सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा २१ वर्षीय युवाको हत्यामा उनकै बाबुको संलग्नता देखिएको छ । मंगलबार राति १ बजे घर नजिकै युवक मृत भेटिएका थिए ।
सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले प्रारम्भिक अनुसन्धानका क्रममा युवकको हत्यामा उनकै बाबुको संलग्नता देखिएको बताए । बाबुले छोरीलाई बलात्कार गरेको र सोही घटना लुकाउन छोराको हत्या गरेको खुलेको उनले बताए ।
मृतककी बहिनी घाइते अवस्थामा परेकी फेला परेकी छिन् । उनले पनि दाइको हत्या आफ्नै बुवाले गरेको बयान प्रहरी समक्ष दिएकी छन् । हत्या गर्ने बाबु भारतमा बस्दै आएका थिए । घरमा दाजु बहिनी मात्र बस्थे ।
गत असोजमा भारतबाट घर आएका बाबुले किशोरी छोरीमाथि बलात्कार गरेका थिए । किशोरीले यसबारे कान्छी आमालाई भनिन् । उनले बाहिर नभन्न सम्झाइन् । तर किशोरीले दाइले बाबुविरुद्ध बलात्कार मुद्दा दर्ता गरे ।
त्यसबेला नै बाबुले धम्की दिएका थिए । मुद्दा परेपछि उनी कान्छी श्रीमतीसहित भागेर भारत गएका थिए । भारत भागेका उनी केही दिनअघि नेपाल फर्किएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
मृतक युवकको शव पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएको छ । मृतककी बहिनीले जाहेरी दिएपछि मृतकको शव पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: