Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

सोनिया गान्धीलाइ पशुपतिनाथमा प्रवेश नदिएको घटना भारतमा पुनः चर्चा

खबरडबली संवाददाता

काठमाडाैं । भारतीय कांग्रेसले अयोध्यामा राम मन्दिरको उद्घाटनमा सहभागी हुन अस्वीकार गरे पछि उसबिरूद्द भारतीय हिन्दुहरूले निकै हमला गरिरहेका छन । 

कांग्रेस आइ अध्यक्ष मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीलगायत पार्टीका सबै नेता रामलिलाको प्राण प्रतिष्ठा कार्यक्रम कार्यक्रममा सहभागी हुने छैनन्। उसको आरोप छ– भारतीय जनता पार्टी (भाजपा)ले राजनीतिक फाइदा लिन यो कार्यक्रम आयोजना गरेको हो । 

गत बुधबार कांग्रेसले आफ्नो अडान स्पष्ट गरेलगत्तै भाजपा आक्रमणको मोडमा आएको छ भने र कांग्रेसलाई हिन्दू विरोधी भएको आरोप लगाउन सुरु गरेको छ । भारतमा चलिरहेको यो धार्मिक द्धन्द्धको घटनासँगै सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बिषय पुनः उठान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो सन् १९८८ को घटना हो, सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएपछि तत्कालीन प्रधानमन्त्री राजीव गान्धी र नेपालको सम्बन्ध चिसिन पुगेको थियो ।

त्यतिबेला राजीव गान्धी प्रधानमन्त्री थिए र उनको नेपालका पूर्वराजा वीरेन्द्र वीरविक्रम सिंहसँग राम्रो सम्बन्ध थियो । राजीव गान्धी नेपाल भ्रमणमा थिए र सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् । गान्धी परिवार पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहन्थे तर सोनिया गान्धी क्रिश्चियन भएकाले उनलाई प्रवेश गर्न दिइएन । 

यसपछि राजीव गान्धीले नेपालमा नाकाबन्दी लगाए, जसलाई सोनिया गान्धीलाई पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिएको थियो भनेर भारतीय सञ्चारमाध्यमले अहिले लेख्न थालेका छन ।

नोभेम्बर १९८७ मा सार्क शिखर सम्मेलनमा भाग लिए पछि राजीव गान्धीले सन् १९८८ मा पुनः नेपाल भ्रमण गरे । यस क्रममा सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् र राजीव गान्धीले उनलाई आफ्नो परिवारसँग पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहेका थिए । यसका लागि उनी राजा वीरेन्द्र विक्रम शाहसँग कुरा गर्न गए । वास्तवमा पशुपतिनाथ मन्दिरमा हिन्दू बाहेक अन्य धर्मका मानिसलाई प्रवेश निषेध छ ।

राजा वीरेन्द्रले यस मामिलामा राजीव गान्धीलाई सहयोग गर्न सकेनन् र यस मामिलामा पुरोहितहरूलाई यस्तो आदेश दिन असमर्थता व्यक्त गरे। नेपालकी महारानी ऐश्वर्या शाहको पशुपतिनाथ मन्दिरको व्यवस्थापनमा धेरै प्रभाव थियो र उनले मन्दिरमा गैर हिन्दूको प्रवेश दिने बिषयमा आपत्ति थियो। यो घटनालाई राजीव गान्धीले अपमानको रुपमा लिएर मन्दिरमा गएर पूजा नगरी फर्किएको विश्वास गरिन्छ ।

यस घटनाको केही समयपछि सोनिया गान्धीलाई मन्दिर प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिदैँ नेपालमाथि नाकाबन्दी लगाइएको थियो । तर, नाकाबन्दी हुनुको यो मात्रै कारणा भने थिएन, अर्को एउटा कारण थियो– नेपालले चीनबाट एन्टी एयरक्राफ्ट गन र अन्य हतियार किनेको घटना ।

त्यतिबेला नेपाल एक मात्र हिन्दू राष्ट्र थियो र पशुपतिनाथ मन्दिर हिन्दूहरूको पवित्र तीर्थस्थल थियो। सोनिया गान्धीले त्यही समयमा भारतीय नागरिकता लिएकी र उनी पुरीको जगन्नाथ मन्दिर जान चाहन्थे तर पुरीको शंकराचार्यले पनि उनलाई अनुमति दिएनन ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies