काठमाडौं । बुधबार शेयर बजारमा उच्च कारोबार भएको छ । लामो समयपछि एकैदिन यति ठूलो कारोबार भएको हो । आज कारोबारमा आएका ३०० कम्पनीका ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँमा किनबेच भयो ।
यसअघि मंगलबार दुई वर्षयताकै उच्च अर्थात् ८ अर्बभन्दा बढीको कारोबार भयो । बुधबार त्यसलाई पनि उछिन्दै नेप्सेमा ९ अर्ब ७६ करोडभन्दा बढीको कारोबार भयो । मंगलबार नेप्से दोहोरो अंकले बढेकोमा आज भने घटेको छ ।
आज १२.१० अंकले नेप्से घटेर २१६३.०६ बिन्दुमा पुगेर बन्द भएको हो । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज १.११ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ३९६.३१ बिन्दुमा पुगेको छ । आज कारोबार भएका १८० कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ६३ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् ।
दोहोरो अंकले नेप्से घटे पनि बुधबार बैङ्किङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य उपसमूहका सूचक भने बढेका छन् । बाँकी अरु सबै उपसमूहको सूचक घटेका छन् । आज अन्य उपसमूहको सूचक सर्वाधिक १.९४ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.५१ अंकले घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको कुल ६५ करोड ८४ लाख ९० हजारभन्दा बढीको कारोबार भएको छ । त्यस्तै कारोबार रकमका आधारमा ङादी ग्रुप, सोनापुर मिनरल्स एन्ड आयल, मुक्तिनाथ कृषि कम्पनी निफ्रा कारोबार रकमका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: