Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

बैंकहरू किन घटाउँदै छन् ब्याजदर, कर्जा लिने र बचत गर्नेलाई के फाइदा ?

खबरडबली संवाददाता

काठमाडौं । नेपालका अधिकांश वाणिज्य ब्याङ्कहरूले माघ १ गतेदेखि कर्जा र निक्षेप दुवैको नयाँ ब्याजदर लागु गरेका छन्। निक्षेप बढिरहेको तर कर्जा प्रवाहमा उल्लेख वृद्धि नभएकाले अधिकांश वाणिज्य ब्याङ्कहरूले कर्जाको ब्याजदर घटाएको बताइन्छ।

त्यस्तै निक्षेपको ब्याजदर पनि केही मात्रामा कम भएको ब्याङ्कहरूले सार्वजनिक गरेका विवरणले देखाएका छन्।नेपालको अर्थतन्त्रमा अझै पनि ‘शिथिलता’ रहेको तथा कर्जा प्रवाह उच्च रूपमा बढिहाल्ने अवस्था नभएका कारण आगामी महिनाहरूमा ब्याजदरमा थप कमी आउन सक्ने कतिपय जानकारहरू बताउँछन्।

उनीहरूका भनाइमा घट्दो ब्याजदरले लगानीकर्तालाई फाइदा पुग्न सक्छ भने छोटो अवधिका निक्षेपकर्ताले ब्याज कम पाउने अवस्था बन्छ।

ब्याजदर घट्नुको कारण के?

नेपाल राष्ट्र ब्याङ्कका अधिकारी तथा ब्याङ्किङ क्षेत्रका जानकारहरूका भनाइमा अहिले निक्षेप अधिक भएर ब्याङ्कहरूसँग लगानीयोग्य रकम धेरै भएकाले ब्याजदर कम भएको हो।

अहिले ब्याङ्कहरूले प्रत्येक महिनाजस्तो ब्याजदरमा हेरफेर गरिरहेका छन्। “यो भनेको माग र आपूर्तिकै कुरा हो। अहिले ब्याङ्कहरूसँग लगानीका लागि पर्याप्त पैसा छ तर कर्जा प्रवाह खासै भइरहेको छैन,” एकजना पूर्व ब्याङ्कर पर्शुराम कुँवर क्षेत्रीले भने।

“त्यसले गर्दा ब्याङ्कहरूले कर्जाको ब्याजदर घटाइरहेका छन्। कर्जा घटाउनका लागि आधारदर कम गर्नुपर्‍यो त्यो भनेको फेरि निक्षेपसँग जोडिएको हुनाले निक्षेपको पनि दर घटेको हो।” राष्ट्र ब्याङ्कका सहप्रवक्ता डिल्लीराम पोख्रेल पनि अहिले लगानीयोग्य रकम बढेकाले ब्याजदर घटेको बताउँछन्।

“निक्षेप र कर्जा दुवै बढिरहेको छ तर निक्षेप बढे अनुरूप कर्जामा धेरै वृद्धि नहुँदा लगानीयोग्य रकम पर्याप्त छ। त्यसले ब्याजदर कम हुन थालेको हो,” उनले भने।

निक्षेप कतिले बढ्यो?

नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्क अनुसार गत मङ्सिरसम्ममा नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूमा ४.६ प्रतिशतले निक्षेप बढेको छ।

त्यो भनेको कुल २ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँको वृद्धि हो। गत आर्थिक वर्षको सोही अवधिमा त्यस्तो वृद्धिदर २.२ प्रतिशत मात्र रहेको थियो। त्यो भनेको १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ हुन आउँछ।

वार्षिक बिन्दुगत आधारमा भने गत मङ्सिर मसान्तसम्म वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ प्रतिशतले बढेको विवरण त्यसमा रहेको छ। ब्याङ्कहरूमा बचत गर्नेमध्ये सबैभन्दा धेरै मुद्दती बचतकर्ता रहेका छन्।

राष्ट्र ब्याङ्कको विवरण अनुसार अहिले ब्याङ्क तथा वित्तीय सस्थाहरूको कुल निक्षेपमध्ये ६०.७ प्रतिशत मुद्दती निक्षेपको अंश रहेको छ। त्यस्तै २६.७ प्रतिशत बचत र ६.३ प्रतिशत निक्षेप चल्ती खातामा रहेको छ।

कर्जा प्रवाहको अवस्था

नेपाल राष्ट्र ब्याङ्कका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब १० अर्ब ६ करोड रुपैयाँले बढेको छ। त्यो भनेको २.३ प्रतिशतको वृद्धि हो।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा भने मात्र ७३ अर्ब ३० करोड अर्थात् १.६ प्रतिशतले मात्र कर्जा बढेको थियो। राष्ट्र ब्याङ्कका अनुसार वार्षिक विन्दुगत आधारमा गत मङ्सिरसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.५ प्रतिशतले बढेको छ।

ब्याङ्कहरूबाट गएको कर्जामध्ये सबैभन्दा धेरै गैरवित्तीय संस्थागत क्षेत्रतर्फ गएको देखिन्छ। त्यसको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घर परिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ।

गत वर्ष भने संस्थागततर्फ ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारतर्फ ३५.९ प्रतिशत रहेको थियो।

निक्षेपको ब्याजदर घट्यो

गत महिनाको तुलनामा माघ महिनामा नेपाली वाणिज्य ब्याङ्कहरूले निक्षेपको ब्याजदर केही कम गरेका छन्। सबै ब्याङ्कहरूले घटाएको ब्याजदरलाई औसत मान्दा ब्याजदर करिब एक प्रतिशतले कम भएको देखिन्छ।

पुस महिनामा ब्याङ्कहरूले एक वर्ष अवधिको निक्षेपमा औसतमा झन्डै ९ प्रतिशत ब्याज दिइरहेकामा यो महिना त्यो करिब ८ प्रतिशतमा झरेको छ।

बचत खातामा पनि गत महिनाको तुलनामा झन्डै आधा प्रतिशत ब्याजदर कम भएको ब्याङ्कहरूले सार्वजनिक गरेका विवरणहरूले देखाउँछन्। यद्यपि केही ब्याङ्कहरूले गत महिनाकै ब्याजदर कायम पनि राखेका छन्।

कर्जामा पनि घट्यो

निक्षेपसँगै कर्जाको ब्याजदर पनि केही कम भएको ब्याङ्कहरूले सार्वजनिक गरेका विवरणले देखाउँछन्। माघ महिनामा वाणिज्य ब्याङ्कहरूको कर्जाको औसत आधारदर करिब १० प्रतिशत (९.६४%) को हाराहारीमा रहेको छ।

औसत आधारदर १० प्रतिशतको हाराहारी भए पनि केही ब्याङ्कहरूले १० प्रतिशतभन्दा कम आधारदर पनि राखेका छन्। ब्याङ्कहरूले आधारदरभन्दा दुई प्रतिशतभन्दा अधिक ब्याज लिन नपाउने राष्ट्र ब्याङ्कका पोख्रेल बताउँछन्।

पूर्व ब्याङ्कर कुँवर क्षेत्री चाहिँ ब्याङ्कहरूले विस्तारै ब्याजदर कम हुँदै जाने सङ्केत दिएको बताउँछन्।

ब्याङ्कमा करिब ६ खर्ब लगानीयोग्य रकम

नेपाल राष्ट्र ब्याङ्कको विवरण अनुसार हाल ब्याङ्कमा लगानीयोग्य रकम ठूलो मात्रामा रहेको छ। नियम अनुसार निक्षेप कर्जाको अनुपात (सीडी रेसिओ) ९० प्रतिशतसम्म पुर्‍याउन पाइन्छ।

तर अहिले सीडी रेसिओ ८० प्रतिशत हाराहारी झरेको छ। त्यसले गर्दा लगानीयोग्य रकम ६ खर्ब रुपैयाँ जति रहेको हो। “ब्याङ्कहरूसँग लगानीयोग्य रकम धेरै छ तर आर्थिक गतिविधि सुस्त भएकाले माग छैन,” कुँवर क्षेत्री भन्छन्।

यद्यपि अझै पनि नेपालमा कर्जाको ब्याजदर भारतका तुलनामा महँगो नै भएको उनको भनाइ छ। त्यो भारतको भन्दा सस्तो नहुन्जेल नेपाली लगानीकर्ताले तुलनात्मक रूपमा लाभ पाउन नसक्ने भएकाले कर्जा बढ्ने अवस्था आउन अझै केही समय लाग्ने उनको भनाइ छ।

“गत नोभेम्बरमा भारतमा कर्जाको औसत ब्याजदर ९.७८ प्रतिशत थियो। हाम्रोमा मङ्सिरमा ११.८५ थियो। अझै पनि हाम्रो तीन प्रतिशत फरक छ,” उनले भने। “त्यो भारतकोभन्दा सस्तो नभइकन नेपालमा कर्जा वृद्धि होला भन्ने मलाई लाग्दैन।”

कर्जा लिने र बचत गर्नेलाई के फाइदा?

राष्ट्र ब्याङ्कका अधिकारीहरू तथा ब्याङ्किङ क्षेत्रका जानकारहरूका अनुसार कर्जाको ब्याजदरमा कमी आउँदा ऋण लिइसकेका वा लिनेहरूलाई पनि ब्याज कम पर्न जान्छ।

तर छोटो अवधिका लागि निक्षेप गर्नेहरूका लागि भने घाटा हुनसक्छ। “ब्याज बढेका बेलामा पाँच वर्षे वा दश वर्षे खालका मुद्दतीमा रकम राख्नेलाई यसले असर पर्दैन तर छोटो समयका लागि मुद्दतीमा राख्नेहरूलाई पनि असर पर्छ,” पूर्व ब्याङ्कर कुँवर क्षेत्रीले भने।

त्यस्तै बचत खाता वा चल्ती खातामा रकम राख्नेले ब्याज कम पाउने अवस्था हुन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending