Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना गर्ने

खबरडबली संवाददाता

काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ । बिहीबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो ।  

ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ को फर्म आगामि अप्रिलमा खुल्नेछ । १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले यो प्रतियोगिताबारे घोषणा गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताईन् । ‘हामी नयाँ सोच लिएर आएका छौं । उर्जावान र समर्पित टिमले कार्यक्रमलाई भव्य बनाउँनेछौं ’ पुरीले भनिन् ।

उनले यो वर्षदेखी मिस युनिभर्स नेपालको आयोजक परिवर्तन भएको जानकारी दिईन् । नेपालमा द हिडन ट्रेजरले मिस युनिभर्सको आयोजना पश्चात यो तेस्रो पटक हेरफेर हो । यसअघि उमंग क्रियसनले आयोजना गरेको थियो ।

ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरीका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ प्रतियोगिताकि विजेताले मेक्सिको यात्रा गर्ने अवसर पाउँनेछिन् । छनौट प्रक्रिया र पुरस्कारबारे भने घोषणा हुन बाँकी छ । प्रेस मिट्मा नेपाल पर्यटन बोर्डका सिईओ डा.धनन्जय रेग्मी, इमेज कन्सल्ट्यान्ट तथा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेज र युनिभर्स वुमन २०२४ कि विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाको उपस्थिती रहेको थियो ।
‘युनिभर्स वुमन २०२४’ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले प्रतियोगितामा सहभागी हुँदा आफूले सिकेका अनुभव गरेका सुनाएकी थिईन् । ‘आयोजकले मलाई नेपाल बोलाउनुभयो । नेपाल कला, संस्कृतिमा निकै धनी लाग्यो ।’ भ्यालेन्टिनाले सुनाईन्, ‘नेपाल आउँदा म मात्रै होईन मेरो परिवार पनि एकदमै उत्साहित छ ।’ उनले नेपाली महिलाहरुलाई ‘मिस युनिभर्स नेपाल २०२४’ मा सहभागि भएर आफ्नो करिअरमा एक इट्टा थप्न प्रेरित गरिन् ।

यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेजले नेपाली महिलाहरुलाई मिस युनिभर्स नेपाल प्रतियोगितामा सहभागी हुन प्रेरित गरेका थिए । ग्लोबल ग्ल्यामर भेन्चरकि संस्थापक संगीता पुरी तथा अध्यक्ष आलोक क्षेत्रीले ‘मिस युनिभर्स नेपाल २०२४’ लाई सफल पार्न सबैको साथ, सहयोगको जरुरी रहेको बताए । मिस यूनिभर्स नेपाल २०२४को बिजेता घोषणा आगामी सेप्टेम्बरमा गरिनेछ । यस्तै यस प्रतियोगीतामा बिवाहित र अबिवाहित सबै महिलाले सहभागीता जनाउन पाउनेछन् ।

बिजेताले मिस युनिभर्स २०२४ कोलागी मेक्सिकोमा ९० देशहरु सँग नोभेम्वर मा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ । यस प्रतियोगितामार्फत आफ्नो व्यापार प्रचार–प्रसार एवं प्रवद्र्धन गर्न बिभिन्न व्यवसायी, रेस्टुराँ, बित्तिय क्षेत्र र अन्य विज्ञापनदातालाई साझेदारीका लागि खुल्ला आव्हान गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies