Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

अन्तरधार्मिक आयोगको माग सहित धार्मिक अगुवाहरु सिंहदरबारमा

खबरडबली संवाददाता

काठमाडौं  ।  संघिय सांसद एकनाथ ढकालको नेतृत्वमा गएको अन्तरधार्मिक अगुवाहरुको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रि सुदन किराती संग छलफल गरेका छन् ।

सिंहदरवार स्थित पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा अन्तरधार्मिक अगुवाहरुले नेपालको संविधानको भावनाको कदर गर्दै “अन्तरधार्मिक आयोग“ गठन गर्न मन्त्रि किराती संग एकैस्वरमा माग गरेका हुन् ।

छलफलमा सांसद तथा अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य एकनाथ ढकालले धार्मिक क्षेत्रले शान्ति, सदभाव र भातृत्वको अभिबृद्धि गर्नु पर्ने बताउदै अन्तरधार्मिक आयोगको अपरिहार्यतामाथि प्रकाश पारे ।

साे क्ररममा मन्त्रि किरातीले आफु देशका सबै धर्म संस्कृतिको हकहितको पक्षमा रहेको बताउदै मन्त्रालयले अन्तरधार्मिक अगुवाहरुसंग निरन्तर छलफल गर्ने तथा अन्तरधार्मिक आयोग गठनमा सकारात्मक रहेको बताउदै प्रतिनिधिमण्डललाई प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड“ लाई भेटि थप प्रकाश पार्न सुझाब दिएका छन् ।

उनले बिबिधता नेपालको सम्पति र सुन्दरता रहेको भन्दै मध्य पहाडी क्षेत्रमा बहुसांकृतिक महारेखाको अबधारणा अघि सार्ने भन्दै निकट  भविष्यमा मन्त्रालयले सांकृतिक सम्लेलन गर्ने जानकारी दिए ।

छलफलमा धार्मिक अगुवाहरु भिक्षु धर्ममुर्ति, इशाई अगुवा डा. केबी रोकाय, डा. महेन्द्र भट्टराई, मुस्लिम महिला अधिकारकर्मी सीमा खान, हिन्दु पण्डित केशव प्रसाद चौलागाई, प्राध्यापक स्वामी आनन्द बिनोद, जैन गुरु नमन उपाध्याय, किरात धर्म गुरु दङ्ग धोज खोयाहांग, बहाई गुरु डा. नरेन्द्र पाण्डे, डा.पियारत्न मर्हजन, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका मनोज सुर्खेती  लगाएत विभिन्न आठ धार्मिक समुदायको सहभागिता रहेको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending