काठमाडौं । बुधबार शेयर बजारमा उच्च कारोबार भएको छ । लामो समयपछि एकैदिन यति ठूलो कारोबार भएको हो । आज कारोबारमा आएका ३०० कम्पनीका ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँमा किनबेच भयो ।
यसअघि मंगलबार दुई वर्षयताकै उच्च अर्थात् ८ अर्बभन्दा बढीको कारोबार भयो । बुधबार त्यसलाई पनि उछिन्दै नेप्सेमा ९ अर्ब ७६ करोडभन्दा बढीको कारोबार भयो । मंगलबार नेप्से दोहोरो अंकले बढेकोमा आज भने घटेको छ ।
आज १२.१० अंकले नेप्से घटेर २१६३.०६ बिन्दुमा पुगेर बन्द भएको हो । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज १.११ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ३९६.३१ बिन्दुमा पुगेको छ । आज कारोबार भएका १८० कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ६३ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् ।
दोहोरो अंकले नेप्से घटे पनि बुधबार बैङ्किङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य उपसमूहका सूचक भने बढेका छन् । बाँकी अरु सबै उपसमूहको सूचक घटेका छन् । आज अन्य उपसमूहको सूचक सर्वाधिक १.९४ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.५१ अंकले घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको कुल ६५ करोड ८४ लाख ९० हजारभन्दा बढीको कारोबार भएको छ । त्यस्तै कारोबार रकमका आधारमा ङादी ग्रुप, सोनापुर मिनरल्स एन्ड आयल, मुक्तिनाथ कृषि कम्पनी निफ्रा कारोबार रकमका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: