काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ । बिहीबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो ।
ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ को फर्म आगामि अप्रिलमा खुल्नेछ । १८ वर्ष उमेर नाघेका विश्वभरका नेपाली महिलाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । भेन्चरकी प्रमुख कार्यकारी अधिकृत सबि पुरीले यो प्रतियोगिताबारे घोषणा गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताईन् । ‘हामी नयाँ सोच लिएर आएका छौं । उर्जावान र समर्पित टिमले कार्यक्रमलाई भव्य बनाउँनेछौं ’ पुरीले भनिन् ।
उनले यो वर्षदेखी मिस युनिभर्स नेपालको आयोजक परिवर्तन भएको जानकारी दिईन् । नेपालमा द हिडन ट्रेजरले मिस युनिभर्सको आयोजना पश्चात यो तेस्रो पटक हेरफेर हो । यसअघि उमंग क्रियसनले आयोजना गरेको थियो ।
ग्लोबल ग्ल्यामर भेन्चरकी संस्थापक संगीता पुरीका अनुसार ‘मिस युनिभर्स नेपाल २०२४’ प्रतियोगिताकि विजेताले मेक्सिको यात्रा गर्ने अवसर पाउँनेछिन् । छनौट प्रक्रिया र पुरस्कारबारे भने घोषणा हुन बाँकी छ । प्रेस मिट्मा नेपाल पर्यटन बोर्डका सिईओ डा.धनन्जय रेग्मी, इमेज कन्सल्ट्यान्ट तथा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेज र युनिभर्स वुमन २०२४ कि विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाको उपस्थिती रहेको थियो ।
‘युनिभर्स वुमन २०२४’ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले प्रतियोगितामा सहभागी हुँदा आफूले सिकेका अनुभव गरेका सुनाएकी थिईन् । ‘आयोजकले मलाई नेपाल बोलाउनुभयो । नेपाल कला, संस्कृतिमा निकै धनी लाग्यो ।’ भ्यालेन्टिनाले सुनाईन्, ‘नेपाल आउँदा म मात्रै होईन मेरो परिवार पनि एकदमै उत्साहित छ ।’ उनले नेपाली महिलाहरुलाई ‘मिस युनिभर्स नेपाल २०२४’ मा सहभागि भएर आफ्नो करिअरमा एक इट्टा थप्न प्रेरित गरिन् ।
यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्जेन्डर गोन्जालेजले नेपाली महिलाहरुलाई मिस युनिभर्स नेपाल प्रतियोगितामा सहभागी हुन प्रेरित गरेका थिए । ग्लोबल ग्ल्यामर भेन्चरकि संस्थापक संगीता पुरी तथा अध्यक्ष आलोक क्षेत्रीले ‘मिस युनिभर्स नेपाल २०२४’ लाई सफल पार्न सबैको साथ, सहयोगको जरुरी रहेको बताए । मिस यूनिभर्स नेपाल २०२४को बिजेता घोषणा आगामी सेप्टेम्बरमा गरिनेछ । यस्तै यस प्रतियोगीतामा बिवाहित र अबिवाहित सबै महिलाले सहभागीता जनाउन पाउनेछन् ।
बिजेताले मिस युनिभर्स २०२४ कोलागी मेक्सिकोमा ९० देशहरु सँग नोभेम्वर मा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ । यस प्रतियोगितामार्फत आफ्नो व्यापार प्रचार–प्रसार एवं प्रवद्र्धन गर्न बिभिन्न व्यवसायी, रेस्टुराँ, बित्तिय क्षेत्र र अन्य विज्ञापनदातालाई साझेदारीका लागि खुल्ला आव्हान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: