Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

शारीरिक अपाङ्गता भएका युवराज कृषि कर्ममा रमाउँदै

खबरडबली संवाददाता

बागलुङ ।  जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन् । 
खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैँका लागि अपाङ्गता भयो । ५० वर्षका उनी अहिले हात र खुट्टा दुवैको सहाराले सामान्य हिँड्डुल मात्रै गर्न सक्छन् । युवराज मात्रै होइन उनकी श्रीमतीसमेत शारीरिक आपङ्गता रहेकी छन् । ४० वर्षीया ढालकुमारी कँडेलको देब्रेहात छैन । भाँचिएको हात नजोडिँदा ढालकुमारीको देब्रे हात काट्नुपर्यो । 

श्रीमान् खुट्टाको अपाङ्गता र श्रीमती हातको अपाङ्गता भएपछि आयआर्जन गर्न समस्या भयो । एक छोरी र दुई छोराको परिवार पाल्न अपाङ्गता नै बोझ बन्यो कँडेल दम्पतीलाई । उनीहरुलाई सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन अपाङ्गताले भने छेक्न सकेन ।   

“श्रीमतीको हात छैन, म खुट्टाको अपाङ्गता, हातले टेकेर हिँड्नुपर्ने बाध्यता छ मलाई, अपाङ्गतालाई गाउँमा बाँच्न समस्या भयो, भिरपाखा कसरी हिँड्ने, सहज खोज्न सहर पस्ने निधो गर्याँै, तर कठिन थियो परिस्थिति”, २० वर्षअघिका दिन सम्झँदै युवराजले भने, “ एक लाखमा आफ्नो भागको पुख्र्यौली सम्पत्ति बेचेर बुर्तिवाङ बजार आएका हौँ, सामान्य किराना पसल गरेर छाप्रो बनाएका हौँ ।” 

युवराजको जस्तै खुट्टा भाँचिने समस्या १३ वर्षीय कान्छो छोरा भरत कँडेलमा पनि देखिएको छ । भरत वैशाखीको सहारामा विद्यालय आउने जाने गर्नुहुन्छ । छोराको उपचारका क्रममा चिकित्सकबाट युवराजले टुक्रे र झुरो हड्डीका कारण बाबा र छोरामा यो समस्या आएको सुनेको बताए । उनका छोराको अपाङ्गता बाल अस्पताल बनेपामा उपचार भएको थियो ।

युवराज परिवारका तीन सदस्य अपाङ्गता जेठो छोरी र छोरा भुवन मात्रै सबलाङ्ग छन् । छोरीको विवाह भइसकेको छभने भुवन कक्षा १२ मा अध्ययनरत छन् । छाप्रो अघि तीन प्लास्टिक टनेल र केही खाली जग्गामा प्याजका बिरुवा बिक्रीका लागि तयारी अवस्थामा थिए ।

कँडेलले आफ्नो कृषि कर्म देखाउँदै भने, “परिवार पाल्न बाध्य भएर कृषिमा लागे, अधिकारीचौरमा पुर्खाले कृषि नै गरेका थिए, अहिले अधिकारीचौर गाउँ टनेल गाउँ भएको छ, प्याजका बिरुवासहित अन्य तरकारी बिक्री गरेर चारजनाको परिवार धानिँदै आएको छ ।”     

कँडेल दम्पतीले साह्रो गाह्रो काम अन्य कामदार बोलाएर गर्दै आए पनि तरकारीको स्याहारसुसार भने आफँै गर्दै आएका छन् । वार्षिक रु १२ हजार भाडा तिर्ने गरी साढे दुई रोपनी जग्गामा अहिले प्याजका बिरुवा उत्पादन भएर बिक्री भइरहेका छन् । अन्य समयमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका कँडेल दम्पतीले कृषि पेसा रहरको नभएर जीवन निर्वाहका लागि गरेको बताए ।     

“उपचारको अभावले भाँचिएको हात नलागेपछि अपाङ्गता भयो, भिरपाखामा काम गर्न समस्या भएपछि सहर झरेर किराना पसल गरेका थियौँ, व्यापार राम्रै थियो, कान्छो छोरा जन्मेपछि पुन समस्या थपियो, श्रीमान्को खुट्टा भाँचिने समस्या कान्छो छोरामा देखियो”, ढालकुमारीले भनिन्, “बुर्तिवाङ बजारमा छाप्रो बनाउन सहयोग गरेको किराना पसल छोराको उपचारले छोड्न बाध्य भयौँ, तीन महिना अस्पताल बस्नुपर्ने समस्याले पसल छाडियो, अहिले थला परेको छोरो सबैको सहयोगमा उपचारपछि वैशाखी टेकेर हिँड्ने भएको छ ।”     

कान्छो छोरा भरतको खुट्टाको शल्यक्रिया गर्न रु पाँच लाख लाग्ने भएपछि सहयोग सङ्कलन अभियानमार्फत रु चार लाख जुटेर शल्यक्रिया गरेको युवराजले बताए । छोराको खुट्टाको उपचार सहयोग सङ्कलन गरेर गरे पनि दैनिक घर खर्च चलाउन कृषि कार्य गर्दै आएको उनको भनाइ छ ।     

किराना पसल छाडेपछि परिवार हुर्काउनकै लागि कृषिमा लागेको कँडेल दम्पतीको भनाइ छ । “किराना पसल राम्रै चलेको थियो, छोराको उपचारका लागि पटक–पटक अस्पताल धाउँदा समस्या भयो, पसल छाडियो”, उनले भने, “छोराको उपचार गर्ने खर्च सामाजिक सञ्जाल र मिडियाले जुटाए, तर घर खर्च चलाउन कृषि कर्ममा छौँ, कृषिमा लागेकै आठ वर्ष भयो ।”     

घर खर्च चलाउन समस्या भएपछि नर्सरी पेसामा अहिले कँडेल परिवार छ । उनले शारीरिक अपाङ्गताका बाबजुत व्यावसायिक नर्सरी तथा तरकारीखेती अँगाल्दै आउनुभएको छ । अहिले हात र खुट्टा दुवैले टेकेर हिँड्ने अवस्थामा हुनुभएका युवराजले श्रीमतीको सहारामा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएका छन्  ।

उत्पादन गर्नसके बजारको अभाव नभएको बताउँदै उनले धेरै उत्पादन गर्न शारीरिक अवस्थाले नसकेको जानकारी दिए । उनले घर नजिकै थोरै जग्गा भए पनि टाढा गएर कृषि गर्न नसक्दा बिरुवा र तरकारीको माग हुँदा पुर्याउन नसकिएको बताए । कान्छो छोराको देब्रे खुट्टामा स्टिल राखिएको छभने दाहिने खुट्टामा उपचार खर्चको अभावले नै स्टिल राख्न नसकिएको युवराजले बताए ।     

कान्छो छोराको अहिलेसम्म छपटक खुट्टा भाँचिएको उहाँले जानकारी दिनुभयो । अहिले उनका छोराले वैशाखीको सहाराले हिँड्डुल गरे पनि विद्यालय जान÷आउन दाइको सहारा चाहिने गरेको छ । कान्छो छोराको उपचारमा मात्रै हालसम्म १३ लाखभन्दा बढी रकम खर्च भइसकेको बुबा युवराजले बताए ।     

बीउ पूँजीका लागि प्याजको बीउ खरिद गर्न ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी संस्थाले रु १५ हजार सहयोग गरेको जनाउँदै कँडेलले रु १५ हजारको बीउबाट उत्पादन गरेका बिरुवा बिक्री गरेर रु ४० हजार कमाएको सुनाए । कँडेल दम्पतीले प्याजका बिरुवाबाहेक, सिमी, बन्दा र काउली उत्पादन गर्दै आएका छन्  ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending