Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

स्क्रब टाइफसबाट चार जनाको मृत्यु

खबरडबली संवाददाता

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको  परीक्षणमा एक सय ६३ जनामा उक्त सङ्क्रमण देखिएको थियो । सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो । ती सङ्क्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए । 

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार चार सय ८५ जनाको परीक्षणमा पाँच सय १९ जनामा उक्त सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबै उपचारपछि घर फर्किएका थिए । 

स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामको ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई सङ्क्रमण गर्छ । सोही सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन् । सङ्क्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गर्छ । 

यो रोग लागेका मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने,  पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा  मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक केसीले बताए ।

यसैगरी गत साउनयता जिल्लामा एक्काइस हजार दुई सय ९८ जनामा गरिएको परीक्षणमा डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या एक हजार छ सय १५ पुगेको छ । जिल्ला बाहिरका एक जनाको सोही रोगका कारण मृत्यु भएको उनले जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...

सहकारी प्रकरणले सदन मुठभेडतर्फ, धकेलाधकेलपछि बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...

सहकारी प्रकरण पेचिलो भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथौं पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies