पेसा भएकाले अन्य कामको विकल्प नदेखेको उनले बताए । आफूले जानेको सीप तथा पुख्र्यौली पेसा पनि भएकाले बाध्य भएर यसलाई नै निरन्तरता दिएको उनले बताए ।
पहिले उमेरमा अरु पेसा गर्न आर्थिक समस्या भएको भन्दै अहिले अरु काम गर्न आफूसँग सीप नभएको उनको भनाइ थियो ।उनी फलामबाट बन्ने विभिन्न किसिमका घरेलु हतियार बनाउँदै आएक छन् । खुकुरी, हँसिया, फरुवा, कोदालोलगायत सामग्री निर्माण गरेर आउने ज्यालाले आफूहरुसहित पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको टमटा दम्पतीले बताए । यो पेसामा श्रीमती सुन्तलीले सधैँ साथ दिएको उनको भनाइ छ ।
तातेका फलामबाट कुटोकोदालो तथा हँसिया हतौडासम्म उनले बनाउँछन् भने श्रीमतीले आगो फुक्ने तथा आवश्यक सामग्रीको व्यवस्था गरेर सहयोग गर्दै आएकी छन् । दुवै मिलेर काम गर्दा व्यवसायमा सहज भएको सुन्तलीले बताइन् । आम्दानी प्रशस्त भइरहेकाले पनि उनीहरु यो पेसाबाट सन्तुष्ट देखिएका छन् । कहिलेकाहीँ ग्राहक टमटाको व्यवसाय खोज्दै आउँदा गर्व लाग्ने गरेको उनले सुनाए ।
जीतबहादुरले घरेलु तथा साना उद्योगको आयोजनामा केही वर्ष पहिले आधुनिक प्रविधिका सामग्री निर्माण गर्ने तालिम लिएको बताए । यसलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो । टमटा दम्पतीले आरन पेसाबाट दैनिक दुई हजार पाँच सयसम्म आम्दानी गर्दै आएका जानकारी दिए । पुराना सामग्री मर्मत गर्ने र केही नयाँ बिक्री गर्दा प्रशस्त आम्दानी हुने गरेको जीतबहादुरको भनाइ छ ।
टमटा दम्पतीले जस्तै नेपालगञ्ज स्थायी घर भएका मुसीर जसगरले पनि घोराही–१४ मा आरन पेसा गर्दै आएका छन् । तेइस वर्षीय मुसीरले विगत आठ वर्षदेखि फलामबाट बन्ने विभिन्न सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका छन् । उनले हँसिया, खुकुरी, खुर्पा सबैभन्दा बढी बिक्री हुने गरेको बताए ।
मुसीरलाई उनको भाइले सहयोग गर्दै आएका छन् । यही पेसाबाट मासिक ३०–४० हजारसम्म बचत गर्न सफल भएको उनले बताए । आरन व्यवसायलाई बढाउँदै लैजाने मन रहेको उनले बताए । बाबुबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिँदा र उत्पादित सामग्री बिक्री भइरहँदा आफु खुसी रहेको उनले बताए ।
सरकारीस्तरबाट पनि आरन व्यवसायीलाई सहजताका लागि नयाँ सामग्री निर्माणमा सहयोग पु¥याउन तालिमको आवश्यकता रहेको उनले बताए । स्थानीय सरकारबाट पनि थप सीपका लागि तालिम दिए सहयोग पुग्ने उनको भनाइ छ । पछिल्लो समय धेरैजसो युवापुस्ताले चासो नदिँदा यो पेसा पुस्तान्तरण हुन नसकेको उनको अनुभव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: